अध्यक्ष र महासचिवले पदिय मर्यादा नाघेपछि नेपाल देखि महासंघ युरोप शाखासम्म भाँडभौलो

  • सन्तोष न्यौपाने / बेल्जियम

journalist-santosh-nyaupane-belgium”नेपाली पत्रकार महासंघ को महासचिब को घुर्की देख्दा म त अध्क्षय नै बनौ बनौ लाग्यो ! हैन यो अधक्ष्य हुन कहाँ कति भेटि चढाउन पर्छ कि जाड को बोतल ले नुहाइदिदा हुन्छ ?मान्यजन हरु जवाफ़ पाम न हौ !” अस्ट्रिया बस्ने सागर सुबेदीले व्यंग गर्दै जनायको प्रतिक्रिया हो यो |  नेपाल  पत्रकार महासंघका महासचिव उजिर मगरले आफ्नो पदीय मर्यादा बिर्सेर तल्लो स्तरको शब्दले सार्वजनिक रुपमा प्रतिक्रिया दियपछि उनीमाथि सुबेदीले जस्तै धेरैले कडा प्रतिक्रिया दिए |

महासचिव मगरले देखायको आफ्नो असली रुपमाथि डेनमार्क बस्ने पूर्ण बन्धनले ”दलका झण्डा बोक्ने पत्रकारको दिमागभएको भए झण्डा नै बोक्थेन । उजिरे त देस बेच्न चाहनेहरुको सहजकर्ता हो पत्रकार हुँदै होईन । असल पत्रकार कसैको झण्डा बोक्दैन ।” भन्दै उनको ठाडो बिरोध गरेका छन | त्यस्तै गरेर नर्वे बस्ने पत्रकार टेक गिरीले मोबाइल उपहार नै लिएको कुरामा यती धेरै ठाडो बचाव गर्न ठुला मान्छे हरु किन गति, मती छोडेर , सामन्य शिश्टता को ख्याल नगरि वाक युद्धमा ओर्लिएको होला ? पद्को पनि मर्यादा हुन्छ है!कुरि-कुरि!!” भन्दै उनको हैसियत माथि प्रश्न चिन्ह खडा गरेका छन |

सागर सुवेदी,पूर्ण बन्धन र टेक गिरिले जस्तै धेरैले महासचिव उजिर मगरले गरेको तल्लो स्तरको प्रतिक्रियाले उनको स्तरलाई अझै प्रस्ट पारेको प्रतिक्रिया दिएका छन | यो प्रतिक्रिया त्यसै आएको भने होइन | नेपाल पत्रकार महासंघमा  केन्द्रीय सदस्यहरुले बैठकमा नयाँ बन्ने सदस्यहरुको सूची माग गरेको तर विभिन्न बहाना बनाएर नदिइएपछि सार्वजनिक रुपमा बिज्ञप्ति जारि गरी बिरोध गरिएको थियो | जसमा केन्द्रिय सदस्यहरु दिपेन्द्र कुँवर ।रोशन पुरी र माधव दुलाल रहेका छन |

नेपाल पत्रकार महासंघमा नयाँ सदस्यताको विषयमा अति भएपछि तीनजना केन्द्रीय सदस्यले सार्वजनिकरुपमै विज्ञप्ति जारी गरी विरोधमा उत्रन वाध्य भएका थिए । गैर पत्रकारले सदस्यता पाएको र गैर नेपालीले समेत सदस्यता पाएको भन्ने व्यापक चर्चा भइरहेको र अपारदर्शी ढंगले नयाँ सदस्यता वितरण प्रक्रियालाई भागवण्डाको विषय बनाएको तर त्यो विषयमा केन्द्रीय समितिलाई नै कुनै जानकारी नदिएको उनीहरुले जारि गरेको  विज्ञप्तिमा उल्लेख छ| बिज्ञप्ति जारि भएपछी केन्द्रिय सदस्य  दिपेन्द्र कुवर संग सामाजिक संजालमा महासचिव उजिर मगरको ठुलै वाक युद्ध चलेको छ | सोहि क्रममा मगरलाई धेरैले  गलत क्रियाकलाप गर्दै हिडेको आरोप लगाइरहेका छन |

त्यसो त् केन्द्रिय समितिमा यो विवाद अहिले देखिको भने होइन | महासंघको नयाँ नेतृत्वको लागि केहि समय पछि निर्वाचन हुँदैछ |यो निर्वाचनमा गैर पत्रकारले सदस्य नपाउन भन्ने चाहना कुवर पक्षधरको रहेको छ | देशभरि पत्रकार नै भएर कलम चलाउने ब्यक्ति मात्रै महासंघको सदस्य हुनुपर्छ भन्ने माग धेरैको रहेको छ । तर त्यसो हुन् सकेको छैन | महासंघ सुधारको लागि अहिले विगत देखिको आक्रोस बिस्फोटन भएको छ | केन्द्रिय सदस्य कुवर संघलाइ स्वच्छ राख्नको लागि अन्तिमसम्म एक्लै लड्ने बताएका छन | जुन क्रियासिल पत्रकारहरुको लागि दरिलो मेरुदण्ड साबित हुनेछ |

नेपाल पत्रकार महासंघका महासचिवको स्तर अहिलेको वाक्युद्धले मात्रै होइन युरोप शाखाको अधिवेसनमा नै प्रस्ट भयको थियो | अधिवेसन सम्पन्न गर्नका लागि केन्द्रबाट अध्क्षय महेन्द्र बिस्ट र महासचिव उजिर मगर बेल्जियम आएका थिए | बिस्ट युरोप शाखाको नयाँ नेतृत्वका लागि आएका थिय भने मगरलाइ मगर समाज बेल्जियमले बोलाएको त्यति बेला नै थाहा हुन आएको थियो | तर दुवै अधिवेसन सम्पन्न गर्नको लागि आएको बताएका थिए | केन्द्रबाट मान्यता नपाएको युरोप शाखाको अधिवेसनमा बिस्ट र मगर दुइ पक्षमा बिभाजन भएका थिए | तर अन्तमा दुबैले यहाँ भएका मनमुटाब लाइ न मिलाउन सके न साथीहरुलाई मिलाएर लैजान सके | अन्तमा मगरले आफ्नो बलबुताले एकतर्फी रुपमा केन्द्र बाट पत्र पठायर कमिटि निर्माण गर्न ठाडो आदेस दिए | जुन अन्य साथीहरुको लागि निकै दुखद रहेको थियो |त्यसपछि युरोप शाखाको गतिबिधि शुन्य जस्तै छ ।

अधिवेसनकै क्रममा उजिर मगरले ४० जनाको सदस्यता कार्ड बनाएर ल्यएका थिए | जुन कार्ड मा क्रियासिल देखि गैर पत्रकार सम्मको सदस्यता देखिन्थ्यो | के महासचिव ले गर्ने कार्य यस्तै थियो ? उनैले अपनाएको  गलत बाटोले अहिले नेपाल पत्रकार महा संघमा आवद्ध १७ जनाले महासंघको सदस्यता कार्ड मात्रै पएनन् आइ एफ जेको कार्ड समेत पाएका छन | यी १७ जनामा क्रियासिल पत्रकार देखि ब्यापारी सम्म आबद्ध छन | एक गिलास बियरमा बिक्ने ब्यक्ति देखि राजनैतिक दलका नेताहरु समेत सामेल छन | वर्ष भरि २ ओटा बाइलाइन समाचार नलेख्ने साथीहरु अहिले आइ एफ जेको कार्ड बोकेर हिँड्दैछन |त्यही आइ एफ जेको कार्ड बोकेकै आधारमा नाजायज धम्कि दिएको पनि सुन्नमा आएको छ | के महासंघको औचित्य यहि थियो? महासचिवले गर्नु पर्ने काम कर्तब्य यहि थियो त् ? यहाँ क्रियासिल पत्रकार साथीहरु महासंघमा आबद्ध नै हुन् चाहँदैनन | किनकि महासंघ दलीय राजनीतिको भागबन्डा जस्तै भएको छ | युरोपमा भएका साथीहरुलाई समस्या पर्दा बोलिदिन ,बिज्ञप्ति निकाल्न नसक्ने महासंघको औचित्य के ?

महासचिव उजिर मगर र अधक्ष्य महेन्द्र बिस्ट बिरुद्ध जुन बिरोध खडा भएको छ | यो बिरोध ३ जना केन्द्रिय सदस्यले मात्रै बोलेर हुँदैन | प्रत्येक शाखा शाखाबाट आवाज उठाउनु पर्दछ | विदेस लगायत नेपालमा रहेका प्रत्येक शाखामा कडा भन्दा कडा छानबिन हुनु जरुरि छ | नेपाल पत्रकार महासंघको सदस्यता बाँड्नु  राजनीतिक दलको सदस्यता बाँडे जस्तो होइन| निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्नको लागि महासचिव र अधक्षद्वयले गरेको कार्य निकै घृणित देखिन्छ | यसतर्फ पुर्व अध्यक्षदेखि पत्रकारिताका सबै अग्रजहरु लागुपर्दछ | होइन क्रियासिल पत्रकारहरुको अर्को महासंघ खोलिन बेर लाग्ने छैन | यसतर्फ सबैले ध्यान दिनु जरुरि रहेको छ |

तपाइँको प्रतिक्रिया