सडकमा पिसाब गर्नेबाट स्विस समाजपनि हैरान
नेपाल र स्विजरल्याण्डबिच समानता अर्को विषयमापनि छ । त्यो हो, गाडीबाट फुत्त निस्किएर फस्नर खोलिहाल्ने । साईकलबाट फुत्त ओर्लेर कुनामा जाने र तुर्क्याइहाल्ने । सडक पेटीमा हिँड्दा हिँड्दै पर्खालमा पिसावका धारा बगाइहाल्ने । सडक र राजमार्गमा पिसाव गर्नेबाट नेपालको प्रहरी जस्तै स्विस प्रहरीपनि हैरान छ । त्यसैले स्विस प्रहरीले अब दह्रो जरिवाना गराउने भएको छ ।
राजमार्ग किनारमा पिसाव गर्नेहरुलाई स्विस प्रहरीले अब ६०० स्विस फ्र्यांक (करिव ६५ हजार रुपियाँ) जरिवाना गराउने भएको छ । यसरि राजमार्ग किनारमा पिसाव गर्नेहरुलाई प्रहरीले रंगेहात फेला पारेपछि जरिवाना गराउने गरेको छ । रंगेहात फेला पर्दा प्रहरीले तत्कालै जरिवाना माग्छ । तोकिएको रकम नभएमा दोषीको ठेगानामा जरिवाना दस्तुर पठाइदिने गर्छ ।
रंगेहात पक्राउ पर्दा यदि पिसाव गर्ने ब्यक्तिले प्रहरीलाई गाली गर्ने, आनाकानी गर्ने गरेमा त्यसमा थप जरिवाना गराएर पत्र पठाउने गर्छ । यसरि जरिवानाझेल्नेहरु निकै भैसकेको जेनेभाको प्रहरी निकायले जनाएको छ ।
राजमार्गमा दूर्घटना हुँदा सवारी साधानहरु जाम हुँदा चालकहरु राजमार्ग छेउमा गएर पिसाव गर्ने गर्छन् । त्यसले फोहोर बनाउने, दूर्गम्धित बनाउने र समाजमा नकारात्मक वातावरणसमेत स्रिजना गर्ने हुँदा जरिवाना गर्ने गरिएको प्रहरी निकायको भनाई छ ।






