अमेरिकामापनि नर्सहरु त अपहेलित
विश्वभरि लैंगिक स्वतन्त्रता र अनेक अनेक नियम बनाएर लाद्न खोज्ने देश हो अमेरिका । तर आफ्नो देशको हालत भने उसले ख्याल गर्दैन सायद । धनी, सेवा र सुबिधा राम्रो, महिलाहरुलाई स्वतन्त्रता र बराबरी हक अधिकार भन्ने देशपनि अमेरिकानै हो । तर अध्ययनहरुले के स्पष्ठ पारेका छन् भने अमेरिकामा काम गर्ने नर्सहरुलाई उहि काम गर्ने पुरुषलाई भन्दा कम तलब दिने गरिएको छ ।
अमेरिकामा दश जना नर्समध्ये नौ जना महिला छन् । तर तिनको तलब भने पुरुषको भन्दा कम छ । अनि पुरुषहरु तलब बढिरहँदा महिला नर्सको तलब भने गत २५ वर्षदेखि स्थिर छ, बढेको छैन ।
रोयटर्स न्युज एजेन्सीले गत मार्च महिनामा प्रकाशित गरेको रिपोर्ट अनुसार अनुभव, बैवाहिक स्थिति, शिक्षाको अन्तर, प्रयोगशालामा विशिष्टिक्रण, काम गर्ने अवधि लगायत सबै हेरेर तलब दिँदापनि पुरुष नर्स र महिलामा कम्तिमा करिब पाँच हजार डलरको अन्तर छ, अमेरिकामा ।
अमेरिकामा महिलाहरुकोले प्रभुत्व जमाएको क्षेत्रनै नर्सिङ हो । यो पेशामा पुरुष भन्दा जहाँपनि महिलाको संख्या धेरै छ । त्यसैले यदि महिला र पुरुषको तलब समान हुन्थ्यो भने यसैमा हुन्थ्यो । तर छैन । यसले के देखाउँछ भने अमेरिकामा अन्य पेशमा झन महिलाको तलब पुरुषसरह छँदै छैन ।
सन् १९८८ देखि सन् २००८ सम्मका तथ्यांकहरुको अध्ययन र ८८ हजार नर्सहरुले सहभागिता जनाको अर्को रिपोर्ट अनुसार यो तथ्य फेला परेको हो । हरेक वर्षको तथ्यांकलेपनि के देखायो भने महिला नर्सहरुको तलब बढेको वा पुरुषको तुलनामा समानतातिर बढ्न लागेको देखाएन । पुरुष नर्सहरुले तलब महिलाको भन्दा बढि लिने गरिरहेकै छन् । नयाँलाईपनि यदि पुरुष हो भने बढि दिने गरिएको छ ।
हरेक वर्ष यो पेशामा छिर्ने मध्ये पुरुषहरुलेनै बढि तलब पाउँछन् । अध्ययन गरिएको एक तथ्यांकले महिला र पुरुष नर्सबिच वार्षिक १०,२४३ देखि ११,३०६ डलर र अर्को तथ्यांकले ९,१६३ देखि ९९६३ डलर फरक रहेको देखाएको छ ।






