डेनमार्कको सडकमा घन्काए नेपालीले पञ्चे बाजा

नेपालमै पञ्चेबाजाको प्रचलन घट्दै गएका बेला युरोपमा भने यसको रहर, आकर्षण र चाख भने फैलिँदो छ । डेनमार्कको कोपहेगन शहरमा त्यहाँका नेपालीले पञ्चेबाजा घन्काएका छन् । पञ्चबाजा कोपनहेगन शहरको मूल सडकमै घन्काएर पञ्चेबाजाको तालमा न्रित्यपनि देखाएका छन् । आफ्नो भाषा, संस्क्रिति, भेषभुषा र नेपालको संस्क्रितिको एक महत्वपूर्ण पाटोलाई परदेशमा चिनाउन र आफ्ना सन्ततीहरुलाईपनि त्यसमा पारंगत बनाउन यसरि पञ्चेबाजा बजाएको आयोजकहरुको भनाई छ । आफ्नो भाषा, संस्क्तिति र पहिचानलाई संरक्षण र संवर्धन गर्न पहिलेदेखिनै लागिपरेका कोपनहेगन निवाशी पूर्ण बन्धनको संयोजकत्वमा भएको थियो ।  तर यो कार्यक्रम नेपाललाई सहयोग जुटाउनकालागि नेपालप्रेमी डेनिसहरुले गरेका थिए ।  बाजाको ब्यवस्था भने बाजा समूह डेनमार्कले गरिदिएको जानकारि समूहका मुक्तिराम चापागाईले दिएका छन् । बाजा समूह डेनमार्कमा २५ जना सदस्य छन् । तिनैले नेपाली बाजाको प्रचारप्रसार र संरक्षणमा मूल भूमिका खेल्छन् । सहयोग गर्छन् । यिनलाई सहयोग गर्ने अन्य कलाकारपनि छन् । यो बाजा समूह छिट्टै आधिकारिकरुपमा दर्ता हुने तरखरमा रहेको जानकारिपनि चापागाईले दिएका छन् । यस अघि पूर्ण बन्धनकै नेत्रित्वमा कोपनहेगनकै सडकमा देउसी र भैलोपनि खेलेर डेनिस नागरिकहरुलाई अचम्मित पारिएको थियो ।

तपाइँको प्रतिक्रिया