नेपालमा भूकम्पपछिको अवस्था – मोर्चा र वर्कर्स पार्टीको बेल्जियममा संयुक्त कार्यक्रम
- प्रेम पाठक / बेल्जियम
बेल्जियममा सधैं नेपालीका कार्यक्रम सुनिन्छन् । कलाकार आएको । नाचगान गरेको । चौरमा गएर मासु पोलेर खाएको । तिज र जनै पूर्णीमामा सम्म मनाएको । बौद्दिक, नेपालबारे बिदेशीलाई जानकारि दिने । नेपालको अवस्थाबारे सिकाउने । बेल्जियमका नागरिकसित नेपाली समाजलाई घुलमिल गराउने कार्यक्रम सुनिँदैनन् । तर यो पटक नेपाली जनप्रगतिशिल मोर्चाले बेल्जिक नागरिकलाईनै लक्षित गरेर गज्जबको कार्यक्रम गर्यो । नेपाली परिकार खुवाएर नेपालको सांस्क्रितिक पाटोको एक भागलाईपनि पहिचान गराउने । गएको आइतवार बेल्जियममा रहेको नेपाली जनप्रगतिशिल मोर्चाले त्यहाँको वर्कर्स पार्टीसित मिलेर नेपालमा भूकम्प गएपछि र हालको अवस्था के छ भन्ने बारेमा छलफल गराउने, डकुमेन्ट्री देखाएर बेल्जिक नागरिकलाई नेपालको पछिल्लो अवस्थाबारे जानकारि गराएको छ ।
नेपालमा भुकम्प गयो । यो बिपत्तीले ठुलो बिनास गर्यो । घरबार सत्यानाश पार्यो । गयो । जनधनको क्षति कति भयो कति । बिपत परेकाले राज्यको मुख ताके । राज्य हाँक्नेले धनको देखाए। धेरैले परोपकारी मन देखाए । तर बिपत्तीका बेला मौका छोप्नेपनि भए । त्यसैको नाममा कति त धन जोड्ने कुकर्ममा लागे । कोहि त अझै त्यहि फाइदा उठाउँदै छन् । सत्ताको दाउ लगाउँदै छन् भने कोहि सत्ता दुरुपयोग गर्दै चीनतिर घुम्न गएका छन् । प्रदेशीले सात समुद्र पारीबाट यो सबै देख्छ । ह्रिदय पोल्छ । मुटु अमिलो बन्छ। मनभित्र पिर मान्यो । बस्यो ।
तैपनि प्रदेशमै किन नहोस् बसाई । तत्काल धेरैले धेरै काम गरे जे सके । सहयोग गर्ने जुन माध्यम फेला पारे । नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियमले भने तिनै पिडितको लागि यथासक्य अर्थ संकलन गरि क्षती भएकै क्षेत्रमा अति आवश्यक खाद्यन्न लगायतका सामान लगेर राहत दियो । झन्डै आठ लाख बराबरको नेकपा माओवादीको संयोजनमा बितरण गरिएको थियो त्यो बेला । त्यहि बेला केहि थप सहयोग गर्ने प्रतिबद्दताका साथ बेल्जियमका नागरिकलाइ नेपालको पिडा बोध गराउने र यसको लागि नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियम र वर्कर्स पार्टीको संयोजनमा सशुल्क खाना खुवाउने । नेपालको अवस्था ज्ञात गराउने निर्णय भएको थियो । सोहि अनुसार १३ डिसेम्बरका दिन करिब ६० जना बेल्जिक नागरिक अनि २० जना नेपालीहरुबिच नेपालको भुकम्प अघि र पछिको अवस्थाको बारेमा जानकारि गराइयो । त्यो डकुमेन्ट्रीका आधारमा बेल्जिक नागरिक द्वारानै अवगत गराउने काम गरियो ।
नेपाली चिया, समोसा,चटनीको ब्यवस्था गरेर नेपाली परिकार चिनाउने कामपनि भयो । कार्यक्रमको औपचारिक समाप्ति पछि नेपाली खाना खुवाइयो । पिरो कम, चिल्लो नाम मात्रैको, मन्द मसलाको बेल्जिक स्वादमा बनाइएकाले नेपाली खानाको प्रशंसा गरे ।
डकुमेन्ट्री कार्यक्रम स्थानीय वर्कर्स पार्टीका नेता लुडो केर्समाकरले चलाएका थिए । डकुमेन्ट्रीको प्राबिधिक तयारि चिन्तालले तयार पारेका थिए । उनि भारतीय मूलका हुन् । स्थानीय बसाइको अवस्था र भोगाइको बारेमा सयुक्त किराँत समाजकी अध्यक्ष मुना राइले अन्तर्वार्ताको रुपमा व्याख्या गरिन् ।
भुकम्पको दर्दनाक पीडाको बारेमा बेल्जिक नागरिकले लेखेको लेख मोर्चाकी सचिव सुशिला पराजुलीले पढेर सुनाईन् ।
मुख्यगरी बेल्जिक नागरिकलाई लक्ष्य गरि आयोजना गरिएको कार्यक्रम भएकोले बेल्जियममा रहेका थुप्रै संगठन बीचबाट नेपालीमुलका बैचारीक संगठन र एन आर एन का अध्यक्षहरुलाई मात्र बेल्जिक नागरिक सरह खाना खान निमन्त्रणा गरिएको थियो । प्रत्यक्ष रुपमा हेर्दा आर्थिक पक्षबाट त्यति फाइदा नदेखिएजस्तो देखिएपनि दिर्घकालिन रुपमा यो कार्यक्रमले मोर्चा र वर्कर्स पार्टीको बिचमा राम्रो र बलियो सहकार्य रहेको कुरा थप पुस्टि गरेको छ । स्मरण रहोस, नेपालको तत्कालिन जनयुद्ध कालमा बेल्जियमबाट नेपाललाई हतियार बेच्ने कार्यको बिरुद्धमा तत्कालिन नेपाली जन प्रगतिशील मंच र वर्कस पार्टीले गरेको बिरोधको आधारमा हतियार पठाउन रोकिएको थियो ।















