नेपाल सरकार लुम्बिनीको बारे अब यसो गरे कसो होला ?
- राजबरसिंह थापा, क्यालगरी क्यानाडा
जसको जुन कुरामा कमि कमजोरी छ तिनलाई त्यही कुरामा ज्यादा देखाउन पर्छ रे । जसको जुन कुरामा हैसिएत कम हुन्छ तिनलाई त्यही कुराको बारेमा ज्यादा प्रचार गर्नु पर्छ रे । यो मैले जानेको नेपाली कवि उपेन्द्र सुब्बाको विचारबाट हो । तर यसको ठिक उल्टो हामीसंग हुँदाहुँदै, छँदा छँदै , हामी त्यसको हकदार हुँदाहुँदै , गर्व गर्ने अधिकार हुँदाहुँदै, छँदै हामीले दिन, रात , देश , विदेश , छापा समाचार । सामाजिक संजाल सबै तिर सधै सारा देशभक्त नेपालीले रोएर, कराएर दाबी गर्नु परेको एउटा कुरा हो, गौतम बुद्ध जन्मेको स्थल लुम्बिनी ।
सारा संसार भरीका बुद्धिस्टहरुलाई प्रस्ट थाहा छ, सिद्धार्थ गौतमको जन्म आज नेपालमा रहेको लुम्बिनी मा भएको हो । यो कुरा त युनेस्कोले प्रस्ट रुपमा राखेको नै छ,गौतम बुद्ध को जन्म ६१२ बि ।सी। मा लुम्बिनी को बगैचा मा भएको हो भनेर ।
तर आजको दिनसम्मपनि भारतले हामी सामु गौतम बुद्धको जन्म लुम्बिनी भारतमा भएको भनेर नक्कली लुम्बिनी खडा गरेर हेप्दै आएको छ । यो बिल्कुल सिधा हेपाहा प्रवृति हो । झुटको खेति हो । कालो लाई सेतो भनेर अर्थ्याउने झुटको खेति । तत्कालिन समयमा त न भारत भन्ने देश थियो न त नेपाल । आज भन्दा २५०० वर्ष २८०० वर्ष अगाडी आजको जस्तो सिधा साध सिमा छुट्याइएको छुट्टा छुट्टै देशको कल्पना गर्नु सम्भब छैन । तर के चाही सहि सत्य हो भने आजको दिनमा प्रस्ट रुपमा गौतम बुद्ध जन्मेको स्थान लुम्बिनी हाम्रै देश नेपालमा छ ।
त्यसो हो भने त तत्कालिन समएमा अंग्रेजको मुक्ति पछि बनेका देश हरु पाकिस्थान , भारत् र बंगलादेशले एक अर्काको मुलुकमा परेका, आफ्नो धर्म अनुसार, आफ्नो रिति अनुसार आफ्ना जनताले रुचाएका, चाहेका स्थानहरुको आफु खुसि दाबी गर्न सक्छन ? गरेमा के तिनले पाउलान र ? हो हाम्रो हकमा पनि त्यही कुरा लागु हुन्छ ।
नेपाल सरकार अब एसो गरौ !!!
गरिब जनताले तिरेको करबाट कटाई कटाई बुद्ध सम्मेलनको नाममा दुनियाँभरका ठुला बडा लाई बोलाई करोडौ खर्च गरेर खुवाई पिलाई भासण चुट्नु भन्दा एसो गरे कसो होला ?
लुम्बिनीमा बन्न लागेको अन्तरास्ट्रिय एरपोर्टको नाम गौतम बुद्ध विमानस्थल तय नै भैसकेको छ । नेपाल एअरको अर्को भगिनी सस्था बनाऊ त्यस्मा । दुई वटा ठुला वाइड बडी जहाज किनौं या भाडामा लिउँ र जहाजको नाम लुम्बिनी एअर राखौ । तिनको गन्तब्य नै सिधा तेस्रो रास्ट्रबाट लुम्बिनी राखौ । बुद्ध धर्म प्रति आस्था रहनेहरुको बाहुल्य भएको देशमा हप्ताको ज्यादा उडान र बाकी सिधै युरोपबाट सिधा लुम्बिनीको उडान राखौ ।
जहाज को दुवै पट्टि ।। “तपाइको सहर बाट अब सिधै गौतम बुद्धको जन्मस्थल लुम्बिनी “भनेर ठुला ठुला अक्षरमा बिज्ञापन राखौ । चिन,कोरिया, जापान।श्रीलंका, कम्बोडिया ,थाईल्याण्ड को लागि अरु ज्यादा उडान राखौ । ति देशमा “अब तपाइको देश बाट गौतम बुद्ध को जन्मस्थल लुम्बिनी सिधा उडान मा ” भनेर प्रचार गरौ । लुम्बिनीमा निजि क्षेत्रलाई सक्दो सहयोग गरी बिसौ हजार यात्रु एकै दिन उत्रे नि आफ्नो हैसियत अनुसारको होटेलमा बस्न मिल्ने खालको होटेल निर्माणको लागि सहयोग गरौ ।
सरकारबाट लिखित रुपमा संसारको उत्कृस्ट समाचार सस्थाहरुमा सक्दो कम रकममा गौतम बुद्धको जन्मस्थल लुम्बिनी सम्म सिधै हवाई उडान सेवा भएको बिज्ञापन दिलाउँ । सबै सामाजिक संजाल हरुमा एसको बारेमा सबै नेपालीहरुले प्रचार प्रसार को आधि बेहेरी ल्याऊँ । लुम्बिनीमा सकेसम्म छिटो संसार कै ठुलो बुद्ध मुर्ति को स्थापना गरौ । काठमाडौँको अन्तरास्ट्रिय टर्मिनलको आगमन र प्रस्थानको बाटोमा सुनौलो ठुलो बुद्ध को मुर्ति स्थापना गरौ र ठुला ठुला शब्दमा लुम्बिनी बारे, काठमाडौँ बाट जाने आउने बारेको जानकारी स्पस्ट रुपमा राखौ । पोखराको मुटु मानिने ठाउँमा त्यस्तै खालको मुर्ति र लुम्बिनीको बारे जानकारी राखौ ताकी पोखरा पुग्ने ६० ७० % पर्यटक लुम्बिनी पुगुन ।
सगरमाथाको आधार शिविर र लुक्ला एरपोर्टमा त्यस्तै खालको बुद्धको मुर्ति र लुम्बिनी बारे जानकारी राखौ । देशको सबै चार तारे पाच तारे होटेलको आगमन द्वारमा सुनौलो बुद्ध मूर्ति र लुम्बिनीको बारे प्रस्ट जानकारी राख्नुपर्ने नियम बनाउने ताकी नेपाल भित्रिने सबै पर्यटकले लुम्बिनीबारे जानकरी पाउन सकुन ।
नेपालको सकेसम्म सबै रुपैयामा गौतम बुद्धको चित्र राखौ र नोटको एक छेउमा स्पस्ट रुपमा उनको जन्मस्थल को बारेमा जानकारी राखौ । संसार भर रहेका नेपाली दुतावासहरुमा छिटो भन्दा छिटो ठुलो कदको गौतम बुद्धको मुर्ति र लुम्बिनी बारे स्पस्ट रुपमा लेखि स्थापना गराऊँ ताकी त्यहाँ आउने सबैले थाहा पाउन र नेपाल लुम्बिनी घुम्न आउने जानकारीको लागि सानो स्पस्ट रुपमा लेखियको फ्लायर्स सबैलाई सिधा र सजिलो तवरबाट उपलब्ध गराउन सकियोस् । हरेक एम्बेसीको ढोका छेउमा यस्ता फ्ल्यायेर्स प्रचारको लागि टन्न राखौ जसले मन लाग्छ टिपेर पढ्नकालागि लान सकोस ।
राष्ट्रिय ध्वजा बाहक नेपाल एर मा ५१० मिनेटको गौतम बुद्धको जन्मस्थलको डकुमेट्री राखौ । यो कार्य देश भित्र उडने सबै साना ठुला बिमानलाई अनिबार्य गराऊँ । किनकि नेपाल आउने सबै पर्यटक लाई लुम्बिनी बारे थाहा नहुन सक्छ । अनि सारा संसारका मानिसलाई प्रस्ट रुपमा थाहा हुन्छ गौतम बुद्धको जन्मस्थल कता हो भनेर । त्यसपछि कसले भन्न सक्छ हाम्रो देशको पबित्र स्थल लुम्बिनी मुस्लिमहरुको पबित्र सहर मक्का मदिना जस्तै बन्न सक्दैन भनेर ।






