बेलायती राजकुमारको हात तानेर नचाउने को हुन् यि नेपाली किशोरी

Prince Harry is dragged to dance by two young girls during a visit to the village of Leorani in Nepal

Prince Harry is dragged to dance by two young girls during a visit to the village of Leorani in Nepal

बेलायती राजकुमार ह्यारी नेपाल छन् । एक साँझ उनले लमजुङ जिल्लाको गुरुङ समूदायसित खुब रमाएर बिताए । लमजुङको केउरेनी पुगेका बेला भूतपूर्व गोरखा सैनिकको घरमा बसे । त्यो साँझ ८६ वर्षिय मंगली तामाङको घरमा बसे ।

उनको स्वागत गर्न, गुरुङर तामाङ संस्क्रिति चखाउन सांस्क्रितिक पर्व आयोजना गरे । ह्यारी गुरुङहरुको न्रित्य, पहिरन र गीत सुनेर छक्क परेका थिए । हाँस्दै रमाएका थिए । न्रित्य गरेका बेला साना नानीहरु, किशोरीहरुपनि उत्रिए । ह्यारीले नाच हेरिरहेका बेला यि दुई किशोरीहरुले ह्यारीको हात समाते । ह्यारी लाज माने झैं गरे । दुई किशोरीले दुईतिर हात समातेर नाच्न आग्रह गरेपछि ह्यारी लाज माने झैं गरेर उठेका हुन् । नाचमा उत्रिएका हुन् ।

ति किशोरीले उनका दुबै हात समातेर नचाएपछि ह्यारी तिसितै फन्को मारे । उनी हल्लिएको देखेर सारा गाउँले मुर्छा परेर हाँसेका थिए । गाउँलेहरु हाँसेको देखेर राजकुमार ह्यारीपनि हाँसे । एउटा गितमा नाचेपछि ह्यारी आफ्नै ठाउँमा गएर बसे । अन्य गीतमा ताली बजाए ।

मंगली तामाङ पूर्व गोर्खा सैनिक गन्डु गुरुङकि पत्नी हुन् । गुरुङ पाँचौ गोर्खा राईफलमा संलग्न थिए । दोस्रो विश्वयुद्दमा बेलायती सेनाको तर्फबाट लडेका थिए । बेलायतको डेली मेलले जनाए अनुसार उनी त्यो बेला इटालीमा खटिएका थिए भन्ने विश्वास गरिएको छ । उनी त्यहिँ मारिएका हुन् ।

12794611_10205538609456195_5120462345261333500_n

त्यस साँझ उनले कुखुराको मासु, सब्जी, दाल र भात अन्य महिलाहरुसितै बसेर हातैले खाएका थिए ।

Prince Harry dancing with villagers in Leorani, Nepal

Prince Harry dancing with villagers in Leorani, Nepal

पछि राजकुमार ह्यारीले यिसित अँगालो हालेर तस्विर खिचाउन चाहे । त्यो बेला दुबै किशोरी लाजले मुख छोपेर हाँसे ।

फोटो स्रोत – गेटी इमेजेज

 

तपाइँको प्रतिक्रिया