सरकारी मेडियाले बन्देज गरेको एउटा राष्ट्रवादी गित

नेपाल के स्वतन्त्र, सार्वभौम छ भन्नु ? जाबो एउटा गीत त हाम्रो सरकारी मेडियाले बजाउन सक्दैन । हामी, हाम्रो सरकार के राष्ट्रवादी भन्नु ? हाम्रो राष्ट्रियताको पक्षमा गाएको गितपनि बजाउन बन्देज गर्छ । निजि केहि मेडियाले फाट्टफुट्ट बजाएपनि भारतीय दबाब र धम्की आउँछ । त्यहि धम्कीका भरमा सरकार डराउँछ । नेपालीले गाएको गितपनि भारतीयले बजाउ वा रोक भनेर निर्देशित गर्छ । त्यो लागू हुन्छ । कलाकार शिव मुखियाले गाएको त्यस्तै एउटा राष्ट्रवादी गित चेपुवामा पर्‍यो । धेरै नेपालीको पहुँचमा पुग्न सकेको छैन, मेडियाले बन्देज गरिदिएकाले । ‘सिमाना’ भन्ने उनको गित राष्ट्रियता, हाम्रो गुमेको भूमीमा केन्द्रित छ । त्यहि गितलाई भारतीय निर्देशन, दबाब र धम्कीका भरमा नेपाली सञ्चार माध्यममा बज्न रोक लगाइएको हो ।

शिव मुखियाले गितको शुरुमै प्रश्न सोधेका छन्, ‘हाम्रो सिमानालाई मिचेको हो की बेचेको हो ? पहिलो कुरा यो बुझ्नु छ, चक्रब्यु कसले रचेको हो ?’

तपाइँको प्रतिक्रिया