पोखरा विश्वकै उत्क्रिष्ठ गन्तब्य स्थल
पोखरा विश्वकै उत्क्रिष्ठ पर्यटकिय आकर्षणस्थलमा परेको छ । विश्वभरिका पर्यटकिय आकर्षणका स्थलहरुको अध्ययन गरेर पर्यटककालागि जानकारि दिने फब्सले त्यो सार्वजनिक गरेको हो । विस्श्वका २० शहरहरुको छनौटमा नेपालको पोखरा पहिलो दर्ज भएको हो । सहुलियत दरमा वा कम खर्चमा भ्रमण गर्ने (बजेट ट्राभलर्स) गर्न सकिने शहरहरुको अध्ययन गर्दा पोखरा पहिलोमा परेको हो ।
फब्ले भ्रमण गर्न लाग्ने रकम, विश्व भ्रमणको तथ्यांकका आधारममा भ्रमण सूची सार्वजनिक गगरेर यस्तो सार्वजनिक गर्छ । त्यसमा डोर्म बेड को खर्च, कम दरको होस्टेल्, दिनमा तिन पटकको खानाको मूल्य, तिन वटा सस्ता बियर्, दुइ पटक चढेको सार्वजनिक यातायातको खर्च र एक पटक सांस्क्रितिक कार्यक्रम हेर्दा लाग्ने खर्च जोडेर कूल खर्च निकालिन्छ ।
यो सबै खर्च जोड्दा दिनको १५ डलर ८४ सेन्ट (करिब १६ सय रुपिया) मा पोखरा भ्रमण गर्न सकिने फब्सले जनाएको छ । यस अघि भियतनामका हानोइ र होचिमिन्ह शहर पहिलो र दोस्रोमा परेका थिए । हानोइको १७ डलर १३ सेन्ट र होचिमिन्हको १८ डलर ३० सेन्ट थियो । यो सूचीमा यस पटकपनि काठमाडौं सातौं स्थानमा परेको छ । पर्यटकिय आकर्षणकालागि यो पनि निकै फाइदाजनक पक्ष हो ।






