टर्कीले खसालिदियो रसियाको युद्दक बिमान (भिडियो)

1028079653

टर्कीले रसियाको युद्दक विमान ध्वस्त पारिदिएको छ । रसियाली विमान सिरियाको युद्दग्रस्त क्षेत्र नजिक पुगेका बेला टर्कीले खसालिदिएको हो । टर्कीले आफ्नो हवाई क्षेत्रको सिमा नाघेर अनादर गरेकोले खसाइदिएको भन्ने दाबी गरेको छ । आफ्नो हवाई क्षेत्र निगरानी गर्ने क्रममा टर्कीका युद्दक विमानले रसियाली विमान खसालिदिएको टर्कीको दाबी छ । यो घटनाले गर्दा पश्चिमेली अन्य मुलुकसित रसियाको द्वन्द बढ्न सक्ने संभावना छ । भिडियो हेर्न भित्र जानुस् ।

यो घटनापछि टर्किस प्रधानमन्त्री अहमेत दाभुतोलुले आफ्नो परराष्ट्र मन्त्रालय र उतर एटलान्टिक सन्धी संगठन (नाटो) सित संपर्क गरेर घटनाबारे छलफल गर्न निर्देशन दिएका छन् ।

रसियाली राष्ट्रपती भ्लादिमिर पुटिनले टर्कीको एफ-१६ टर्किस युद्दक विमानले रसियाको सुखोइ सु-२४ विमान खसालिदिएको पुष्टी गरेका छन् । तर आफ्नो विमानले टर्किको आकाशमा नगएको र सिरियाकै आकाशमा छँदै टर्कीले खसालिदिएकाले यसको गम्भिर नतिजा निस्किने चेतावनी दिए । पूर्णरुपमा सिरियाकै आकाशमा रहेको र टर्कीलाई कुनै क्षती नपुर्‍याएको, हवाई नियम अनादार नगरेको अवस्थामा टर्कीले आफ्नो विमान ध्वस्त पारेको भन्दै उनले यस्तो चेतावनी दिएका हुन् । जोर्डनका राजा अब्दुल्लाहसित भेट्नु केहि अघि उनले आफ्नो विमान खसालेको यो घटनाले टर्की र रसियाको संवन्धमा गम्भिर परिणाम निस्किनेपनि बताए । पुटिनले टर्कीलाई इस्लामिक राज्यहरुलाई तेल बेचेर र आतंककारीलाई सहयोग गरेको आरोपपनि लगाए ।

 

तपाइँको प्रतिक्रिया