बन्छिन् कि त नेपाली मूलकी महिला अमेरिकी राज्य प्रतिनिधी
अमेरिका निवासी जेशिका गुरुङलाई त्यहाँको डेमोक्र्याटिक पार्टीले सफल नेत्रीका रुपमा छानेको छ । यो पार्टीकै तर्फबाट हिलारी क्लिन्टन राष्ट्रपतीको पदमा उमेदवार छन् । हिलारी लगायत यो पार्टीले धेरै क्षेत्रमा जित्ने संभावना रहेको धेरैको भनाई छ । त्यसैले यो पार्टीको तर्फबाट उमेदवार बन्न पाउनुपनि महत्वपूर्ण अवशर हो । यहि पार्टीको तर्फबाट गुरुङ आगामी नोभेम्बर महिनामा हुने चुनावमा राज्य प्रतिनिधि सभा सदस्य (स्टेट रिप्रेजेन्टेटिभ) रुपमा उमेद्धार बनेकी छन् ।
जेशिका गुरुङलाई डेमोक्रेटिक पार्टीका तर्फबाट अ मेरिकाको राष्ट्रपतीमै उठेकी हिलारी क्लिन्टनले भेटेर शुभकामना दिएकी हुन् । क्लिन्टनले उनलाई निर्वाचनमा आफ्नो पार्टीका तर्फबाट चुनावी मुद्दा, निर्वाचनको तौरतरिका, अक्किल र प्रचारप्रसारको शैलीका बारेमा समेत सुझाव दिएको त्यहाँका नेपालीले बताए ।
अमेरिका पसेका मध्ये थुप्रै नेपाली त्यहाँ नेपालको राजनितिक दलका भात्रि संगठन खोलेर अनेक तरिकाले राजनिति गरिरहेका छन् । तर अमेरिकाको शक्तिशाली पार्टीको छनौटमा त्यस्ता नेपाली परेनन् । जेशिका गुरुङ नेपालका कुनैपनि पार्टीको भात्रि संगठनमा काम गरेको नदेखिएकी, नेपालीका बिच उति चर्चा नकमाएकी महिला हुन् । तर त्यहाँको डेमोक्रेटिक पार्टीले उनैलाई रोज्यो । उनले चर्चा धेरै नगर्ने तर भित्रि रुपमा खटिएर काम गर्ने गरेकाले डेमोक्रेटिक पार्टीले छनौट गरेको टिप्पणी नेपालीहरुले गरेका छन् ।






