बाबाका अगाडि छाती पिट्दै डाँको छोडेर किन रोईन यि युवती ?

img_0086

चितवनको कपिया गाउँ पुग्दा अनौठो घटना देखियो अगाडि कुर्सीमा पहेंलो वस्त्रधारी थिए तिनका छेउ छेउमा सहयोगी थिए दुई तिन जना ति पहेंलो वर्त्रधारीका अगाडि एक जना महिला डाँडो छोडेर रोएकि थि ईन बलिन्द्र आँसु झरेका थिए सानो गम्छाले आँसु पुछ्दै थि ईन रुँदै थि ईन उनी वरिपरि थुप्रै रमिते झैं हेरिरहेका थिए केहि महिला डाँको छोडेर रुनेका पछाडी लाममा थिए लाग्थ्यो, ति रुन हतारिएका छन् त्यसैले रुने पालो कुरेर उभिएका छन् ति। पहेंलो वस्त्रधारी बाबा भने मुसुमुसु मुस्कुराउँदै थिए

img_0081

उनी रहेछन् अर्चना बाबा भगवान महादेवका अनुयायी रे यि अर्चना बाबा रहेछन्, अर्धनारिश्वरी अर्थात् आधा नारी आधा पुरुष अर्ध नारिश्वरी भनिएपनि बाबा पुरुषधारीनै देखिएका थिए

img_0078

आजकाल गाउँ गाउँमा यि अर्चना बाबाका अनुयायीहरु फैलिँदै रहेछन् गाउँमा यस्तो जमघट राखिँदो रहेछ बाबाका अगाडि आफ्ना सबै दुख, मर्का, पिर, पीडाहरु, अप्ठेरा समस्या राखिदिने रहेछ ति सबै खुलेर बताउने गरिँदो रहेछ वा बाबाका अगाडि आफ्ना सबै पिर चिन्ता, मनमा अड्केका, ह्रिदयमा लुकेका, अरुलाई सुनाउन नसकिएका ब्यथाहरु बाबाका अगाडि बताउनुपर्छ भन्दै प्रचार गरिँदो रहेछ खासगरि महिलाहरुले आफ्ना दुख बेदना बाबाका अगाडि रुँदै रुँदै बताउँदा रहेछन्

img_0081

महिलाहरु लाममा बस्छन् पालैपालो बाबाको चरणमा जान्छन् रुँदै आफ्ना बेदना कहनछन् बाबा सुनेर बस्छन् केहि बेर मुसुक्क मुस्कुराउँछन् बाबाको हातमा जलको अंखोरा हुन्छन् निकैबेर सुनिसकेपछि बाबाले केहि मन्त्र फलाक्छन् हातमा जल लिएर रुनेको शरिरमा छर्किदिन्छन् हात समातेर स्पर्ष गर्छन् शिरमा हत्केला राखेर अथास्तु गरिदिन्छन् महिला रुन कम हुन्छ बाबाका सहयोगीले बुटी जस्तो दिन्छन् फूल दिएर शिरमा लगाइदिन्छन् त्यसपछि अर्कि महिलाको पालो आउँछ

 

img_0088

बाबालाइ आफ्ना पिर, बेदनाहरु सुनाए सबै हराउँछन् । बाबाले समस्याको समाधान, दुख बेदना हटाउने अक्किल र आशिर्वाद दिएर हटाइदिन्छन् भन्ने विश्वास गरिँदो रहेछ । त्यसैले पिण्डेश्वर महादेव सद्गुरुदेव अर्ध नारिश्वरी अर्चना बाबा भनिनेको पाउमा पर्ने गरिँदो रहेछ ।

तपाइँको प्रतिक्रिया