कसको आउला त बहुमत ?
संविधान सभाकाको मुल चुनावकालागि अहिले हुने चुनावमा जति सुकै दलहरु दर्ता होउन। मुल पार्टीहरु भनेका नेकपा माओवादी, नेकपा एमाले र नेपाली कांग्रेस नै हुन। त्यसपछि केही अर्थ सम्म राख्ने दल भने नेपाल मजदुर किसान पार्टी, मधेशी जनअधिकार फोरम र जनमोर्चा। यि बाहेक अन्य दलको संभवत खैरात देखिने छैन। मुख्य तिन दल मध्ये तिनै दलले आ आफ्नो प्रचन्ड बहुमत आउने दाबी त गरेका छन तर त्यो संभव देखिदैन। किनभने नेपालको सबै भन्दा पुरानो प्रजातान्त्रीक पार्टी नेपाली कांग्रेस सत्ता सन्चालनमा सधै असफल देखिएको छ। २०४६ पछि अधिकांश समय सत्ता चलाएको यो पार्टीले देशलाई झन अधोगतीतिर पुर्यायो। त्यसैले जनताले यहि पार्टीलाई बहुमत दिने अवस्था देखिदैन।
त्यसपछि थोरै धेरै सत्ता चाख्ने एमाले हो। उसलेपनि सरकारमा गएर कुनै अदभुत काम गरेर देखाउन सकेन जनताको लागि। नत उसले सफल प्रतिपक्षीकै भुमिका राम्ररी खेल्न सक्यो। बरु प्रतिगमन आधा सच्चियो भन्दै उ कहिले प्रतिगामी सरकारमा गएर प्रतिगमनलाइ मौलाउने मौका दियो त लोकेन्द्र बहादुर चन्द जस्ता दरबारिया तत्वलाई काखी च्यापेर सरकारमा लग्यो। नेताहरु कुटनितीक रातो पासपोर्ट काण्डमा मुछिने, भ्रष्ट चार गर्ने देखि पजेरो संस्क्रिति भित्र्याउन लागे। त्यसैले यो दललेपनि अधिकाश जनताको मन जित्ने सभावना क्षिणनै छ। अर्को रह्यो माओवादी। देशबाट राजतन्त्रलाई बिदाई गर्ने, देशको पुनर्संरचन गर्ने देखि बिभिन्न वर्ग र जनजातिको मुक्तिकालागि मुल कारक माओवादी हो। राज्य पूनर्संरचनाको मुख्य माग र राजतन्त्रलाई समाप्त गर्न मुख्य भूमिका खेलेको पार्टी भएकालेपनि लोकप्रियता कम्ति देखिदैन। तर पनि यो पार्टीलाई देशी बिदेशी पूजीवादी शक्ति, शामान्त र बिदेशीहरुको समर्थन छैन। चुनाव नारा र आदर्शले मात्रै जितिन्न। चुनावमा पैसा, शक्ति, जुक्ति, बिदेशी दबाब र चुनावी अनुभव धेरैले कारक भूमिका खेल्छ। त्यसैले त्यस्ता शक्ति र तत्वहरु माओवादीलाई हराउनमै सम्पूर्ण शक्ति लगाउँछ। अझ माओवादीलेनै जित्ने स्थितिमा त झन बरु चुनाव नै नभाँड्लान भन्न सकिन्न। हुन त माओवादीहरुपनि दुधले पखालेका छैनन। हिजो जनयुद्दकालमा माओवादीहरुले कतिपय फरक बिचारहरुलाई दबाएर राखेका थिए। आज ति स्वतन्त्र भएका छन। अन्य पार्टीका थुप्रै समर्थक र कार्यकर्ताहरु बिस्थापित भएका थिए। अहिले ति पूनर्स्थापित भएका छन। ति सजिलो अवस्थामा मुल पार्टीतिरै फर्किएका पनि छन। माओवादीहरु प्रति बिगतमा जति आकर्षण देखिएको थियो अहिले उनीहरुकै क्रियाकलापका कारण त्यो क्षयिकरण भइरहेको देखिन्छ पनि कतिपय क्षेत्रमा । उनीहरुका जबर्जस्ति, धाक धम्कि र कुटपिटले गर्दा स्थानिय मानिसहरु लाई “अहिल्यै त यसो गर्छन, यिनको सत्ता आयो भने त झन दुख दिन्छन” भन्ने पारिरहेको छ। र बिरोधीहरुलाई “देख्नु भयो कम्युनिष्टहरु भनेका कस्ता जबर्जस्त हुन्छन” भनेर उचाल्ने बाटो दिएको छ। त्यसो त जनयुद्दकालमा ग्रामीण क्षेत्रमा थुप्रैले चन्दा, बास, कुटपिट, धाकधम्कि, हत्या आदी पनि भोगेका थिए। अहिलेको खुला वातावरणमा तिनले मुख खोल्न थालेका छन। यिनैले गर्न हत्या हिसा खेप्नुपर्यो भन्ने हरुपनि छन। खासगरि माओवादीका स्थानिय स्तरका कार्यकर्ताहरुबाट माओवादीको त्यो साख गिराउन भूमिखा खेलेको छ। सबै भन्दा ठूलो कारण त वामपन्थीहरुको भोटनै हो। वामपन्थीहरुप्रति अधिकांश नेपालीको आस्था भएपनि उनीहरु फुट्नाले जनताको भोट बाँडिन्छ। नेकपा एमाले, माओवादी, जनमोर्चा, नेमकिपा, राष्ट्रिय जनमोर्चा, नेकपा माले आदि पार्टीहरुको भोट एकापसमै जुध्नु भनेको नेपाली कांग्रेस र अन्य दललाई फाइदा पुग्नु हो। त्यसैले कुनैपनि दलले बहुमत ल्याउने अवस्था देखिदैन।




