उभौलीको रंग

sakela-dance

किराँतीहरूको उधौली चाडको याम आयो । नेपाल लगायत विश्वभरी नै छरीएका किराँतीहरूले आआफ्नो थर अनुसार आआफ्नै तरिकाले यो उधौली चाड मनाउन शुरू गरेका छन् । उभौली मनाउने निकै रोचक छ । विविध र भिन्नपनि छ ।

त्यसमध्ये यो तस्विरमा देखिए जस्तै किराँत राईहरूको यो उधौली चाड मनाउँछन् । घर आँगन वरिपरि गोलाकार बनाएर गित गाउने नाच्ने गर्छन् । त्यसैलाई साकेला नाच भन्छन् । मुलत भोजपुरका वान्तावा राई र खोटाङका चाम्लिङ राईहरूले मनाउने उधौली चाड साकेलासाकेन्वाले यो तस्विरमा जस्तै गरेर मनाउने चलन छ ।

नेपालमा धेरै थरी राईहरू भएकाले सबै थरी राईहरूले हुबहु यसरी नै उधौली,उभौली चाड (साकेलासाकेन्वा) मनाउछन् भन्ने चाहीँ छैन । तिनका अलि भिन्न विधी र तरिका, प्रचलन छन् ।

तर उधौली र उभौली चाहीं नेपालभरीका राई,लिम्बूहरूले मात्रै नभएर सबै  किराँतीहरूले मनाउने गर्दछ्न् । यद्यपी नेपालमा राई जातिहरूभित्र वान्तावा र चामलिङ राईको बाहुल्यता भएकोले र ति बिभिन्न थरी राईहरूको बिभिन्न ठाउँमा स्थानन्तरण भएकोले समग्रमा आजकल सबैतिर र सबै खाले ‘राई’हरूमा साकेलासाकेन्वाको चाहीं बढि प्रभाव रहेको पाईन्छ ।

(स्रोत – मनु ल्होराङ राई । फोटो- उमेश राई)

तपाइँको प्रतिक्रिया