फोटोमा जिवजन्तु (१४ औं भाग)

1200

बेलायतस्थित एक तालमा पने पिउँदै गरेको उद । फोटो – मुरी सोन्डर्स

3847

बेलायतको एक पार्कमा तितु (रेड बिल्ड फायर फिन्च) चरा  । फोटो – फ्लोगाब्रियल

tortoise

ब्राजिलको रियो द जेनेरियोमा घाम तापिरहेका कछुवा  । फोटो – पेर्सियो ओगुस्तो मार्दिनी फारिया

bee eater

अष्ट्रेलियाको क्विन्स्ल्याण्डमा गाई चर्दा उडेका किरा समातौंला भनेर तारमा कुरेर बसेको मुलरी चरा। फोटो – रिचार्ड गिब्स

lizzard

बर्मुडाको देभोनसिर भन्ने ठाउँमा रुखको थम्बामा घाम ताप्दै गरेको छेपारो (जमैका आनोल)। फोटो – ब्रियन

966

रोकेर राखेको गाडीको ऐनामा आफ्नै तस्विर देखेर अर्कै चरा ठानी लड्न तयार बनेको चरा । फोटो – जेम्स च्यापमेन

tree

सेर्नोबी स्थित आणबिक भट्टी केन्द्र आसपासमा मानिसले बस्ति त्यागेपछि भत्केको घरभित्र उम्रेको रुख । फोटो -भास्ली फेडोसेन्को

bees and flower

न्युयोर्क शहरको रिभरसाईड उद्दान्हमा हिउँदे फूलमा रस खोज्दै माहुरी  । फोटो -माईक सेगार

weaver-bird

दक्षिण अफ्रिकाको जोहान्सवर्गमा ए उटा भाले तोप चराले गुँड बनाउँदै । भालेले पोथीलाई फकाउन सकेसम्म सुन्दर गुँड बनाउँछन् । पोथीहरुले सुन्दर गूँड बनाउने भाले अँगालेर त्यहि गुँडमा बच्चा कोरल्छन् । फोटो – चेरिस जेक

tusks

केन्याको नैरोबीमा १०५ टन हात्तीका दाह्राहरु जलाउने तयारि गरिँदै। चोर शिकारीहरुबाट बरामत गरिएका यि हात्तीका दाह्रा जलाउने केन्याको ईतिहाँसमै पहिलो हो ।  फोटो – टोनी कोरम्बा

monkey

बिचल्लीमा परेका जनवारलाई आरक्षण गरिने निकारागुवाको पार्कमा पिङ खेल्दै बाँदरको बच्चा ।  फोटो – इन्टी ओकोन

drinking crow

भारतको अहमदाबादमा गर्मी र खडेरीले गर्दा पानीको हाहाकार भएका बेला तिर्खाले आत्तिएको कागले धराको टुटीबाट पानी पिउँदै ।  यहाँ ३० लाख मानिसलाई खाने पानीको समस्या परेको थियो । फोटो – अजित सोलान्की

(सबै तस्विरको स्रोत- द गार्डियन दैनिक)

तपाइँको प्रतिक्रिया