भारतीय अत्याचारबिरुद्द मधेशी लड्दा पारीको खानेहरु किन चुप ?
- रमेश प्रसाद शाह
भारतले नेपाल–भारत सीमा क्षेत्रमा दशगजा मिचेर बनाएका बाँधका कारण तरार्इ क्षेत्र डुबानमा परेको छ | धेरै घर बिहिन बनेका छन् | धेरै भोकै छन् | तर काठमाडौँमा बसेर मधेसीको राष्ट्रीयता माथि प्रश्न उठाएर राष्ट्रवादी बनेका केहि नेता र आफूलाई मधेसको ठेकेदार ठान्ने मसिहाहरु चु समेत गर्न सकेका छैनन् | गरुन पनि कसरी ? बारीको काउली खानेलाई पो बारीको माया लाग्छ, पारी को काउली खानेलाई त पारीकै माया लाग्छ, हैन र ?
ति सबै महासयहरु लाई भन्न चाहन्छु – असली राष्ट्रियता सिमामा देखिन्छ हजुर, सिमा मिचिदा होस् वा अहिले यो अवस्थामा होस् भारतीय संग सधै लड्ने सधै जुध्ने भनेको मदेसी नै हुन् | जुन हिजो सप्तरीको जनताहरु साबित गरेका छन् | इतिहासमा भएका नेपालीहरुको बहादुरीको कथा यी जनताहरु दोह्रयाएक छन्, दोहर्याई रहेनेछन !
“नेपाली हुनुमा गर्ब गरौँ, सामाजिक सद्भाव कायम राखौं !”
( स्रोत- शाहको फेसबूक)








