स्विजरल्याण्डमा प्रचलित बन्दै ‘शेर्पा आउटडोर’

Pilatus-swiss-17-August-2014 039

जहाँ  हिमाल, हिमाली जिवन र पदयात्राको नाम लिईन्छ त्यहाँ शेर्पाको नाम जोडिन्छ । चाहे नेपाल होस वा अन्य हिमाली क्षेत्रमा । विश्वमा नाम कमाएका शेर्पाहरुको नाम नेपालमा मात्रै नभएर अन्य मुलुकमापनि प्रशस्तै जोडिएको छ । स्विजरल्याणमापनि शेर्पाहरुको नाममा बिभिन्न गतिबिधीहरु हुने गरेका छन् । स्विस हिमालमापनि नेपाली शेर्पाको नाम र तिनका नाममा थुप्रै गतिबिधि जोडिएको छ ।

लेखमा राखिएको पहिलो तस्विर स्विजरल्याण्डको प्रसिद्द पर्यटकिय क्षेत्र पिलाटुस हिमाली क्षेत्रको पर्यटकिय आकर्षणकालागि राखिएको सूचना केन्द्रको हो । यो पिलाटुस क्षेत्रमा त्यहाँका हिमालहरु हेर्न लाखौं पर्यटकको भिड लाग्छ । हो त्यहि क्षेत्रमा स्विसहरुले शेर्पाको नाम जोडेका हुन् ।

शेर्पा आउटडोर स्विजल्याण्डमा निकै प्रसिद्द छ । यसले नेपालका शेर्पाहरुलाई स्विस हिमालमा गाईडका रुपमापनि लाने गर्छ । स्विजरल्याण्डमा तालिम दिएपछि । उता स्विजरल्याण्डका हिमालप्रेमीहरुलाई नेपालमा लगेर शेर्पाहरुद्वारा तालिमपनि दिलाउने गर्छ । हिमाली क्षेत्रमा जाँदा लगाउने वस्त्र, जुत्ता, हिम चिप्लेटी खेल्दा लगाउने उपकरण लगायतका सामानपनि शेर्पा आउटडोरले स्विजरल्याण्डभरि छपक्कै पारिसकेको छ । यसैको नाममा स्विजरल्याण्डमा पशलहरुपनि खुलेका छन्, स्तरिय सामान बिक्रि गर्ने । शेर्पा आ उटदोर एक खालको ब्राण्ड बनिसकेको छ स्विजरल्याण्डमा । यसको ख्याति फ्रान्स, ईटाली र अन्य युरोपेली मुलुकमापनि फैलिँदो छ ।

ang-tenzing-sherpa

शेर्पा आउटडोरलाई यति प्रसिद्द बनाउने मुख्य योजनाकार को थियो होला ? धेरैलाई जिज्ञासा लाग्न सक्छ । स्विजरल्याण्डका नेपालीहरु यो श्रेय सुलुखुम्बुका आङ तेन्जिङ शेर्पालाई दिन्छन् । शुरुमा आङ तेन्जिङ शेर्पाले शेर्पा आउटडोरका नाममा हिमाली पदयात्राका सामान बिक्रि गर्न र स्विसलाई नेपाल लैजाने काम शुरु गरेका थिए । उनले एक स्विससित मिलेर यो काम शुरु गरेका थिए । शेर्पा आउटडोरलाई स्थापित गराउने अक्किलपनि ति स्विसलाई उनैले दिएका हुन् । हाल यो शेर्पा आउटडोर स्विजरल्याण्डको बेर्न, आराउ, जुरिच, जेनेभा, लोजान, भालिस, थुन लगायतका थुप्रै क्षेत्रमा फैलिएको छ । यसले स्विसहरुलाई नेपालको परिचय दिएर नेपाल भ्रमणमा लैजाने अभियानपनि चलाएको छ ।

हाल आङ तेन्जिङ शेर्पा आउटडोरसित संवन्धित त छैनन् । यो संस्थामा उनको संवन्ध र पहुँच भने रहेको नेपालीहरु बताउँछन् । तर उनले स्विजरल्याण्डमा नेपालकालागि पर्यटन प्रवर्धनको काम चाहिँ अन्य कार्यक्रममार्फत गरिरहेका छन् ।

तपाइँको प्रतिक्रिया