एस एल सी उत्तिर्ण हुनेको यस्तो छ स्तर
यो वर्ष एस एल सी दिनेहरु सबैले बाजी मारे । कोहि अनुतिर्ण हुनुपरेन । सबै उत्तिर्ण । तर बेमोज के भने पढ्नेपनि उत्तिर्ण भए, नपढ्नेपनि भए । एसएलसी पास हुनुनै ठूलो कुरो होइन । पास हुँदैमा केहि हुनेपनि होइन । अर्थात् भविष्य सुनिश्चित हुन्न । एसएलसीको पढाईको स्तरले भविष्यमा उच्च शिक्षा लिँदा कति सफल र असफल भईन्छ भन्ने देखाउँछ । शिक्षाको स्तर कस्तो छ त्यसले कस्तो काम गर्न सक्छ ? काममा कति सफल हुन सक्छ भन्ने सिद्द गर्छ । तर एसएलसी पास गरेका हाम्रा युवायुवतीहरुको स्तर नाजुक छ । तिनले सानैदेखि अंग्रेजी पढ्छन् र पनि तिनको अंग्रेजीको स्तर यति कमजोर की तिनले भन्न, प्रतुत गर्न खोजेको कुरो मिल्दैन । बरु गलत अर्थ दिने गरि लेख्छन् । तिनको अंग्रेजी भाषको स्तर देख्दा हाँसो लाग्छ । कसरि ति यस्तो अंग्रेजीको स्तरले अन्य देशका बिध्यार्थीसित प्रतिस्पर्धी बन्न सक्लान् ? बिदेशतिर च्च शिक्षा लिन रहर त गर्छन् । खर्चपनि गर्छन् । तर यो स्तरको भाषाले कसरि सफलता पाउलान् ?
पक्कैपनि दोष हाम्रा बिध्यार्थीको त होइन । हाम्रै शिक्षा नितिको हो । कस्तो खालका बिध्यार्थी उत्पादन गर्दै छ हाम्रो शिक्षा नितिले ? यहि टिप्पणीमा देखिए जस्तो अंग्रेजी भाषा हुने बिध्यार्थी कति होलान् ? तिनले भविष्यमा के गर्लान् ? अनि गाउँमा यो स्तरका शिक्षा लिएर बोर्डिङ स्कूलबाट निस्किने बिध्यार्थीसित तिनले कसरि प्रतिस्पर्धा गर्लान् उच्च शिक्षा लिने क्रममा ?
फोटो बिनोद न्यौपाने ‘भैरे’ को फेसबूकबाट लिएको हो ।






