स्वाधिन र समुन्नत नेपाल निर्माण गर्ने भन्दै युरोपका नेपाली बेल्जियममा भेला

belgium-2

नेपाली जनप्रगतिशील मोर्चा युरोपको तेस्रो र नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियमको ११ औं अधिवेशन बेल्जियमको एन्ट्वेर्पेन शहरमा सफलतापूर्वक सम्पन्न भएको छ । “स्वाधिन र समुन्नत नेपाल निर्माणको अभियानमा ऐक्यवद्धता जाहेर गरौं । सम्पूर्ण प्रवासी नेपालीहरु एकजुट बनौं ।” भन्ने मूल नारामा सम्पन्न उक्त अधिवेशनको उद्धघाटन मोर्चाका यूरोप संयोजक विष्णु भुजेलले गरेका थिए ।

belgium-4

मोर्चाका बेल्जियम संयोजक मेख तमुको सभापतित्वमा सम्पन्न उक्त अधिवेशनमा यूरोप तथा बेल्जियम स्थित विभिन्न नेपाली वैचारिक सामाजिक तथा अन्य संगठनका अध्यक्षहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संयुक्त नेपाली मोर्चा युरोपका अध्यक्ष शुरेन्द्र भुसाल,नेपाली एकता समाज युरोपका अध्यक्ष तोयानाथ कंडेल, नेपाली जनसम्पर्क समिती युरोपका महामन्त्री तथा एनआरएनए बेल्जियमका अध्यक्ष गंगाधर गौतम,जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष सुवाश जोशी, नेपाली जनप्रगतिशील मंच बेल्जियमका अध्यक्ष चित्र सुवेदी,नेपाली एकता समाज बेल्जियमका अध्यक्ष बालकृष्ण कंडेल,नेपाली संघीय समाज बेल्जियमका लोक राना मगर,नेपाल मजदुर किसान पार्टी सम्वद्ध अमितकुमार वासुकला, वर्कर्स पार्टी वेल्जियमका वाउटर भान डायम लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए । त्यस्तै गरेर नेपाली जनप्रगतिशील मोर्चा जर्मनीका अध्यक्ष शेर बहादुर तुम्वापोले संगठनको तर्फबाट मन्तव्य दिनु भएको थियो ।

belgium-1

अधिवेशन आयोजक समितिकी सदस्य शुशीला पराजुलीको सन्चालन र कुल मगरले स्वागत मन्तव्य दिएको अधिवेशनमा भब्य सफलताको कामना र ऐक्यवद्धता जनाउदै थुप्रै शुभकामना पत्रहरु प्राप्त भएका थिए । शुभकामना पत्रहरुलाई प्रोजेक्टर मार्फत पर्दामा देखाइएको थियो । नेकपा (माओवादी)का महासचिव क। विप्लव, नेकपा(माओवादी)का स्थाइ समिति सदस्य तथा विदेश विभाग प्रमूख धर्मेन्द्र बास्तोला, एमएलपीडी जर्मनी, रेडपार्टी नर्वेका अन्तरराष्ट्रिय विभाग प्रमूख आर्नोल्ड, माओवादी पार्टी इटाली लगायतले शुभकामना पत्र पठाएका थिए ।

खुला सत्रको समापन लगत्तै मोर्चाले सम्पन्न गरेको बन्द सत्रमा मोर्चाका प्रगती विवरण, आर्थिक विवरण, विधान तथा भावी कार्यक्रमको बारेमा व्यापक छलफल भएको थियो । अधिवेशनले बिष्णु भुजेलको नेतृत्वमा दुइ सदस्य पछि थप गर्ने गरी नेपाली जनप्रगतिशील मोर्चा, यूरोपको २१ सदस्यीय कार्यसमिती गठन गरेको छ । २१ सदस्यीय कार्यसमितिमा उपाध्यक्षमा टि। एन। रिजाल इङ्गल्याण्ड र वदन योङ्गहाङ्ग बेल्जियम, सुवर्णबाबु सापकोटा महासचिव जर्मनी, शेरबहादुर छन्त्याल कोषाध्यक्ष बेल्जियम, इश्वर शर्मा सचिव स्पेन,सदस्यहरुमा क्रमश: मेख तमु बेल्जियम, शेर बहादुर तुम्बापो जर्मनी, गोपाल रेग्मी स्पेन, इन्द्र न्यौपाने पोर्चुगल, भक्त श्रेष्ठ जर्मनी, कुल मगर बेल्जियम, माकुना राई बेल्जियम, लक्ष्मण देवकोटा स्वीट्जरल्याण्ड, बुद्धी तामाङ्ग अष्ट्रिया, पुर्ण विक पोर्चुगल, मुना राई बेल्जियम, शुशीला पराजुली बेल्जियम र मोहन श्रेष्ठ जर्मनी रहेका छन् ।

belgium-3

बेल्जियमको एन्ट्वेर्पेनमा सम्पन्न भएको अधिवेशनले मेख तमुको अध्यक्षता एक सदस्य पछि थप्ने गरी १५ सदस्यीय नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियमको केन्द्रिय समिति निर्माण गरेको छ । कार्यसमितिमा शेरबहादुर छन्त्याल र रकेन्द्र घिमिरे उपाध्यक्ष, माकुना राई महासचिव, दिल आलेमगर कोषाध्यक्ष, शुशीला पराजुली सचिव र सदस्यहरुमा विष्णु शर्मा, रुपेश व्लोन, आङबाबु शेर्पा, पुपुषा किराती, अरविन घले, मुना राई, जीवन श्रेष्ठ, यमुना रोका मगर रहेका छन् । कार्यसमिति निर्माण पछि लगत्तै बसेको मोर्चाको सयुक्त वैठकले महत्वपूर्ण विषयहरुमा छलफल गर्दै रामबहादुर गुरुङ्ग, प्रेम पाठक, मणी कुमार राई र राजकुमार रोकामगरलाई सल्लाहकारमा चयन गरेको छ ।

तपाइँको प्रतिक्रिया