युरोपको पूँजीवादी देशमा नेपालको जनयुद्द दिवश ?
बेल्जियम युरोपको पूँजिवादी देश । युरोपका अधिकांश मुलुक पूँजिवादी । बेल्जियमको ब्रसेल्स युरोपेली परिषदको राजधानी, केन्द्र । यहि देशमा कति छन् र नेपाली ? त्यस मध्येपनि नेपालमा भएको माओवादी जनयुद्द दिवश ? अचम्म लाग्छ नी ! तर बकाईदासित हल लिएर, माओ, लेनिन, स्तालिन सहितका नेताको पोस्टर टाँगेर नेपालीले मनाए जनयुद्द दिवश । अनि गरे चर्को बहस । नेपालमा जनयुद्द किन ? के भयो ? के पायो ? के रहे कमजोरी ? उपलब्धी शुन्य भो की केहि रह्यो ?
नेपालीजनप्रगतिशील मोर्चा, युरोप र नेपाली जनजाति सरोकार मंच , युरोपको आयोजनामा वेल्जियमको एन्टवेर्पन शहरमा जनयुद्ध दिवस मनाइयो । नेपालमा सामन्तवाद , विस्तारवाद र साम्राज्यवादको अन्त्य गर्दै नेपाली जनताको नयां जनवादी व्यवस्था स्थापनाको उदेश्यसहित १ फेवुरअरी १९९६ वाट जनयुद्ध शरु भएको थियो । रणनैतिक प्रत्याक्रमणमा प्रवेश गरिसकेको जनयुद्धले प्रचण्ड वावुरामको आत्मसमर्पणवादी चरित्रका कारण गम्भिर धक्का खान परयो ।
वर्तमान परिवेशमा नेपाली जनता अर्धसामन्ती र नोकरशाही दलाल पजीवादी उत्पिडनमा रहेकाले नयां जनवादी क्रान्तिले मात्र उनीहरुको मुक्ति सम्भव छ भन्ने वुझाइ सहित मोर्चाले जनयुद्ध दिवस मनाएको हो ।
नेपाली जनजाती सरोकार मंच , युरोपका संयोजक राम वहादुर गुरुङ्गको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली जनप्रगतिशील मोर्चा युरोपका संयोजक विष्णु भुजेलले वर्तमान नेपालको राजनैतिक अवस्था, मोर्चाले नेपाली जनताको आन्दोलनमा गरेको ऐक्यवद्धता र अव गर्नु पर्ने भूमिकाकोवारेमा चर्चा गर्नु भएको थियो ।
नेपाली जनजाती सरोकार मञच वेल्जियमका अध्यक्ष वदन योङ्गहाङ्गले सञचालन गर्नुभएको उक्त कार्यक्रममा नेपाली जनप्रगतिशील मोर्चा वेल्जियमका अध्यक्ष प्रेम पाठक लगायत ले मन्तव्य राख्नु भएको थियो ।कार्यक्रम संगठनको आन्तरिक सदस्यहरुका बीचमा मात्र आयोजना गरिएको थियो / महान शहिदहरुको सम्मानमा एक मिनेट मौन धारण गरेर शुरु गरिएको उक्त कार्यक्रममा संगठनका सल्लाहकार माकुना राइले स्वागत मंत्वब्य राख्नु भएको थियो ।












