नेपालकै झण्डा नचिन्ने सह सचिव अन्तर्राष्ट्रिय सम्मेलनमा ?
गएको २९ नोभेम्बरदेखि फ्रान्सको राजधानी पेरिसमा जलवायू परिवर्तन संवन्धि अन्तर्राष्ट्रिय सम्मेलन चलिरहेको छ । विश्वभरिबाट बिज्ञ, विशेषज्ञ, निति निर्माता, सरकारी अधिकारी, सरोकारवाला, राष्ट्राध्यक्ष, सञ्चारकर्मीहरु आएका छन् । यसलाई कसरि प्रभावकारी बनाउने भन्ने ध्याउन्न छ । तर नेपालबाट भने यस्तासम्म सरकारी अधिकारीहरु आएका छन् जसले सायद नेपालको झण्डानै चिन्दैनन् । कि त बिदेशी झण्डाको मोह गर्छन् र आफ्नै राष्ट्रिय झण्डाको अपहेलना गर्छन् । कूटनितिक मर्यादा पालना गर्दैनन् । नेपालबाट राष्ट्रिय योजना आयोगका बिज्ञ सहसचिव गोपी मैनालीले यो विश्व सम्मेलेनमा नेपालकै बेइज्जत हुने काम गरेका छन् ।
विश्व सम्मेलनमा अन्य कुनैपनि देशका नागरिक, सहभागि, निति निर्माताले बिदेशी झण्डामुनी तस्विर खिचाएर सामाजिक सञ्जालमा सार्वजनिक गरेको देखिएको छैन । तर हाम्रो देशले वातावरण, जलवायूको क्षेत्रमा नेपालको तर्फबाट गतिलो प्रस्तुति गर्न भनेर खर्च हाली हाली पठाएका यि मैनालीले भने तुर्किमिनिस्तानको झण्डामा उभिएर खिचेको तस्विर सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको तस्विरमा नेपालबाटै आएका पत्रकारहरुले यो गलत भयो भनेर टिप्पणी गर्दा बरु ति प्रतिक्रियाहरु हटाउने गरेका छन् । तर न तस्विर हटाएकाछन् नत गल्ति स्विकारनै गरेका छन् ।
उनीराष्ट्रिय योजना आयोगका बिज्ञ सहसचिव हुन् । उनले नेपालको प्रतिनिधित्व गर्छन् । त्यसो त उनी कूटनितिक भूमिका र जिम्मेवारीमा आएका हुन् । तर उनको भूमिका विश्व सम्मेलनमा असाध्यै फितलो, गैह्र जिम्मेवार र कूटनितिक आचरण बिरुद्द भएको उनैले आफ्नो फेसबूकमा राखेको तस्विरले पुष्टि गर्छ ।
उनले खिचेको यहि तस्विरको अलि पर नेपालको झण्डापनि थियो । तर उनले आफ्नै देशको झण्डामुनी खिचेको तस्विर नराखेर किन बिदेशी मूलुकको झण्डासहितको तस्विर राखे ? उनले यो प्रश्नको जवाफ दिनुपर्छ । यो घटनाले नेपालको प्रतिनिधित्व गर्नेहरुलाई न्युनतम कूटनितिक मर्याकोपनि हेक्का नराखेको, पालना नगरेको बुझिन्छ ।






