ब्रिद्द ब्रिद्दाको देश बन्दै स्विजरल्याण्ड

Elderly people come together for a pensioners’ afternoon with lunch and card games at Saint Andreas parish in Uster in the canton of Zurich, Switzerland, pictured on June 15, 2011. (KEYSTONE/Martin Ruetschi)
मुलुक जति सम्पन्न बनोस कुनै न कुनै चिन्ताले नछोड्ने रहेछ । जति सम्ब्रिद्द बनेपनि सबैका आफ्नै खाले भिन्न समस्या हुने रहेछन् । विश्वको धनी मुलुक, असाध्यै सुन्दर भनिने स्विजरल्याण्डमा जनतालाई खान, बस्न समस्या छैन । रोजगारीको अप्ठेरोपनि खासै छैन । जम्मा एक प्रतिशत छ, बेरोजगारहरुको दर । तर पनि अबको २९ वर्षपछिका लागि स्विसहरुमा चिन्ता बढेको छ । सडकमा पाका, युवायुवती, केटाकेटीहरु कम देखिने छन् । लौरो बोकेका, अस्पत्ताल धाउनेहरुको संख्या बढ्ने छ । ब्रिद्द भत्ताकालागि धाउनेहरुको संख्या धेरै बन्ने छ । किनभने सन् २०४५ देखि स्विजरल्याण्ड ब्रिद्दब्रिद्दाहरुको मुलुक बन्दै छ ।
स्विजरल्याण्डको तथ्यांक बिभागले सार्वजनिक गरेको छ एउटा रिपोर्ट । त्यो रिपोर्टले स्विसहरुलाई चिन्ता बनाएको छ । सजकपनि पारेको छ । बिभागको तथ्यांकले भन्छ – सन् २०४५ बाट स्विजरल्याण्डका सबैजसो प्रान्तमा ६५ वर्ष र त्यो भन्दा माथिका उमेर पुग्नेहरुको संख्या ३५ प्रतिशतबाटपनि बढ्ने छ ।
स्विजरल्याणको पुरी प्रान्तबाहेक अन्य सबैतिर सन् २०४५ सम्म जनसंख्या बढ्ने छ । स्विसहरुको उमेर बढेर धेरै पेन्सनमा पुग्ने छन् । अन्य प्रान्तबाट बसाई सर्ने वा बिदेशबाट स्विजरल्याण्ड भित्रिने छन् । यसलाई जनसंख्या ब्रिद्दिको कारण स्विस तथ्यांक बिभागले भनेको छ ।
अहिले स्विजरल्याण्डको जनसंख्या ८० लाख २० हजार छ । सन् २०४५ मा त्यो बढेर एक करोड १० लाख पुग्ने छ । पेनशन लिनेहरुको संख्या झण्डै सबै प्रान्तमा ५० प्रतिशतले बढ्ने छ । ग्रामिण क्षेत्रहरुमा पेन्शन लिनेको संख्या शहरी क्षेत्रको भन्दा बढि हुने छ । शहरी क्षेत्रमा बसाई सर्नेहरुको कारणले गर्दा ।
स्विसहरुमा चिन्ता बढ्नुको कारण के भने अब देशका ३५ प्रतिशतभन्दा बढि नागरिक ब्रिद्द हुने । ५० प्रतिशतले पेशन थाप्नेको संख्या बढ्ने । त्यो बेला काम गर्नेहरुको संख्या कम हुने छ । स्विजरल्याण्डको ब्यस्त जिवन, अति धेरै पारपाचुके, तनावमा काम गर्नुपर्ने अवस्थाले गर्दा विवाहितहरुलेपनि बच्चा जन्माउने क्रम घट्दो छ । दम्पत्त्तीहरुको पारपाचुके धेरै हुनाले वच्चा पाउने क्रम घटेको छ । ३५ प्रतिशत नागरिक ब्रिद्दब्रिद्दा हुने । बसाई सर्ने वा आप्रवाशीहरुको संख्या थपिँदै जाने । आफ्ना नागरिकले वालवच्चा नपाउने । यो समस्यालाई कसरि हल गर्ने भन्ने चिन्ता स्विसहरुमा थपिएको हो ।





