नेपाली हस्तकलाई व्यवस्थित गर्न ईटालीमा महासंघ गठन, मौला कालिका हेर्नेको भिड

Mahasangh

नेपाली कला, संस्क्रिति र भेषभुषा मार्फत नेपाललाई प्रवर्धन गर्ने उद्देश्यले ईटालीको रोम लगिएको नवलपरासि जिल्लास्थित मौलाकालिका मन्दिरको नमुना हेर्न ईटालियानहरुको भिड लागेको छ । दुई दिनमै एक लाख ५० हजार भन्दाबढि ईटालियनहरुले मन्दिर अवलोकन गरेको जानकारि मन्दिर बनाएर ल्याएको एभ्रेस्ट क्राफ्ट प्रालीका इन्टरनेशल मार्केटिङ डाईरेक्टर शिव रिजालले जानकारि दिए । यो मन्दिर देखेपछि नेपालको कला संस्क्रितिको नमुना राख्ने भन्दै अन्य मेला आयोजक संस्थाहरुलेपनि चासो राखेका छन् । मन्दिर नेपाल प्रेमी ईटालियन र नेपाली समूदायकालागि आकर्षणको विषय बनेको छ । मन्दिर दुई दिन अघि गैह्र आवाशिय नेपाली संघका प्रमुख संरक्षक, ब्यवशायी जिवा लामिछानेले मन्दिरमा पूजा गरेर उद्घाटन गरेका थिए । त्यस लगत्तै सर्वसाधारणकालागि खुला गरिएको मन्दिरमा नेपालीहरुले पूजा गरेका थिए । मन्दिर उद्घाटन गर्न नेपालका लागि ईटालीका अवैतनिकवाणिज्यदूत पाउलो निगुरेसमेत पुगेका थिए ।

rome-1

IMG_0019

chhadke

gula 2

IMG_0003

IMG_0032

IMG_0033

उद्घाटनका क्रममा लामिछानेले नेपालबाट ल्याइएको यो मन्दिरले नेपाली कलाकौशल, संस्क्रितिको प्रचार प्रसार गर्नुकासाथै नेपाली र नेपालप्रेमीकालागि यो आस्थाको विषयसमेत बन्ने बताए । अबैतनिक वाणिज्यदूत पाउलो निगुरेले यो मन्दिर र नेपाली जनजातिका पोशाकले ईटालियनहरुलाई नेपालप्रति अकर्षण बढाउन सजिलो हुने जानकारि दिए ।  ओरियन्टल क्षेत्रका नागरिकरुको कला कौशल, संस्क्रिति, भेषभुषा र सम्पदाहरुको परिचय गराउन आयोजना गरिने मेलाहरुमा नेपालको कुनैपनि नमूना राखिएको यो पहिलो पटक हो । दुई हप्ता चल्ने यो मेला लाखौंले अवलोकन गर्छन् ।

IMG_0042

IMG_0020

IMG_0027

IMG_0052

IMG_0075

IMG_0026

मन्दिरसँगै नेपालको पर्यटकिय क्षेत्रको प्रचारप्रसार गर्न सूचना डेस्कसमेत राखिएको छ । त्यसबाट सयौं आगन्तुकहरुले पर्चा, पोस्टर र नेपालबारे सूचना दिने पुस्तखरु लिईरहेका छन् ।

IMG_0083

IMG_0091

pooja

मन्दिर उद्घाटन अघि रोममा ‘वर्तमान विश्वसंरचनामा नेपाली हस्तकला र यसको बजारीकरण’ विषयक अन्तर्क्रिया भएको थियो । अन्तर्क्रिया कार्यक्रममा विशेष अतिथिका रुपमा बोल्दै जिवा लामिछानेले नेपालको तराई, हिमाल र पहाडमा आआफ्नै विशेष कला र संस्क्रिति भएकाले हस्कलामा सम्पन्न रहेको र त्यसलाई विश्व बजारमा लैजानसके धेरै संभावना रहेको बताए । भने ‘हाम्रो देश कला कौशल र सांस्क्रितिक बिभिदताकालागि सम्पन्न छ । त्यो हरेक जातजाति, समूह र संस्क्रिति अनुसारको हस्तकलालाई गुणस्तरिय उत्पादन गरेर विश्वबजारमा लैजाने हो भने बजारिकरण गर्न सकिने ठूलो संभावना छ ।’

अन्तर्क्रिया कार्यक्रममा नेपालबाट आएका शिक्षा मन्त्रालयका सचिव शान्त बहादुर श्रेष्ठले विश्व बजारमा गुणस्तरिय उत्पादनहरुको माग रहेकोले ब्यापारी र उद्दमीहरुले त्यसैमा  ध्यान दिनुपर्ने बताए । त्यस्ता गुणस्तरिय वस्तुहरु उत्पादन गर्न सक्ने दक्ष प्राविधिक तयार पार्न ब्यापारीहरुसित मिलेर काम गर्न मन्त्रालय तयार रहेको जानकारि दिए ।

सो अन्तर्क्रियापछि नेपाली हस्तकलाको बजारिकरण, दक्ष प्राविधिक निर्माण, नेपाली हस्तकलाका ब्यापारिहरुको हकहितको सुरक्षा, गुणस्तरिय वस्तुहरुको उत्पादनमा जोड, नेपालीहरुको सांस्क्रितिक र भौगोलिक बिबिधताअनुसारका हस्तकलाको प्रवर्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय हस्कला महासंघसमेत निर्माण गरियो । शिव रिजालको अध्यक्षतामा गठन गरिएको उक्त महासंघमा उपाध्यक्ष, महासचिव्, सचिव, कोषाध्यक्ष र सदस्यहरुमा क्रमश : शम्भु गौतम, उत्सव घिमिरे, क्रिष्ण अधिकारी, सिताराम त्रिपाठी, विशाल तामाङ, सन्जय शाह, भरत तामाङ र हरि तामाङ रहेका छन् ।

तपाइँको प्रतिक्रिया