नेपालप्लस प्रभाव : एन आर एन केन्द्रिय सचिव बिरुद्द मानव तस्करिको उजूरी, छानबिन समितिमा खोजबिन शुरु
यतिखेर बेल्जियममा त हल्लखल्ला छ नै । एन आर एन ए केन्द्रमा पनि भुइँचालो गए जस्तो भएको छ । त्यो हल्लीखल्ली नेपालप्लसले बिगतमा लेखेको समाचारले गराएको हो । मानव तस्करी गरेको भन्दै नेपालप्लसले लेखेको समाचार र अडियोलाई प्रमाणका रुपमा पेश गरेर एन आर एन ए केन्द्रिय सचिव अर्जुन कुमार श्रेष्ठमाथि उजूरी परेको हो । उनी बेल्जियममा बस्छन् । नेपालीलाई ठगेर, फकाएर मानव तस्करी गरेको भन्दै उनीमाथि छानबिन र कारवाहीको माग गरेर साउदी अरबका एन आर एन अभियानकर्ता धर्म केसीले लिखित उजूरी दिएका हुन् ।
नेपालप्लसको समाचार प्रभावले गर्दा एन आर एन केन्द्रिय सचिव अर्जुन कुमार श्रेष्ठका बिरुद्द लेखित उजूरी सउदी अरबका एन आर एन अभियानकर्ता धरम केसीले दिएका हुन् । उनले उजूरी दिएपछि एन आर एनमा छानबिन समिति गठन भएको छ । सन् २०१३ सेप्टेम्बर १४ देखि २२ सम्म बेल्जियमको गेन्ट शहरमा भएको १४५ फ्लेन्डर्स अन्तर्राष्ट्रिय ट्रेड फेयर (एसेन्टा) मा नेपालीहरूसित चर्को रकम लिएर अर्जुन श्रेष्ठले मानव तस्करी गरेको विषयमा नेपालप्लसले थुप्रै रिपोर्ट सार्वजनिक गरेको थियो । नेपालतर्फका लागि संयोजन गर्न अर्जुनकुमार श्रेष्ठको संयोजनमा एक समिति गठन भएको थियो। त्यसमा सहसंयोजक हरिकुमार थपलिया, स्टल ब्यवस्थापन थिए । सदस्य सचिव शालिक गौतम र सदस्यमा गंगाधर गौतम, शिव कुमार बरुवाल, युवराज गुरुङ, जानकी गुरुङ र प्रचार प्रसार संयोजक ओम शर्मा थिए। शर्मा अबैधानिक तरिकाले गठन गरिएको नेपाल पत्रकार महा संघ युरोपको हाल वरिष्ठ उपाध्यक्ष छन् ।
एन आर एन केन्द्रमा धरम केसीले दिएको निबेदनमा बेल्जियममा आयोजना गरिएको एसेन्टा मेलामा एन आर एनका पदाधिकारीबाट केही अनियमितता र अनैतिक कार्य भएको हुँदा सम्पूर्ण एन आर एन कर्मीलाई लज्जित बनाएकाले छनबिन गर्न अनुरोध गरेका छन् ।
छानबिन समितिको संयोजकमा अमेरिका निवासी डा अम्बिका अधिकारी छन् । अधिकारी एन आर एन केन्द्रको अनुशासन समितिका संयोजक हुन् । सदस्यहरुमा डा द्रोण रसाइली (क्यानडा), इन्द्रा वन (अस्ट्रेलिया), डम्बर घले (युके) र दिल गुरूङ (जर्मनी) छन् । अनुशासनमा यो उजूरीपरेपछि अनुशासन समितिले छानबिन शुरु गरेको नेपालप्लस स्रोतले बतायो ।
उजूरी दिनेका पक्ष र बिपक्षमा यतिखेर केन्द्रमापनि पक्ष र बिपक्ष देखिएको स्रोतले बतायो । अर्जुन श्रेष्ठ एमाले पार्टीका भएकाले एमाले निकट र उनले कार्यक्रम गर्न र अनेक तरिकाले आर्थिक सहयोग गरेकहरुले कारवाही गर्नु नहुने पक्ष लिएका छन् । त्यसैगरि खाडीमा बसेर नेपाली कामदारलाई झुटो आश्वासनमा ल्याउने, ठग्नेहरुलेपनि उजूरीको बिरोध गरेका छन् । तर स्वतन्त्र छबी बनाएकाहरु कारवाही गर्नुपर्ने अडानमा छन् । उजूरी कर्ता धरम केसीलाई फोनमा सम्पर्क गर्न खोज्दा नेपालप्लसको सम्पर्क हुन सकेन ।
तर एन आर एन एका एक केन्द्रिय सदस्यले धरम केसीले दिएको उजूरी नेपालप्लसलाई पठाए । उनका अनुसार यो विषयले एन आर एन ए केन्द्रमै हल्लीखल्ली मच्चाएको छ । केसीले छानबिनका लागि दिएको उजूरीमा अर्जुन श्रेष्ठले मानव तस्करीको विषयमा नेपालप्लसमा प्रकाशित समाचार , पिडितका भनाई र अडियोहरु प्रमाणका रुपमा बुझाएका छन् । उनले यसरि लिखित उजूरी दिएपछि एन आर एनलाई स्वच्छ संस्थाका रुपमा लैजान चाहनेहरुले अर्जुन श्रेष्ठमाथि कारवाही हुनुपर्ने माग गरेर अनुशासन समितिलाई सम्पर्क गर्ने गरेका छन् ।
‘श्रेष्ठले मानव तस्करी गरेको पुष्टि समाचार, तस्विर र पिडितका भनाईले गर्छ । अनुशासन समितिले कारवाही गर्छ की गर्दैन त्यो पर्खेर बसेका छौं । कुनैपनि कारवाही गरेन भने हामी अर्को कदम चाल्छौं’ नेपालप्लसलाई ति केन्द्रिय सदस्यले भने ।
उजूरीकर्तामाथि नै कारवाहीको माग
यता बेल्जियम देखि केन्द्रसम्म अर्जुन श्रेष्ठले एसेन्टा मेलामा मानव तस्करी गरेको विषय तातेपछि श्रेष्ठ धरमकेसीमाथि खनिएका छन् । एन आर एन ए केन्द्रमा उजूरी हालिदिएपछि आफ्नो बेइज्जति गर्न खोजेको भन्दै उनले धरम केसीमाथि नै कारवाही गर्नुपर्ने माग गरेका छन् । तर धरम केसीले भने एन आर एन ए अभियानकर्तामाथि थुप्रै मेडियाले मानव तस्करी गरेको हाकाहाकी आरोप लगाएकाले यसले समग्र एन आर एनकै बेइज्जति भएको हुँदा आफूले जायज माग राखेको दाबी गरेको थाह भएको छ ।
ब्यावशायी संघबाटपनि राजिनामाको माग
अर्जुन श्रेष्ठ नेपाली उध्योगी व्यवशायी संघ बेल्जियमका अध्यक्ष हुन् । त्यहाँपनि अर्जुन श्रेष्ठमाथि कारवाहीको माग भएको छ । कारवाहीको माग नगर्नेलेपनि उनले मानव तस्करी गरेको विषयमा छानबिन गर्नुपर्ने माग गरेका छन् । यो व्यवशायी समितिका उपाध्यक्ष क्रिष्ण रेग्मीले मानव तस्करीको आरोप लागेको हुँदा अर्जुन श्रेष्लेठ राजिनामा दिनुपर्छ भन्ने माग सामाजिक सञ्जालमा लेखेरै राखेका छन् । उनले मेडियाहरुमा सप्रमाण अध्यक्षले मानव तस्करी गरेको रिपोर्टहरु आएकाले तत्कालै राजिनामा दिएर छाबिनका लागि वातावरण सहज बनाउन आग्रह गरेका हुन् । तर अर्जुन श्रेष्ठले भने ‘म छिटै यो विषयमा आउँछु” भन्दै टारेका छन् ।
दूतावासलेपनि छानबिन गर्दै
एसेन्टा मेलामा नेपालीलाई झुक्क्याएर, चर्को दाम असुलेर मानव तस्करी गरेको भन्दै बेल्जियमको नेपाली दूतावासमापनि उजूरी परेको छ । त्यहाँपनि एसेन्टा मेला आयोजना गर्दा मानव तस्करी गरेकाले नेपालको बेइज्जत गरेको, नेपाल र नेपालीको प्रतिष्ठामा आघात पुर्याएको भन्दै ब्रसेल्स स्थित नेपाली दूतावासमा उजूरी परेको हो । उजूरीपछि नेपाली दुताबास बेल्जियमले एसेण्टा मेलाका संयोजक अर्जुन कुमार श्रेस्ठलाइ पत्राचार गरिसकेको छ । दूतावासका उपनियोग प्रमुख घनश्याम भण्डारीले सम्पूर्ण आर्थिक विवरण प्रस्तुत गर्न भन्दै बाहिर मेडियामा आएका रिपोर्ट सुनिएका आरोपबारे मानब तस्कर सम्बन्धि कुराको स्पस्टिकरणका लागि पत्राचार गरेका हुन् ।
एन आर एन बेल्जियमलेपनि छनबिन गर्ने
एन आर एन ए युरोपका संजक रहेका बेला नेपालको तर्फबाट एसेन्टा भनिने अन्तर्राष्ट्रिय ब्यापारिक मेलाका संयोजक रहेका अर्जुन कुमार श्रेष्ठमाथि एन आर एन बेल्जियमलेपनि छानबिन गर्ने भएको छ । एन आर एन बेल्जियमले त्यो मानव तस्करीको छानबिन गर्न समितिनै बनाएको छ । समितिमा जानकी गुरुङ, प्रेम गुरुङ, भिम जोशी, एन और एन बेल्जियम उपाधक्ष्य पदम गुरुङ, माहासचिव लोक दाहाल छन् ।
एसेन्टा मेलाका मानव तस्करीबारे पहिले प्रकाशित रिपोर्टहरु हेर्नुस्
एसेन्टा मेलामा गरिएको मानव तस्करीको थप भण्डाफोर (अडियो सहित)
एसेन्टा मेलामा दुतावासलाई मुछ्ने झुठको फेरि पर्दाफास
भाषण सुन्ने भन्दा भाषण ठोक्ने धेरै, संयोजकमाथि मानव तस्करको आरोप
एन आर एन केन्द्रिय नेतासित संयोजकले मागे हारगुहार
एन आर एन युरोपेली भेलमा नेपालप्लसको बिरोध गर्नासात समर्थनमा चर्काचर्की





