स्विजरल्याण्डमापनि माछापुच्छ्रे र धौलागिरी
हाम्रा माछापुच्छ्रे र धौलागिरी हिमाल स्विजरल्याण्डमापनि छन् । नेपाल घुम्ने स्विसहरुको मन् मनमा त छँदै छन् । तिनले खिचेका तस्विरपनि घर, कार्यालय, बिस्तारा माथि र अनेक ठाउँमा त झुण्डिएकै छन् । तर हाम्रै माछापुच्छ्रे र हामी नेपालीकै धौलागिरी नाम अहिले स्विजरल्याण्डमा प्रसिद्द हुँदै छन् । यो कुनै सरकारी तवरबाट नामाकरण गरिएको त हैन नै ।
स्विजरल्याण्डको सेन्ट मेरिज क्षेत्र हिमाली भेग हो । यहाँ धेरै चुचुरा छन् । जाडोयाममा हिउँले ढाकिँदा यो क्षेत्र अन्टार्कटिक महादेश जस्तो हिउँनै हिउँको राज्य जस्तो लाग्छ । हो त्यहि हिमाली क्षेत्रमा बस्थे नेपाललाइ कर्मथलो बनाएका भौगोलिकबेत्ता, इतिहासकार, समाजशास्त्री टोनी हेगन । त्यहि क्षेत्रमा पर्छ तस्विरमा देखिएको हिमाल । हेर्दा यो हाम्रो धौलागिरी हिमाल जस्तो देखिन्छ । हाम्रो धौलागिरी भन्दा निकै होचो भएपनि यो हेर्दा हाम्रो धौलागिरी जस्तो छ । त्यसैले टोनी हेगनले यसको नाम स्विस धौलागिरी राखेका थिए । उनी यो नाम आफ्ना इष्ट्रमित्र र अन्य स्विस नागरिकहरुलाई सुनाउने गरेको उनैकी छोरी मोनिका हेगनले बताईन् ।
यो अर्को चाहिँ हाम्रो माछापुच्छ्रे जस्तै छ । साँच्चै झट्ट हेर्दा त यो हिउँ पग्लिएर नांगिएको हाम्रो माछापुच्छ्रे जस्तै देखिन्छपनि । यसको टुप्पो जुन पूर्वतिर फर्किएको छ, हाम्रो माछापुच्छ्रेको माछाको पुच्छर जस्तै छ ।
स्विजरल्याण्डको मिदी क्षेत्रमा पर्छ यो । यसलाई माछापुच्छ्रे भनेर प्रचार गरेको चाहिँ नेपालमा अनुसन्धान गरेका, पुस्तक लेखेका पाथ्रिक जनेनले हो । उनी यसलाई माछापुच्छ्रे भनेर नाम दिँदै छन् सामाजिक सञ्जालमा । जे होस् यिनले नेपालकै नामलाई यता लोकप्रिय गराउँछन् । स्विस नागरिकबिच नेपाल अझै चिनिन्छ । नेपाललाई फाइदानै हुन्छ । र के थाह न कुनै दिन यि दुई हिमालको नाम स्विस माछापुच्छ्रे र स्विस धौलागिरीनै पो राखिन्छन् की अधिकारिक रुपमै । र यि दुई हिमाललाई हाम्रा हिमालसित मित लगाइदिने दिन पो आउँछ की !
तपाइँको प्रतिक्रिया
सम्बन्धित
ताजा अपडेट्स
लोकप्रिय
फेसबुक







