बेल्जियममा असन्तुष्ट पक्षद्वारा अलग्गै तमु समाज निर्माण, पुरानोलाई चुनौति

 

tamu

गत मार्च २६ २०१७ मा तमुसमाज बेल्जियमको नवौं अधिवेशन आयोजना गरिएको थियो । उक्त अधिवेशनको वन्द सत्रमा जोडदार विरोधका वावजुद अन्यायपुर्ण र एकांकीतवरवाट कार्यसमितिको घोषणा गरियो । उक्त कदमलाई सच्याउन समवन्धित पक्षलाई वारम्वार ध्यानाकर्षण गराउंदा पनि सुनुवाई नभएपछि तमु समाज वेल्जियमको नेतृत्व गरेका र संस्थाको हितको लागि सदैव लागि परेका तमुहरुको भेला आज सम्पन्न भयो ।

बेल्जियमको एन्टवेर्पनमा सम्पन्न उक्त एक भेलाले तमुसमाज बेल्जियमका भु.पू. अध्यक्ष्य श्री पदम बहादुुर तमु “प्रवासी” को संयोजकत्व र भु.पू. अध्यक्ष्य श्री श्रीप्रसाद तमु सह संयोजक रहने गरी तमु समाज वेल्जियम संयोजन समिती गठन गरेको छ । यो संयोजन समितिले मार्च २७ को अधिवेशनले गरेको त्रुटीलाई हल गर्दै समाजलाई एकताबद्ध र संवृद्ध गर्नेछ ।

साथै आजको भेलाले समाजका भु.पु. अध्यक्ष्य बालेन्द्र तमुको संयोजकत्वमा चित्र तमु,मनिष तमु,नविन तमु,गंगा तमु,मेख तमु र जिमी तमु रहने गरी ७ सदस्यीय वार्ता समिती पनि गठन गरेको छ । वार्ता समितीले यथासक्य छिटै सिंगो समाजलाई सर्वपक्षिय बनाउदै सवै तमुहरुलाई एकतावद्धवनाउन पहल गर्नेछ ।

यो संयोजन समितिले सम्पुर्ण वेल्जियमवासी तमुहरुको भावना र विचारलाई आत्मासम्मानका साथ राख्न पाउने , तमुहरुको मौलिक अधिकारलाई प्रमुखताका साथ उठाउन पाउने गरि तमु समाज वेल्जिमयलाई पुनर्रगठन गर्न निर्णायक पहल गर्नेछ ।साथै वार्ता समितीले बेल्जियाबासी बहुसंख्यक तमुहरुको चाहनालाई ध्यानमा राख्दै एउटै तमुसमाज रहने,भएका गल्ती कमजोरीलाई सच्याउने, सम्पूर्ण तमुहरुको समान व्यवहार हुने वातावरणको निर्माण हुने विश्वासनिय वातावारण सृजना गर्न पहल गर्नेछ ।

समाज प्रतिको विश्वास, एकता र सामूहिक भावनालाई आत्मासाथ गर्दै खुला हृदयले अपिल गर्ने क्रममा पुन: पुरानै प्रवृत्ती दोहोरिएमा नव गठित संयोजन समितीले बाध्य भएर आफ्नो कार्याभार बैधानिक रुपमै अघि बढाउने निर्णय गरेको छ । यसै क्रममा संस्थाले पदम बहादुर तमु “प्रवासी” को संयोजकत्वमा ५ सदस्य रहने गरी विधान मस्यौदा समिती पनि गठन गरेको छ ,जसमा बालेन्द्र तमु, प्रविना तमु, मनिष तमु र गजेन्द्र तमु सदस्य रहेका छन् ।

आज गठन भएको २२ सदस्यीय संयोजन समितीलाई आवस्यकता अनुसार विस्तार गरिने छ । तमु समाज वेल्जियमको वर्तमान कार्यसमिति निर्माण प्रकृया,कृयाशिल र समाजको हितमा अग्र पंक्तिमा रहेका तमुहरुलाई नेतृत्वमा आउन नदिने लगायत विभिन्न विकृतिहरुका विरुद्ध संघर्ष गर्दै स्वच्छ र स्वस्थ तमु समाज निर्माण गर्ने हाम्रो अभियानमा सम्पुर्ण वेल्जियमवासी तमुहरुको साथ र समर्थनको आशा हामीले राखेका छौं ।

तपाइँको प्रतिक्रिया