फोटोमा जिवजन्तु (१५ औं भाग)

bird-swimming

म्याण्डेरिन डक भनिने हाँस रसियाको एउटा तालमा पौडी खेल्दै । फोटो – युरी स्मित्युक

forest

बेलायतको सोमरसेटको वनमा सूर्योदय हुँदा रुखका टुप्पामा परेको घामको पहिलो किरण । फोटो – युरी स्मित्युक

bird-nest-in-a-car

बेलायतमा पार्किङ गरेर अलि लामो समयसम्म राखिरहेको गाडीमा गूँड बनाएर बसेको धोबिनी चरा (रोबिन) । फोटो- डान स्किनर

2344

जर्मनीको नोर्डनस्थित तियर पार्कमा पोथीले छोडेर (त्यागेर) हिँडेका फुल कोरल्न गूँडमा बसेका एक जोडी भाले गिद्द । फोटो- फ्रन्ज फ्रेइलिङ

eurasian-spoonbill

हंगेरीको पुस्तार्जेरमा चम्चाबजा चरा । फोटो- अत्तिला कोभाक

2500

इन्डियन ओसनमा फ्लाइङ फिस भन्ने माछा किनारबाट भाग्दा छोडेको पानीको पदचाप  । फोटो- विल रोस

BIRD-fighting

स्कटल्याण्डको  ब्रामेयरमा ब्ल्याक ग्राउज भन्ने चराका दुई भालेहरु लडाई गर्दै । फोटो- मार्क हाम्ब्लिन

coot

लण्डनको ह्याक्ने स्थित उडबेरी सिमसारमा कोरलिएका बचेरासँगै लिएर बाँकी फुल तताउन बसेको चिखा चरा  । फोटो- रब स्टोहार्ड

lizzard

बोलिभियामा फेला परेको लियोलायमुस समुदायको नयाँ प्रजातीको छेपारो ।  बैज्ञानिकहरुले अनुसन्धान गर्दा बोलिभियामा फेला परेको यो सातौं प्रजातीको जिव हो । फोटो- मिलेनियुस स्पानुइज

3600

अमेरिकाको इयुवास्थित ग्रे लेकमा आफ्ना बचेरालाई आहारा खुवाउँदै बाल्ड इगल (चिल) । फोटो- चार्ली नेइबेर्गाल

wolf

रसियाको ओर्लोभेस्की जिल्लास्थित रोस्टोभेस्की प्राक्रितिक आरक्षमा मान्छेले पाल्तु सरह बनाएको वा बहसमा पारेको (टेम्प्ट्ड)  ब्वाँसोले शिकार खोज्न जाँदा छोडेको पदचाप । फोटो- भालेरी मास्तिसिन

(सबै तस्विरहरुको स्रोत – द गार्डियन दैनिक)

तपाइँको प्रतिक्रिया