राम्रो छवीका कूटनितिज्ञ थापाले बेल्जियममापनि केहि गर्लान् की ?

1111

“उहाँको प्रशंसा गर्नलाई कुनै शब्द नै छैन’’। स्याङ्जा घर भई साउदि अरेवियाको दमाममा विगत २२ वर्ष देखि बस्दै आएका राजु शैयदले विगत सम्झँदै भने’’ ४ वर्षको अवधिमा जे जति नेपाली यहाँ बसे र दुतावासबाट सेवा सुविधा लिए उनिहरुले उहाँलाई सधैंभरि संझिरहेका छन् र हुनेछन ।’

सन २००४ देखि २००८’सम्म नेपाली दुतावास साउदि अरेबियामा कार्यवाहक राजदुत भएर काम गरेका लोक बहादुर थापाले  त्यस्तो छाप त्यहाँ छाडे जुन अरुकुनै पनि राजदुतले त्यसो गर्न सकेकाछैनन् । शैयद आफनो पासपोर्ट बनाउनको लागि ४ सय किलोमिटर टाढा रहेको रियाद स्थित दुतावासमा आउनुपर्ने थियो । तर थापा आफै उनकै घरमा पुगेर हस्तलिखित पासपोर्ट बनाइदिए । अहिलेपनि शैयद थापाालाई आफ्नै परिवारको सदस्यको रुपमा लिन्छन् ।

त्यसो त, राजु मात्रै होइन धेरै नेपालीहरुले थापाको कार्यशैलि मनपराएका छन । त्यतिखेर साउदि दुतावासले कुवेत र बहराइन पनि हेर्ने गरेको थियो । जसका लागि थापा आफैले त्यहास्थित नेपालीलाई सहयोगिको रुपमा स्वयमसेवकका रुपमा खटाए जसले गर्दा ति दुइ देशहरुमा नेपालीहरुलाई सहजता प्रदान गर्ने काम भयो । कुवेतको जेलमा रहेकि डोल्मा शेर्पालाई बचाउन ‘डोल्मा बचाउ अभियान’थापाले नै शुरु गरे । पछि उत्त अभियान विश्वब्यापि हुँदै आर्थिक संकलन पश्चात डोल्माको उद्दार गएिको थियो ।

उनले आफ्नो कार्यकालमा धेरै नेपाली श्रमिकहरुको समस्या समाधान गरे । कतिपयले त उनलाई भगवानकै स्वरुप पनि मान्ने गरेका छन । नेपालीहरुसंग प्रत्यक्ष सम्पर्क गर्ने,सबैलाई समान ब्यवहार गर्ने,सबै संघसंस्थाहरुको मन जित्ने काम गरेका थापालाई नेपााल घर बिदामा फर्कने नेपालीहरुले मौकामिलेसम्म भेट गर्ने गरेका थिए ।

222222

खाडि मुलुकहरुमा रहँदा राम्रो छवि बनाएका राजदुत थापा अबको ४ वर्षे कार्यकाल बेल्जियममा बित्नेछ । बेनेलुक्स अर्थात बेल्जियम नेदर्ल्याण्ड  र लक्जेमवर्ग हेर्ने जिम्मा पाएका उनले विशेषत इयु सँगको समबन्धलाई मजबुत बनाउने देखिएको छ । सुरुवाती चरणमै उनले केहि परिवर्तन गरेका छन् । दुतावासको कन्सुलर सेवा १ बजेर ३० मिनेट सम्म रहँदै आएको थियो जसलाई वृद्दी गरेर ४ बजे सम्म पुर्याइएको छ  ।

युरोपमा रहेका सबै नेपाली दूतावासहरूले अहिलेसम्म सेवाग्रहीबाट नगद तिरेर कारोवार गर्ने गरेका छ्न । कसैले पनी कार्ड मार्फत रकम तिर्नुपर्ने विधी लागु गर्न सकेका छैनन । तर बेल्जियम दुतावसले नयाँ राजदुतको आगमन सङ्गै यो झन्झट लाई हटाउने भएकोछ । सुरुवाती चराणमा  सबै सेवाग्रहीले  रकम सिधै दुतावासको बैक खातामा जम्मा गरिदिनुपर्नेछ र त्यो प्रमाण दुतावासलाई बुझाउनु पर्नेछ् । यसका लागी होम ब्यान्किङ वा मोबाइल ब्यन्किङ प्रयोग  गर्न सकिनेछ । यसका साथै केहि समय पछी सिधै बैन्क कार्ड मार्फत रकम तिर्न सकिने छ् । यसका साथ साथै दुतावासमा आउने कोही पनि सेवाग्राहिले फोटोकपी गरे बापतको रकम अबदेखी तिर्नुपर्ने छैन ।

”नेपालको हक हितको लागि सबै नेपालीहरु एक जुट भयर अगाडी बढनुपर्ने हुन्छ।  प्रत्कये नेपाली आफैमा अनौपचारिक राजदुत ह। यसले देशको हितको लागी ठुलो सहयोग गरेकोहुन्छ । ”राजदुत लोक बहादुर थापाले भने ”यहाँ रहेका नेपालको पर्यटन ससकृति प्रबर्धन गर्नेहरुलाई अगाडी ल्याउने, उनिहरुलाई सम्मान गर्ने  र उनिहरुको समुह खडा गरेर देशको गौरवको लागी शसक्त भएर लागीपर्ने छु । यसको लागी यहाँ रहेका सबै नेपालीहरुको उत्तिकै सहयोगको खाँचो  छ ।”

राजदुत थापा २७ वर्ष अगाडी अर्थात विक्रम सम्वत २०४६ साल चैत्र २७ गते पररास्ट्र सेवामा प्रवेश गरेका थिए । सुरुमा कुट्नैतिक नियोग नयाँ दिल्लिमा ७५ दिन काम गरे । त्यसपछी उनको सुब्बा पदमा बढुवाभयो । पररास्ट्र सेवा छिरेको करीव ६ वर्ष पछी उनि अफिसर बने । अफिसर बनेसङ्गै बेलायतबाट स्नातकोत्तर पनि पुरा गरे । त्यसपछी सन १९९८ देखी १९९९सम्म चिनको मिसनमा काम गरे । सन २००४ देखी २००८ सम्म खाडी मुलुक साउदी अरवको कार्यबाहक राजदुत भएर काम गर्ने मौका पाए । जसले उनको कुट्नैतिक क्षमतालाई अझै निखार गरिदिने काम गर्‍यो । त्यसपछि सन २००९ देखि २०१३ सम्म अस्ट्रेलियामा कार्यरत रहेका थापा अबको ४ वर्षकोला गी बेनेलुक्सका लागी राजदुत बनेर आएका छ्न । सबै स्थानमा राम्रो छवी बनाएका उनको लोकप्रियता उत्तिकै रहेको छ ।

तपाइँको प्रतिक्रिया