घाईते फ्याउरोप्रति सिंहको प्रेम देखेर लाखौं बने भावुक

2bf61c6c-bfe1-4d26-90e1-3217fd94efc3_tablet

संसारमा सबैभन्दा मायालु, दयालु र संरक्षकत्व दिने आमानै हुन् । हरेक जिवजन्तु, प्राणीमा आमालेनै सर्वाधिक माया गर्छिन् । हुर्काउने, बढाउने, माया र स्नेह दिने । दुख र अप्ठेरामा परेकालाई माया दिने, बचाउने । यो आआफ्ना जातिमा आफ्नी आमाले खेल्ने भूमिका र दिने माया हो । तर मांशहारी जिवमा पर्ने एक आमाले अर्कै जातिको फ्याउरोलाई दिएको मायाले भने सारा विश्वलाई चकित पारिदिएको छ । एउटा सिंहिनीले घाईते फ्यारोप्रति देखाएको मायाले विश्वका धेरैलाई भावुक बनाइदिएको छ । 

aed64318-61ba-4ac6-8d86-94ae6be57b6b_desktop

एउटा घाइते फ्याउरो देखेपछि सिंह ऊ भएतिर जान्छ । उसलाई मार्न । त्यो देखेर सिंहिनी आफ्ना बच्चा छोडेर भाले सिंहलाई रोक्न जान्छे । भालेलाई तर्साउन रिसले गर्जिन्छे पोथी । त्यो गर्जनमार्फत भालेलाई धम्कि दिएकि हुन्थे ।

87090077-187b-4ec7-8b70-a4d353a41a0f_tablet

बच्चा सितकी अर्की सिंहिनी के भैरहेको छ भनेर खुव चतुरोपूर्वक नियालीरहेकि हुन्छे ।

3224bebd-d18c-4a82-a1ba-845cc71f4b64_tablet-1

फ्याउरो मार्न नपाएको झोंकमा भालेले आफ्ना बच्चा मारिदेला भनेर पोथीले फ्याउरोलाई आफ्ना बच्चा भएको ठाउँमा राख्छे । अनि भालेतिर फर्केर आफ्ना बच्चा र फ्यारोको सुरक्षा गर्छे ।

38dcb6cf-d623-40b9-ae3a-b5e162387782_tablet

झोक्किएको भाले बच्चाहरु भएतिर जान्छ । आफ्ना बच्चा मारिदेला भनेर बच्चाहरुको सुरक्षा गर्न जान्छे पोथी । दुई पोथीहरु मिलेर आफ्ना बच्चा र घाईते फ्याउरोकोलाई भाले सिंहबाट बचाउँछन् ।  अफ्रिकाको बोत्स्वानास्थित कल्हारी शिकार आरक्षमा भएको घटना हो ।

‘ यो सिंहिनीको घाइते र एक्ला भएका प्रतिको माया र प्रेम हो’ वन्यजन्तुविदहरुले टिप्पणी गरेका छन् । यो तस्विर कथा विश्वका लाखौं मानिसबिच चर्चाको विषय बनेको छ । ति भावुक बनेका छन् ।

(स्रोत-एन्कोसिनी डट ओ आर जी)

तपाइँको प्रतिक्रिया