यो वर्षको विश्वप्रसिद्द हिमाली दौड मुस्ताङमा

12313813_757866870985673_7900962938825510120_n

माउन्टेन रेस अर्थात् हिमालका कन्दरा, काखमा रहेका गोरेटामा दगुरेर प्रसिद्दि कमाउने खेल । यो साहसिक खेल नेपालमा उति हुने गर्दैन जति बिदेशमा हुन्छ । युरोप र अमेरिकातिर यो अति प्रसिद्द छ । विश्वकै सर्बोच्च अग्ला हिमाल भएर पनि नेपालमा उति प्रसिद्द हुन नसकेको यो खेल बिस्तारै नेपालमापनि प्रसिद्द हुन खोज्दै छ । यो वर्षको हिमाली दौड मुस्ताङमा हुँदै छ । यस्तो दौड कहिले मनास्लु, कहिले मुस्ताङ त कहिले अर्को क्षेत्र छानेर आयोजना गर्ने गरिएको छ ।

12227656_755824714523222_4990556920070210548_n

हिउँमा खेल्न रमाउने, हिमालसित आकर्षित हुने, साहशिक यात्रा गर्न, चुनौतिमा रमाउन चाहनेहरुले यो सन् २०१६ को माउन्टेन रेस नेपालमा आयोजना गर्दै छन् । मुस्ताङमा दगुरिने यो खेल अप्रिलको १६ बाट शुरु हुने छ । कागबेनीदेखि शुरु गरेर खेल प्रेमीहरु मुस्ताङको लोमानथाङको कान्चोक लिङसम्म पुग्ने छन् । कागबेनीबाट अप्रिल १६ मा शुरु गरेपछि अप्रिल २३ मा यो रेस सकिन्छ । २९०० मिटरबाट शुरु गरेपछि ४३०० मिटर उचाईसम्म पुगेपछि दौडकर्ताहरु फर्किन्छन् । यो उचाई भनेको युरोपकै सबैभन्दा अग्लो हिमाल मो ब्लँको भन्दापनि बढि हो ।

यो रेसलाई आयोजकहरुले मुस्ताङ ट्रायल रेसका नाममा आयोजना गर्दै आएका छन् । यस पटकको मुस्ताङ रेसको कूल दूरी १५५ किलोमिटर हो । यो यात्रा विश्वकै कठिन मध्ये एक पर्छ ।

12274370_755309377908089_1472946198905902461_n

धौलागिरी र अन्नपूर्ण जस्ता विश्वकै उच्च हिमालहरुलाई पछाडी पारेर दौडकर्ताहरु मुस्ताङको लोमान्थाङभन्दापनि माथिसम्म पुग्छन् । पश्चिमेलीहरुकालागि सधैं रहस्यमय क्षेत्रका रुपमा रहेको मुस्ताङ सन् १९९२ बाट मात्रै बिदेशीकालागि खुला गरिएको थियो । अहिलेपनि मुस्ताङको जनजिवन, भौगोलिक बनावट, संस्क्रिति पश्चिमेलीकालागि रहस्यमयनै रहेको छ ।

12243039_1193294494021286_5333387298347365886_n

यो मुस्ताङ ट्रायल रेस पहिलो पटक सन् २०१३ मा आयोजन अगरिएको थियो । त्यसपछि हरेक वर्ष हुँदै आएको छ । यसमा सहभागिहरुको संलग्नतापनि बढ्दो छ । विश्वका प्रसिद्द मेडियाहरु नेशनल ज्योग्राफिक, ल गार्डिएन र अन्यले प्रचार र चासो राख्दै आएका छन् । विश्व प्रसिद्द धावकहरुपनि यसमा सहभागि हुँदै आएका छन् ।

माउन्टेन रेस गर्ने चलन र आकर्षण पछिल्लो वर्षमा बढ्दै गएकाले नेपालमा यसलाई विकास गर्न सकिने प्रचुर संभावना छ ।

(तस्विरहरु ट्रायल रेसको साईटबाट लिएको हो)

तपाइँको प्रतिक्रिया