जनसंपर्क समितिमा देउवा पक्षले हारेपछि पत्रकारले समाचार बहिस्कार गर्ने ?

belgium-election

(मत गणनास्थलमा पुगेर पत्रकारले खिचेको तस्विर । फोटो स्रोत-  सन्तोस न्यौपानेको फेसबूक)

जनसंपर्क समिति बेल्जियमको निर्वाचन गत हप्ता भयो । त्यहाँ लामो समय देखि शेर बहादुर देउवा र कोइराला पक्ष बिभाजित थियो । अहिले त्यहि कोइराला पक्षलाई रामचन्द्र पौडेल पक्ष भनेरपनि चिनिन्छ । पहिले शेरबहादुर देउवा पक्षका गंगाधर गौतम पक्षले निर्वाचन जित्दै आएको थियो । अहिले सिता सापकोटाले भारि मतले जितिन्, देउवा पक्षका माधव सापकोटालाई हराएर । त्यहि झोंकले अहिले पत्रकारहरुले जनसंपर्क समितिको न्युज बहिस्कार गर्ने भन्न थालेका छन् ।

निर्वाचनका दिन पत्रकारहरुलाई प्रवेश गर्न नदिएको भन्दै कुर्लेका छन्, अबैधानिक नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष भनिएका केजिन राईले । उनीहरुको तर्क के छ भने जनसंपर्क समिति बेल्जियमको निर्वाचनमा पत्रकारहरुलाई सहजै जान दिईएन । तर त्यहि बेल्जियममा बसेर सक्रिय पत्रकारिता गरिरहेका सन्तोस न्युपानेले भने निर्वाचनका दिन पत्रकारहरुलाई कुनै रोकतोक नगरिएको न्युज प्रकाशित गरे । उनले मत गणनास्थलकै तस्विरसहित सार्वजनिक गरिदिएका थिए । न्युज लेख्नेहरुकालागि सहजै जाने ब्यवस्था गरिदिएका रहेछन् । र यो ब्यवस्था गर्ने काम पूर्व कार्यकारि समिति, निर्वाचन गराउने समितिको हो ।

न्युज बहिस्कार गर्नुपर्छ भन्नेको अर्को तर्कपनि छ । निर्वाचनमा मत गणना भयो । सिता सापकोटाले जुन क्षेत्रको मत गणना गर्दापनि नेत्रित्व गर्दै अगाडि बढिन् । त्यो सहन नसकेपछि केहिबेर बादबिबादको अवस्था देखियो । त्यहि बादबिबाद भैरहेका बेला केहिबेर धकलधाकलपनि भयो । समाचार नलेख्ने तर पत्रकारको कार्ड भिरेर हिँड्ने केहि कार्डवालापनि त्यहि हुलमुल भएको ठाउँमा थिए । स्वभाविकै हो, हुलमुलमा धकेलधाकल हुँदा पत्रकारपनि परे । त्यहि निहुँमा ‘पत्रकारलाई किन धकलेको, किन अपमान गरेको ? जनसंपर्क समितिले माफि माग्नुपर्छ’ भन्दै जनसंपर्क समितिको दुई पक्षिय बिबादमा पत्रकारहरु उत्रिएका छन् ।

तर अचम्म लाग्दो कुरो त के भने अहिले धकेलधाकलमा यस्सो छोइन पुगेका तिनै पत्रकार नामधारीहरुले पहिले त्यहि जनसंपर्क समिति बेल्जियमको निर्वाचनमा मारमुग्रि हुँदा चुइँक्क बोलेका थिएनन् । सक्रिय तरिकाले पत्रकारिता गरिरहेका पत्रकारलाई कुटपिट गर्ने, अपमान गर्ने र भौतिक आक्रमणको धम्कि दिँदापनि त्यसको बिरोध गरेका थिएनन् । पत्रकार सन्तोस न्युपानेलेलाई अपमान गर्दा, कुटपिट गर्ने धम्कि हाकाहाकी दिँदापनि त्यहि  नेपाल पत्रकार महासंघ युरोपका पदाधिकारी चुपचाप बसेका थिए । तिनै केजिन राई सन्तोस न्यौपानेको पक्षमा कुनैपनि हालतमा बिज्ञप्तीसम्म ननिकाल्ने अडान लिएर बसेका थिए ।

तर अहिले निर्वाचनको हुलमुलमा यस्सो छोइँदा कसरि केजिन राईको अपमान भयो ? किन त्यसैका लागि अरु पत्रकारले न्युज बहिस्कार गर्ने ? राजनितिक दलको भात्रि संगठनको निर्वाचनमा कसैको हार हुन्छ । कसैको जित । तिनका निर्वाचनमा हुलमुल हुन्छ त पत्रकारले किन कसैको पक्ष वा बिपक्षमा लागेर न्युज बहिस्कार गर्ने ?

जनसंपर्क समिति, बेल्जियमको निर्वाचन देउवा र रामचन्द्र पक्ष भनिएका वा अन्य पक्षका सबैले सहर्ष स्विकार गरे । सिता सापकोटाले निर्वाचन अत्यधिक मत ल्याएरै जितेकि हुन् । उनले निर्वाचन जित्दा जनसंपर्क समितिको न्युज बहिस्कार गर्ने ? निर्वाचन अरुले गराउने तर त्यसको जिम्मेवारी सिता सापकोटाले किन लिने ?

जनसंपर्क समिति, बेल्जियमको अहिलेको निर्वाचन सिता सापकोटाले गराएकि हुन् ? उनी त हालको निर्वाचनबाट चुनिएकी । निर्वाचन त निवर्तमान अध्यक्ष सन्तोस जोशीको नेत्रित्वले गराएको हो । उनको नेत्रित्वको कमिटीले निर्वाचन गराएपछि निर्वाचन कसरि गर्ने भन्ने जिम्मेवारी सन्तोश जोशीको टिमले लिने होइन ? निर्वाचन गराउने सन्तोस जोशीको टिमले निर्वाचनका कमिकमजोरीको जिम्मेवारी र सफलताको जस नलिएर सिता सापकोटाले लिने हो ? यहाँ त पत्रकारहरुले सिधै अर्को पक्षतिर लागेर निर्वाचन जित्नासाथ एक पक्षियरुपमा सिता सापकोटाको बिरोध गरेको देखिएन र ?

पत्रकारहरुले कस्तो अवस्थामा न्युज बहिस्कार गर्छन् ? निर्वाचनमा सामान्य धकेलधाकल हुनसक्छ । निर्वाचन आयोजक कमिटिले मेडियाकर्मीको सुरक्षा, सुबिधा र रिपोर्टिङकालागि सोच्ने हो । तैपनि निर्वाचनमा यस्ता घटना, अझ गम्भिर प्रक्रितिका घटना हुने गर्छन् । एक जना पत्रकारलाई हुलमुलमा सामान्य ठक्कर लागेकै भरमा समग्र पत्रकारले न्युज बहिस्कार गर्ने भनेको सामान्य र जायज हुँदै होइन ।

राजनितिक खिचातानीमा एक पक्षले हार्‍यो । अर्को पक्षले जित्यो । यसैका पछि लाग्ने केहि पत्रकारले  बैधानिक संस्थाको न्युज बहिस्कार गर्ने भनेर कुर्लँदैमा सबै पत्रकार त्यसको पछि लाग्दैनन् । पत्रकारका समस्यामा नेपाल पत्रकार महासंघ केन्द्रित छ ? नेपाली पत्रकारको हितमा केहि काम गरेको छ ? वास्तबिक पत्रकारमाथि धम्कि आउँदा डटेर सामना गर्ने, पत्रकारको सुरक्षा गर्ने गरेको छ ? पत्रकारिताका लागि सिन्कोसम्म नभाँच्नेकालागि भनेर कसले समाचार बहिस्कार गर्न सक्छ ?

जनसंपर्क समिति बेल्जियम बैधानिक रुपले दर्ता भएर चलेको आधिकारिक संस्था हो । यसका पदाधिकारी निर्वाचनबाट जितेर आएका छन्, अनुमोदित भएर । बिधानका आधारमा चल्छ यो संस्था । नेपाल पत्रकार महासंघ युरोप शाखा यसैपनि बैधानिकरुपमा कहिँ कतै दर्ता छैन । नेपाल पत्रकार महासंघ युरोप शाखाका प्रतिनिधी टिको लगाएर आएका, निगाहाले पद लिएका छन् । युरोप शाखाको यसको बिधान छैन । सेप्टेम्बर महिनामा हुनुपर्ने अधिबेशन अहिलेसम्म गर्न सकेको छैन । अध्यक्ष र महासचिवलाई ब्यक्तिगत लाभका आधारमा रिझाएर अबैधानिक तरिकाले पद लिएर बस्ने अनि समग्र पत्रकारलाई ब्यक्तिगत रिसले न्युज बहिस्कार गर्नु भन्दैमा मान्छन् ? अबैधानिक संस्था, अबैधानिक पद लिएर चर्का कुरा गरेको सुहाउँछ ?

तपाइँको प्रतिक्रिया