आमा रोमांचित हुँदै आऊ बेल्जियम !
-तारा कंडेल /बेल्जियम
” सुसार तिम्रो गर्न नै मैले पापी भै पाइन
गरौला भन्ने मनैमा थियो म त्यहाँ अाइन ”
झंझटिलो परदेशको बिबसताले म त्यहाँ मन भएर पनि नआएको कुरा सत्य हो आमा । देबकोटाले मुना मदनमा भनेको माथिको श्लोकले मलाई झस्काइ रहन्छ । म तिम्रो जिर्ण शरिरलाई कर्तब्यको न्यानो दिएर सम्हार्ने बेला हो यो । तरबाध्यता भनौ सन्तान प्रतिको अर्को कर्तब्य, मेरो पहिलो कर्तब्यको तगारो बनेकोले सन्तुलनको ब्यबधानमा अल्झिरहेकी छु । आमाको लामो बात्सल्यको स्वाद अटुट राख्न पुन बेल्जियममा आमन्त्रण गरेकी हुँ ।
अघिल्लो पटक आमासँग बेल्जियममा गफिँदै डुलेका क्षेणहरु पुन ताजा भएका छन । पेरिसको विश्व प्रसिध्द अइफल टावरको टुप्पोमा पुगेर संसार नियाल्दा तिम्रो चेहरामा खुशी थियो कि डर मैले भन्न सक्दिन तर तिम्रो चेहरामा आश्चर्यमिस्रित चमक तिम्ले नभने पनि मैले देखेकी थिएँ आमा । नातिनातिना सहित पेरिसका गल्लीहरु डुल्दा होस् वा हाम्रा प्रियजन् हरी सर र हरिहर बुवाको आतिथ्यले पारेको अमिट छाप तिम्रो फोनै पिच्छेको सोधाईबाटै प्रस्ट हुन्थ्यो । लक्षिमीदिदी- भिनाजुसँग जर्मन भ्रमण गर्दा कती खुशी भएकी थियौ त्यो त छुट्टीने बेलामा तिमीले बगाएको आसुँले नै बताएको थियो । त्यो बेला मैले भनेकै हुँँ आमा चाहन्छेउ भने म आउन नपाए पनि मैले तिमीलाई बोलाई रहने छु । तिम्लाईबोलाँउदाको झन्झटिलो प्रकियाले मलाई बिचलित बनाउने छैन । देखाउनको लागि हैन मैले आमालाई भेट्न र तिम्रो आँचलमा शिर राख्नको लागि बोलाउने छु ।
मलाई राम्रैसँग थाहा छ आमा , आमा भन्दा ठुलो संसारमा केही छैन । जसको आमा छैनन ति अभागीले संसारको जती बैभब प्राप्त गरे पनि मात्री बात्सल्यको परम शुख प्राप्त गर्न सक्दैनन । भनिन्छ, आमाको बात्सल्यले नै भाग्यलाईउज्यालो बनाउँछ । आमाको आशिसको अगाडि कुनै दु:खले झम्टिन सक्दैन । इतिहाँस साँची छ आमाकै आशिर्बादले सिकन्दर महान भए । अन्जनिकै आशिर्बादले हनुमानले ग्रहलाई सन्तुलनमा राख्दै काललाई पराजित गरेर आफ्नो बुवाकेसरीलाई पुनर्जिवित गराए । आमाकै नाममा लेखेको गोर्कीको उपन्यास विश्व बिख्यात हुन पुग्यो । आज दुनियाँमा आमा नपढ्ने पाठक बिरलै होलान । दुनियाँमा समुद्र भन्दा बिशाल र ब्र्हमाण्ड जस्तै अनन्त केही भाव छ भने त्यो आमाकोबात्सल्य हो ।
करुणा सागर मेरी आमा पनि पुन युरोप आउनको लागि आकासमा उडिररेकी होलिन अहिले । आज दुई हज्जार सोह्रको अप्रिल अठ्ठार तारिक । मेरो जन्म दिन भन्दा पनि महत्वपूर्ण दिन । जननीसँगको पुनर्मिलनको दिन । भावनाको योउचाइ नाप्ने यन्त्र त छैन तर दिउसोको दुई बजे मेरो जिउदै स्वर्ग दर्शन हुनेछ । आमाको आँखाले जहाजको झ्यालबाट के चाहीँ देख्ला र खै ? मन जती ‘मेरी छोरी‘को मन चित्र भित्र होला । जहाजको उडाइको बेग पनि आमाको लागिकछुवा घिस्राइ जस्तै होला । आउ आमा छिटो आउ तिम्री छोरी,ज्वाइ र नातिनातिना उत्सुकता पुर्वक घडीको सुइ हेरेर बसेका छन । मेरा साथीहरु संगिता, कबिता,गोपी, गीतादिदी र लक्षिमी दिदीहरु पनि तिम्रो मायाको लागि लालायितछन । मेरा प्रिय भाई प्रमानन्द, हरी र अंकलहरु मन सजाएर तिम्रो स्वागत गर्ने छन ।
अबको आठ घण्टा मेरो लागि साहित्यकार बिजय मल्लको अन्तिम भोज भन्दा महँगो र घनघस्याको उकालो भन्दा थकाइ लाग्ने पट्यारिलो जस्तो भएको छ । निद्राले आफ्नो नित्य प्रक्रिया र गतिलाई बिर्सेको छ । भावनामा आउने अन्यपरिवेस र परिस्थितिका काल्पनिक तरंगमा थोप्ले सारीमा सजिएकी मेरी आमाको तस्विर मुसुक्क हाँस्दै आइपुग्छ ।’आमा ‘मेरो तिर्थ ब्रत ,मेरो देबी देवता, मलाई रक्षानबाट उतारेर बिस्व भ्रमण गर्न हिम्मत र शिक्षा दिने, संसारले सम्मान गर्नेभेलेंटीना र पावेलको आमा जस्तै भावनाकी अत्यान्त पुजनीय र बहादुरिकी प्रतिमूर्ति।
आमासंग गफिएर रमाउदै पहिलो सिङ्गै रात बिताउने सोंच बनाएकी छु मनमनै । आजको रात मिलनको पहिलो रात, युरोपमा आमा छोरी एकै साथ संगै बिताएको अविस्मरणीय रात हुने छ, तर किन किन आमाँ आएपछि मेरो लागिबेल्जियम र नेपाल फरक लाग्ने छैन । मेरो मातृ भूमिको एकमुठी माटो मेरै बारीबाट उठाएर ल्याउन लगाएकी छु आमालाई । मेरी आमाँले ल्याएको जन्मभूमिको एकमुठी माटो पनि हुनेछ मसंग । ‘जहाँ मन चंगा त्यहीं पबित्र गङ्गा’ भनेझैं मेराचार धाम र स्वर्ग आमाँसंगै आउनेछन बेल्जियममा । तुफानी डायास्पोरिक जीवनको तनावलाई सान्त पार्न स्वयम्भूबाट परेवाको एक पंख र पसुपतिको अलिकति फुल पनि मगाएकी छु । मेरा स्वप्निल संसारलाई सधै मसंगै छिपाएर राख्ने छुआमाको स्मृतिलाई जीवन्त र सजीव बनाइ राख्न । तर दिनहरु …. उफ कति पट्यार लाग्दा र लामा… आमाँलाई पर्खंदा यति लामा दिनहरु सायद बिताए हुँला र यो भन्दा अगाडि !
मेरो बाल्यकालमा आमाँ मेला पातो गर्न जाँदा माटो र घरले मेरो संरक्षकत्व गरि रहेका हुन्थे भने मायाँ र मिना जस्ता साथीहरुले भावनात्मक साथित्वको स्पर्स गराई रहेका हुन्थे । यहाँ त सुन्दरीको सेतो रक्सीको प्याला भित्रको एकांकीप्रहशन भित्र खोक्रोपनको आभास मात्र ब्याप्त छ ।केवल भड्किला सन्तानको कर्के दृष्टि र बिना संस्कारको खोक्रो सभ्यतारुपी मिसायलले मन छियाछिया पारेको छ ।
मेरो चार धाम र बिपनाको स्वर्ग ‘आमाँको काख’मेरो छुटेको कोशेलीरुपी बात्सल्यता लिएर आमाँ आज आउदै छन् दोश्रो पटक । आमाँ कति खुशी होलिन आफ्नो वात्सल्य सन्तानकै शिरमा हात राखेर पोख्न पाउँदा । म भन्दा नजिककोरगत र कर्तव्यको निकटतम आमाँको अर्को नाता पनि त छैन । आमाँको म एक्लो सन्तान,बाबाले सानैबाट आमाँ र मलाई त्यागि दिनु भो । बाबुको स्नेह त म अभागिले कहाँ पाउनु र । ठुलो बाबा ,सानो बाबा, मामा र फुपुहरुबाट टाढै भएपनि आंसिक संरक्षक पाएँ । नत्र सबै मेरी आमाँ नै त हो । नाजुक आर्थिक अवस्था भएर नै त हो मैले फिस तिर्न नसकी पहिलो पटक टेष्ट परीक्षा दिन नपाएको ! आमाँको एक्लो आर्जनले हुर्कें ,बढें र आइए सम्म पढें,धन्य छन मेरी आमामेरो लागी ।
दुइ नाल भएकोले बुवाको पनि आफ्नो पिडा होला । बुवा हुनुहुन्छ,बस मेरोलागि उहाँ प्रतिको सम्मानमा कुनै कमि छैन । बुवा पनि मेरो लागि गुरु बन्नु भएको छ सचेतनाको लागि । जीवनका तिनै भोगाइले त म कठिन संघर्षबाट कहिल्यैनथाक्ने बिर भुषण भएकी छु, सँस्कार सहित बाँचेकि छु र सबैकी आशाकी आधार बनेकी छु अहिले । त्यसैले अतीतलाई जति पिडादाई भएपनि कहिल्यै पिडादाई भनेकी छैन मैले । मेरी आमाँको संघर्षले गर्दा आज मेरो जीवन सवल तनभनौ नराम्रो छैन।
आमाँ ,तिमि नै हौ त्यो प्रेरणाको श्रोत ,मैले पर्खेर बसेकी छु तिम्रो बेल्जियममा आत्मिक स्वागतको लागि । मेरो पनि त को छ र आखिर सर्वाङ्ग देखेर पढ्न सक्ने । त्यो एक मात्र तिमि नै त हौ । मेरो चार धाम ,स्वोर्ग, अथाह प्रेरणा रममताको खानि मेरो आमा । छिट्टो आऊ भन्न मन लागेर पनि सकिरहेकी छैन । उड्ने घण्टाहरु अझै बाँकी छन आमाका । मलाई एक घण्टा पनि बर्ष जस्तो लागि रहेको छ। अबका सात घण्टाहरु कसरी काटुँ ,मलाइ काल कोठरीमा यातनाभोगे झै गाह्रो भएको छ ।
मेरी हर तकलीफ में मुझसे ज्यादा दर्द पाती है माँ
वो भी क्या दिन थे जब अपने हाथो से खिलाती थी माँ
जब पास था तो बाहर जाने को ललचाता था माँ
अब महीनो तुझसे मिलने को तरस जाता हु माँ
यही भनाइ सम्झन्छु र कस्टलाई भुल्ने चेस्टा गर्छु ,नसंझौ भन्छु तर नाच्दै गाउदै तिम्रो तस्विर अगाडी आइ हाल्छ। भाइहरु र साथिहरुलाई फोन गर्छु ,समय कटाउन खोज्छु, तर के गर्नु चर्चमा बिहान बजेको घंटाले झैं लामो झंकार छोड्दैतिम्रो अनुहार ब्रसेल्स एअरपोर्ट भित्र छिरी सक्छ । मैले के गरूँ ! समय कट्दै कट्दैन । भेट घाट, यता उता र काममा समेत तिमि नै तिमि छौ,म त केवल शरीरलाई घिसारी रहेकी छु बलजफत । तिमीले मलाइ तरंगित बनाइदियौ आमाँरोमांचित हुँदै आऊ । केहि छैन, केही घण्टा यातना सरह कुरी बस्छु, मेरो अर्को बाटो पनि त छैन ।
मलाई नेपाल जाने बेलामा आमाँ भेट्न यति प्यास लागेको थिएन । अहिले अचम्मै भैरहेछ तिम्रो काखमा लुटपुटिएर रुने छु वा हास्ने छु त्यो त तिमी आएपछि आफैले थाहा पाउने छौ। मेरो कर्म क्षेत्रको पहिलो भेट मेरा लागि कस्तो रहला खैकल्पना गरेकी छैन आमाँ ।आकस्मिक भावनात्मक उतार चढाव पछी रमाइलो नै हुनेछ । आमाँ सपनाको झरीमा नुहाए झैं स्निग्ध बात्सल्यको बर्षाले नुहाएर अघिल्लो बर्ष झैँ यो पटक पनि पटक तृप्त हुने धोको छ ।
तपाइँको प्रतिक्रिया
सम्बन्धित
ताजा अपडेट्स
लोकप्रिय
फेसबुक