माओवादी केन्द्रकी केन्द्रिय सदस्यले गरिन् किर्ते कागज, माओवादीकै कार्यकर्ताद्वारा कारवाहीको माग

kalpana-1

नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य कल्पना मगरले आफ्नै पार्टीका सदस्यको हस्तलिखित किर्ते कागज बनाएर बदनाम गरेकि छन् । नेकपा माओवादीका करिब पाँच हजार केन्द्रिय सदस्य मध्ये एक र नेकपा माओवादी केन्द्र बेल्जियमको पार्टी सदस्य, नेकपा माओवादीकै बेल्जियमको भात्रि संगठन नेपाल जनप्रगतिशिल मञ्चकी उपाध्यक्षसमेत रहेकि उनले आफ्नै पार्टी सदस्य कमल केसीको किर्ते हस्तलिखित पत्र तयार पारेर उनको बदनाम गरेकि हुन् । पार्टीको गोपनियता भंग गरेको, सोझा कार्यकर्तालाई बदनाम गरेको र पार्टी निति र नियम बिरुद्द गएर किर्ते पत्र सार्वजनिक गरेको भन्दै उनीमाथि कारवाहीको माग गरिएको हो ।

उपराष्ट्रप्ति पुत्र दिपेश पुन आफ्नो पार्टीको जनवर्गिय संगठनको अधिवेशनमा स्विजरल्याण्ड आएका थिए । त्यसबेला उनले केहि नेपालीलाई अनादार गरेको भन्दै जनआस्था साप्ताहिकमा समाचार प्रकाशित भएको थियो । त्यो समाचार प्रकाशन भएपछि दिपेश पुनले क्षमा मागेका थिए र त्यो क्षमायाचनासमेत सार्वजनिक भएको थियो । तर नेकपा माओवादी सेन्टरको केन्द्रिय सदस्य र भात्रि संगठनको उपाध्यक्षसमेत रहेकि उनले पुनको बचाउका नाममा अरुलाई गाली गलौज गर्ने, चरित्रको प्रश्न उठाउने र धम्किको भाषा प्रयोग गरेर लेख लेख्दै आएकि थिईन् । दिपेश पुनको घटना बाहिर आएपछि नेकपा माओवादी केन्द्रले स्विजरल्याण्डको पार्टीसमक्ष घटनाका बारेमा रिपोर्ट गर्न लगाएको थियो । त्यो रिपोर्ट यहिँका पार्टी जिम्मेवार कार्यकर्ताले नगरेर उनी आफैंले तयार पारेको गोप्यता हाल सार्वजनिक भएको छ । उनले उक्त पत्र स्विजरल्याण्डको जनप्रगतिशिल मञ्चका महासचिव कमल केसीको भन्दै अनलाईनमा हालेर अरुको बेइज्जति गर्न खोजेकि थिईन् । उक्त हस्तलिखित पत्रमा दिपेश पुनका बारेमा लेख्ने पत्रकार ददि सापकोटा, आफ्नै पार्टीको भात्रि संगठन नेपाली जनप्रगतिशील मञ्च स्पेनका अध्यक्ष गंगा भुसाल, पत्रकार बिजय शर्मा दर्पणलगायतका ब्यक्तिमाथि आलोचना गरिएको थियो ।

अनलाईन पत्रिकामा उक्त पत्र सार्वजनिक भएपछि ‘आफूले लेख्दै नलेखेको पत्र कसरि सार्वजनिक भयो’ भन्दै चकित परेका थिए । त्यति हुँदापनि कल्पना मगरले त्यहि पत्रलाई हतकण्डाको रुपमा प्रयोग गर्दै आएकि थिईन ।

नेपालप्लससितको टेलिफोन सम्पर्कमा कमल केसीले ईयु नेपाल डट कममा प्रकाशित उक्त पत्र नक्कली भएको, पार्टीकै सदस्यले किर्ते पत्र हालेको भन्दै आपत्ति जनाएका छन् । उनले आफ्नो बदनाम गर्दै उक्त पत्र राख्ने कल्पना मगर र लेख्ने को हो पत्ता लगाइ तिमाथि कारवाहि हुनुपर्ने माग गरेका छन् । कमल केसीले आफूले दिपेश पुनको घटनाबारे पार्टीमा जानकारि दिएको, आफ्नो पत्रमा हस्ताक्षर गरेको र कल्पना मगरले राखेको पत्र आफ्नो हुँदै नभएको बताए । भने ‘कल्पना मगरले राखेको पत्र नक्कली हो । मेरो नाममा नक्कली पत्र तयार गरेर, दस्तखत बिनाको पत्र किन राखियो ? के ठूलाबडाले जे गरेपनि हामी बलिको बोको बन्ने ? त्यस्तो नक्कली काम गर्नेमाथि कारवाही हुनुपर्छ ।’

‘तपाईलेनै लेखेर सहि मात्रै नगर्नुभएको हो की ?’  भन्ने नेपालप्लसको प्रश्नमा उनले भने ‘त्यो मेरो हस्ताक्षरनै होइन । मेरो अक्षर हो कि होइन भनेर जाँचुन्, म तयार छु । मैले पार्टीलाई आफ्नै हस्तलिखित पत्र हस्ताक्षर सहित बुझाएको छु । पार्टीमा माथिल्लो तहमा पुगेका मान्छेले जे गर्दापनि हुन्छ ? पार्टीको सबै गोप्यता भंग गर्दापनि सहि हुन्छ ? संगठनको सामान्य सदस्यलाई माथिल्लो तहका नेताले जे गरेपनि हुन्छ ? यसका बिरुद्द म जहाँ गएर बोल्नपनि तयार छु । ‘

लेखेको कुरो हटाएर हैन भन्दै सञ्जालमा दोहोरी

kalpna-2

कल्पना मगरले दिपेश पुनको समर्थन गर्दै लेख लेखेका बेला ददि सापकोटालाई चरित्र नसुध्रिएको भन्दै चरित्रको प्रसंग उठाएकि थिईन् । तर उनका बिरुद्द सापकोटालेपनि चरित्रको प्रश्न उठाएपछि उनले केजिन राईलाई बिन्ति गरेर ति शब्दहरु हटाउन लगाकि थिईन् । तर त्यसको प्रमाण यहाँ सुरक्षित छ । माओवादीको केन्द्रिय सदस्य सम्मको हैशियत बनाएकि उनले आफ्ना पार्टीका अन्य सदस्य र शुभचिन्तकहरुलाई आफूले त्यस्तो लेख्दै नलेखेको बताउने र सामाजिक सञ्जालमासमेत त्यस्तो लेखेको भए देखाउन चुनौति दिँदै आएकि थिईन् । उनले झुटो बोलेकि हुन् कि होइनन् प्रमाण साक्षि छ ।

आफ्नै कार्यकर्ताको नक्कली पत्र किन हटाईयो ?

1 kc

2 kc

2

 

17902572_10154539725443325_862747344_o

(कमल केसीको नाममा तयार पारिएको किर्ते पत्र जुन कल्पना मगरले ईयु नेपाल डटकममा राखेकि थिईन ।)

kamal-1

kamal-2

(कमल केसीको वास्तबिक पत्र जहाँ हस्ताक्षरसमेत छ)

kalpan-6 kalpana-5 kalpana-7 kalpana-8 kalpana-9 

(उनले पछि सम्पादन गरेर, चारित्रिक प्रसंग हटाएपछिको रिपोर्ट, तर आफूले सम्पादन नगरेको भन्दै उनले सामाजिक सन्जालमा आफ्नै पार्टीका कार्यकर्तालाईसमेत ढाँटेको प्रमाण)

त्यति मात्रै होइन । आफ्नै पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकसमेतलाई उनले यतिसम्म गुमराहमा पारिन् की कमल केसीको नाममा उनैले तयार पारेको किर्ते पत्रसमेत एक दिनपछि अनलाईनबाट हटाउन लगाइन् । आफ्ना पार्टीका कार्यकर्तामाझ त्यहि हटाईएका पछिल्ला रिपोर्टहरु देखाएर आफूले केहिपनि नराम्रो नलेखेको, कुनै हस्तलिखित पत्र नराखेको झुटो रिपोर्ट गरिन । माओवादी कार्यकर्ता मध्ये धेरै त्यहि गुमराहमा परे । तर उनका ति प्ररम्भिक चरणका रिपोर्ट र उनले राखेको किर्ते पत्र दुबै उनैका कार्यकर्ताले सुरक्षित गरिसकेका थिए ।

पार्टी गोपनियता भंग गर्दा कारवाही नहुने ?

आफ्नो संगठनको गोपनियता भंग गर्नेमाथि कारवाहि हुन्छ कि हुन्न ? भुसुना कार्यकर्तामाथि सायद होला । तर प्रधानमन्त्रीको परिवारसित नाता जोडिएकि हुनाले सायद कल्पना मगरमाथि हुन सक्दैन । पिसिने, थिचिने, दबाईने साना कार्यकर्ता हुन्छन् । ठूला कार्यकर्ता ठूला नेताका आशिर्वादमा बच्छन् । तर गुनासो जारि रहन्छ । तिनका गुनासा कसले सुन्ने ? माओवादी केन्द्रकी नेत्रि कल्पना मगरको घटनामापनि त्यहि लागू हुन्छ । प्रधानमन्त्री पुत्र प्रकाश दहालकी जेठि सासु उनलाई कसले छुने ? पेलाईमा पर्ने आखिर सोझासाझा कार्यकर्ता न हुन् । पिडित कमल केसीले भने ‘हामी साधारण कार्यकर्ता हौं । तर नजायज, किर्ते काम गरेपछि तिमाथि कारवाहि हुनुपर्छ, यो मेरो माग हो ।’ तर के माओवादी केन्द्रले यस्तो याचना सुन्ला ?

तपाइँको प्रतिक्रिया