के हुँदै छ, कसरि सुरक्षित रहने फ्रान्समा ?

Paris1

  • फ्रान्सले आफ्नो देशसित जोडिएका सबै नाका बन्द गरेको छ
  • मानिसहरु घर बाहिर निस्किन तर्सिएका छन्
  • सुरक्षा ब्यवस्था अति कडा छ
  • ठाउँ ठाउँमै सुरक्षाकर्मीले ब्यापक खान तलासी गरेका छन्
  • मानिसहरु डराएर फोन सम्पर्कपनि गर्न छोडेका छन् धेरैले
  • यो घटनाले यस्त अपराधीहरु फ्रान्समा धेरै हुनसक्ने र हातहतियर निकै राखिएको हुनसक्ने अनुमान फ्रान्सका सुरक्षाबिदहरुको छ ।
  • यस्ता घटना अझै ठाउँ ठाउँमै हुन सक्ने अनुमानपनि गरिएको छ
  • सुरक्षाकर्मीले वरिपरिका जंगलभित्र समेत खोजि गरेका छन् ।
  • सार्वजनिक स्थलहरु जस्तै- स्कूल, क्याम्पस, चर्च, सरकारी कार्यालयका भवन, नगरपालिका कार्यालय नजिक कडा निगरानी छ ।
  • फ्रान्सेलीहरु गत साल सार्ली एब्दो पत्रीकामा गरिएको हमला पछि यसैपनि फ्रान्सको सुरक्षाप्रणाली खत्ताम भएको भनेर आलोचना गर्थे । यो घटनाले त सुरक्षाकर्मीहरुको कामनै रहेनछ जस्तो महसुस गरेका छन् ।
  • आक्रमणको कसैले जिम्मेवारी नलिएपनि इस्लामिक आतंककारी समूहले गरेको अनुमान छ ।

फ्रान्समा हुनुहुन्छ भने सावधानी अपनाउनुस् है ?

  • परिचय पत्र अनिवार्य बोक्नुस्
  • आइफल टावर, पार्लियामेन्ट भवन, ओपेरा, मेडलेन, नास्सियों, लुभ्र संग्रहालयको वरिपरि, नोर्थदाम, आर्क थ्रियोम्फ, संजलिजे, मोँमार्त, गँ पाले लगायतका ठाउँतिर कामले गएपनि धेरै समय नबिताउनुस् ।
  • मोबाईल फोनमा क्रेडित राख्नुस् र चार्ग गरेर बोक्नुस्
  • आपतकालिन सेवा, प्रहरीको नंबर बोक्नुस् तर अंग्रेजी अक्षरमा भन्दा नेपालीमा लेखेर राख्नुस् ।
  • शंका लाग्यो कुनै मान्छेहरु देखेर भने वरिपरीनै नबस्नुस् अन्यत्रै लाग्नुस्
  • घरको कोड सकेसम्म यो बेला फेर्नुस् र नयाँ प्रयोग गर्नुस्, नभए संवन्धित जिम्मेवार ब्यक्तिलाइ भनेरपनि फेर्नुस्
  • आप्रवासीहरु धेरै बस्ने क्षेत्रमा बस्नुहुन्छ भने अझ बढि ख्याल र्कह्नुस् र साँझ बेलैमा घरमा फर्किनुस् ।
  • घरको सकभर बाहिरी भाग जसलाई भोले भन्छन् त्योपनि लगाउनुस् ।
  • नचिनेको मान्छे लुक्ने ठाउँ खोज्दै आएको हुनसक्ने हुनाले घरको मुख्य द्वार वा आफ्नो ढोका नखोल्नुस्, कोड नंबर कसैलाईपनि नदिनुस्
  • कागजी रुपमा बैधानिक हुनुहुन्न भने गाह्रो पर्न सक्छ यो बेला । त्यसैले एकदमै होसियारी अपनाउनुस

तपाइँको प्रतिक्रिया