कस्ता फोटा खिचे जितिन्छ पुरस्कार ? यस्ता छन् यो वर्षका उत्क्रिष्ठ फोटा

नेपालमा वन्यजन्तु, प्रक्रितिमा केन्द्रित रकेर तस्विर खिच्ने ध्याउन्न, चाख र लगाव अझै देखिएको छैन । तर विकशित अन्य मुलुकमा, प्रक्रितिमा बढि रमाउने, रुचाईने मुलुकमा प्राक्रितिक फोटोहरुमै विशेषता हाँसिल गर्ने आकर्षण बढ्दो छ । त्यसको लागि तस्विरहरुको प्रतिस्पर्धापनि गराइन्छ । बेलायतमा जिवजन्तु संवन्धि भएको तस्विरहरुको प्रतिस्पर्धामा सन् २०१६ कालागि पुरस्कार जित्ने, उत्क्रिष्ठ ठहरिएका तस्विरहरु हेर्नुस् ।

2819

यो तस्विर उत्तरी वेल्समा खिचिएको हो । बस्ति वरिपरिको वन्यजन्तु र प्रक्रिति शिर्षकमा उत्क्रिष्ठ यो तस्विर रिचार्ड बोलरले खिचेका हुन् ।

5451

मेमल अन डोरस्टेप भन्ने शिर्षकमा उत्क्रिष्ठ भएको फोटो । पानीको बहावबाट उक्लिँदै गरेको अटर (जल न्याउरीमुसो) । तस्विर – पोल डिब्बेन

1200

मेमल्स इन् आवर ल्याण्डस्केप शिर्षकमा उत्क्रिष्ठ यो तस्विर मार्क स्टमेनले खिचेका हुन् ।

4418

मेमल्स इन् आवर ल्याण्डस्केप शिर्षकमा रनर अपका रुपमा बिजेता हो यो तस्विर । वस्तिमा बस्ने फ्याउरो आहारा खोज्दै धार्मिक स्थल चहार्दै गरेको अवस्थाको यो तस्विर रिचार्ड बोउलरले  खिचेका हुन् ।

782

मेमल्स इन् आवर ल्याण्डस्केप शिर्षकमा धेरैले प्रतिक्रिया जनाएको, रुचाएको दुई खरायोहरुको यो तस्विर मार्टिन क्लेले  खिचेका हुन् ।

3870

ब्रिफ इन्काउन्टर शिर्षकमा पहिलो पुरस्क्रित तस्विर ।  ठण्डा पानीभित्र पसेर आफ्नो भन्दा ठूलो टाउको भएको माछो समातेर खाँदै गरेको उद (अट्टर) को यो तस्विर पोल डिब्बनले खिचेका हुन् ।

4500

ब्रिफ इन्काउन्टर शिर्षकमा रनर अप तस्विर । एउटा फल खांदै छुचुन्द्रो  (ब्यान्क भोल) । फोटो- साराह डार्नेल

4800

योङ फोटोग्राफी (१५ वर्श देखि मुनीका) अन्तर्गत खेतमा खिचिएको उत्सुक खरायोको तस्विर । प्रथम बिजेता । फोटो -आलेक्स व्हाईट

5184

योङ फोटोग्राफी (१६ वर्ष देखि १८) अन्तर्गत वस्तिभित्र खिचिएको फ्याउरोको तस्विर । प्रथम बिजेता । फोटो -केली मोर

1895

गोधुलीका बेला दगुर्दै गरेको म्रिगको तस्विर प्रदर्शनीकालागि छनौटमा परेको । फोटो- डन रुस्टन

1890

हिमाली खरायोहरु हिउँमा रमाउँदै गरेको यो फोटो प्रदर्शनीकालागि छनौटमा परेको । फोटो- मार्टिन डेनी

2046

म्रिगहरुको यो तस्विर प्रदर्शनीमा छनौट । फोटो – ईमा सिमसन ।

सबै तस्विरको स्रोत- द गार्डियन डेली

तपाइँको प्रतिक्रिया