चितौनेको कामना : बदनाम नहोउन् जिवा
- शैलेन्द सिक्देल
हेर्दा हेर्दै धेरै मानिस बदनाम भए । कोहि रातरात चन्द्रमाको जून झैं उदाए । जून लुक्नु पहिलेनै औंशीको जून झैं लुके, बदनाम भए । त्यसले धेरै नेपालीलाई त्रास बनाउँछ । चिन्ता जगाउँछ । त्यस्तै मध्येका एक हुन्, जिवा लामिछाने । उनको चिन्ता धेरै नेपालीले गर्छन् । तर त्यो भन्दा बढि चितौनेहरुले गर्छन् । रातारात पूर्णीमाको जूनबाट औंशीको जून झैं बिलाएका, बदनाम भएका नेपालीको सूची देख्दा चितवनका नेपालीको चिन्ता र चासो उचालिएको छ । यो चासोलाई कसले संबोधन, आदर गर्न सक्ला ? केवल जिवा लामिछेले ।
एन आर एनमा लाग्ने केहि मानिस, अभियन्ता केहि काम, कारण, कम्मल काण्ड, र मानव ओसार काण्डले बदनाम भए । तर चितवनको प्रक्रितिमा गैंडा, बाघ र भालु भनेजस्तै जिवा लामिछाने नेपाली समूदाय भन्नासाथ चितौनेहरुले पहिचानका रुपमा लिन्छन् । चितवनको एक पात्रको संसारले नाम लिनु चितवनको गौरव हो । जिवा नफसुन, नबिकुन, नफसइउन्, सतर्क होउन, नबिकुन भन्ने चितौनका धेरैले आग्रह र चिन्ता गरेका छन् ।
थोरै मानिसले मात्रै जिन्दगीमा चमत्कार गर्न सक्छ, तिनै मध्ये पर्छन् जिवा । उनी जन्मे हुर्केको थलो चितवनको पदमपुर गाउँ यस्तो थियो जहाँ बस्ने मध्ये थोरैले मात्रै क्याम्पसको मुख देख्न पाउँथे । पूर्व, पश्चिम र दक्षिण तिनतिर चितवन राष्ट्रिय निकुञ्जले घेरिएको । घामले खुट्टा ओराल्न नपाउँदै जंगली हात्ती गाउँ पसेर घर भत्काउन थाल्थे । गैंडा आएर करेसाबारीकै खुर्सानी र आलु मास्न थाल्थे । उनी हुर्केको गाउँ पुग्न बिचमा राप्ती नदीले तगारो हालेको थियो । घाम ओरालो नलाग्दै रापती नतरे जंगली जनावको मुखमा परिन्थ्यो । कहिलेकाहिँ रापती नदी बहुलाएर उर्लन्थ्यो र केहि दिन टाँडी बजारतिरै कुरेर बस्नुपर्थ्यो । पदमपुरमा एउटा माध्यमिक बिध्यालय भन्दा थिएन । त्यहाँबाट एल एल सी पास गरेपछि टाँडी वा भरतपुर बजारमा डेरा लिएर बस्नुपर्थ्यो, क्याम्पस पढ्नकालागि । किसानका छोराछोरी त्यसरि बजारमा बसेर पढ्न सक्नुपनि सजिलो थिएन ।
जिवापनि ब्यापारी, धनाढ्यका छोरा थिएनन् । त्यहि असहज परिस्थिति र परिवेशमै हुर्के । चितवनको दूर्गम भनेर चिनिने पदमपुरमै पढे ।
त्यो बेला रुस टुक्रिएको थिएन । रुस सरकारले अब्बल बिध्यार्थीहरुलाई छात्रव्रित्ति दिन्थ्यो । पढाईमा अब्बब भएकाले जिवा रुस पुगे। त्यहिँ उच्च शिक्षा लिए । कम्युनिष्ट प्रणाली ढलेर पूँजीवादी प्रणालीमा ढलेको रुसमा धेरै उथलपुथल भए । लगानीका अवशर जुटे । ब्यापारिक चातुर्य, शिप र ज्ञान हुनेलाई थुप्रै अवशरपनि देखिए । रुसमा यहि मौका छोपेर अन्य नेपालीपनि लगानीमा तम्सिए । रुसमा उच्च शिक्षा लिएर नेपाल फर्किने । उच्च तहको कर्मचारी बन्ने अभिलासा लिएर रुस छिरेका जिवा लगानीमा आकर्षक भए । स्कूल देखिनै चलाख, पढाईमा अब्बब र म्रिदुभाषी भनेर चिनिएका उनी ब्यापारमापनि अब्बल देखिए । दुबाई, सिंगापुरसम्म उनले ब्यापारिक जालो फैलाए । उनको जालो फैलिँदै गयो। अहिले त्यो जालो नेपालदेखि युरोपसम्म फैलिँदै गएको छ । यसरि सुगम जिल्लाको दूर्गम गाउँमा गाई भैंसी चराउँदै, जिवजन्तुबाट छलिँदै हुर्केको फुच्चे ठिटो विश्वले चिन्ने उद्दमी र ब्यापारीमा रुपान्तरित भयो ।
गाउँको एक पात्र जहाँ पुगेपनि, जति कमाएपनि र जति सफल भएपनि अरुलाई के फरक पर्छ ? यो त्यहि पात्रमा भर पर्छ, उसले कति योगदान दिन सक्छ समाज र देशलाई । यसरि हलो, कुटो र कोदालो समातेर, गाइ भैंसी र भेडाबाख्रासित रमाएर निकै कष्टले माथि उठ्ने पात्र मध्ये जिवा एक्ला भन्ने पक्कै नहोलान् । तर उनको उचाईले धेरै फरक पारेको छ । जिवालाई ब्यापारी र उद्दमी मात्रै भन्दा अन्याय हुन्छ । उनले सामाजिक क्षेत्रमा थुप्रै सहयोग गरेका छन् । आर्यघाटमा क्रिया पुत्री बस्ने घर देखि देवघाटमा ग्रिहत्याग गरेर जिवन गुजार्नेकालागि आवाश । यि भए झट्ट हेर्दा देखि र सुनिने सहयोग । तर उनले नेपालमा थुप्रै संस्थालाई परोपकारी काममा सहयोग दिएका छन् । समाज सेवामा कसैले राम्रो काम गरेको देखे जिवा आफैं पुग्छन् । केहि न केहि सहयोग जुटाएरै फर्किन्छन् ।
नेपालमा केहि हुन्न भन्दै भएका घर घडेरी बेचेर बिदेश हिँडिरहेका बेला जिवा नेपालमै लगानी गर्न कस्सिएका छन् । बैंकदेखि जलबिद्दुतसम्म लगानी गरेर ‘नेपालमैपनि केहि गर्न संभव छ’ भन्ने उदाहरण र आशा बाँड्न सक्नु उनको अर्को ठूलो सफलता र योगदान हो ।
त्यसो त, मौकामा जोखिम लिनपनि सिपालु छन् जिवा । भारतले नेपालमाथि नाकाबन्दि लगाएको बेला ब्यापारीहरुले मुख खोल्न डराए । नेपाल र नेपालीको हितकालागि भन्ने गैह्र आवाशिय नेपाली संघले नाकाबन्दिका बारेमा एक शब्द बोलेन । तर संघका संरक्षक जिवा चुप बसेनन् । उनले आफ्ना तर्फबाट खुलेरै बिरोध गरे । भारतीय नाकाबन्दिका बिरुद्द जेनेभामा भएको प्रदर्शनमा गएर बिरोध जनाए । यस्तै चुनौतिका बेला देखा पर्नालेपनि जिवा धेरैको मनमा बसेका हुन् ।
जिवा खासै सफल हुन नसकेको एउटा क्षेत्र भने छ । विश्वभरिका नेपालीको साझा संस्था भनिने गैह्र आवाशिय नेपाली संघ । यसको उनी शुरुदेखिनै अभियन्ता हुन् । संघको अध्यक्ष भएका बेला ‘अब जिवाले केहि सुधार्छन्, केहि हुन्छ’ भन्नेहरुलाई हौशला दिन सकेनन् । उनी अध्यक्ष भए तर खासै सुधार्न सकेनन् । जिवा अहिलेपनि गैह्र आवाशिय नेपाली संघको संरक्षक छन् । तर संघको लोकप्रियता घट्दो छ । दलाली गर्ने, मानव तस्करी गरेर नेपालीलाईनै लुट्ने, नेपाली कामदारहरुलाई झुटा आश्वाशनमा बिदेश लगेर फसाउने, नेपाली श्रमिकहरु बिदेश लगेर सहमती अनुसारकै पारिश्रमिकसम्म नदिनेहरु निकै छन् यो संघमा । तर तिमाथि कारवाही गर्ने र त्यस्ता ब्यक्तिहरुलाई निशेध गर्ने, मर्कामा परेकाको सुनुवाई गर्ने कुनै पद्दती जिवाले बसाल्न सकेनन् । त्यस्तो समूहपनि उनले खडा गर्न सकेनन् ।
ब्यापारिक क्षेत्र बाहिर थुप्रै विशेषता र सोख पालेका छन् जिवाले । चरो जस्तै उड्छन् उनी । हिजो रसियाको मस्कोतिर भेटिएका उनी अर्को दिन काठमाडौंतिर देखा पर्छन् त कहिले युरोपका अन्य शहरतिरबाट सामाजिक सञ्जालमा वर्णन सुनाइरहेका हुन्छन् । साहित्य, कला, संस्क्रिति, जिवजन्तु र लेखनमा उनको चासो गज्जबको छ । सामाजिक सञ्जालमा यति अपडेट हुन्छन् की उनी धेरैले जिज्ञासा राख्छन् ‘हैन यि जिवा दिनभरी फेसबूक र ट्विटर चलाएर बस्छन् की के हो ? त्यति धेरै ब्यापार धानेर फेसबूक र ट्विटरमा चौबिसै घण्टा अपडेट हुन कसरि सकिन्छ ?’ अझ पत्रपत्रिकामा लेख लेख्न पनि भ्याईरहेका हुन्छन् । नाम चलेका नेपाली ब्यापारी र उद्दमी मध्ये सामाजिक सञ्जालमा निरन्तर देखा पर्ने ‘बियाँ’ हुन् जिवा ।
कला र संस्क्रितिमा चासो राख्ने, साहित्यमापनि केहि लेख्ने । ऐतिहासिक स्थलहरुको अध्ययन गरेर कलम चलाईरहने, प्रक्रितिका अनेक रुपको वर्णन गरेर बाँडिरहने । ब्यापार र ब्यवशायमा पनि अब्बलनै रहने । भ्रमणमापनि उत्तिकै समय र खर्च गर्ने । सामाजिक सञ्जालमा छिनछिनमै देखापर्ने । नेपालीका कार्यक्रमहरुमापनि पुगिहाल्ने । निम्त्याएका लगभग सबै कार्यक्रममा सहभागि गराउन सक्ने व्यवशायी अर्को कोहि होला जसले जिवालाई उछिन्न सकोस् ?
त्यसैले जिवा समग्रमा सबैका हुन् । सबैका भएरनै चितवनका अझ बढि हुन् । त्यहिभएर चितौनेहरु चिन्ता गर्छन्, त्यो एन आर एनमा गन्हाउनेहरुसितको निरन्तर सांगठनिक उठबस, सहकार्य र चौतर्फी सक्रियताले कुनै दिन जिवा त्यसमा फस्ने हुन् की ? नफसुन् जिवा ।






