रुनु न हाँस्नु प्रवाशको तिहार

sita-sapkota-belgium

(बेल्जियममा सिता सापकोटाको भाईटिका)

प्रवाशमा बस्ने नेपालीको तिहार । सामाजिक सञ्जालभरि झ्याँकिएपनि देखे जस्तो छैन । मनाउन त मिल्नेले सकेसम्म मनाएका छन् । तर ति तस्विरमा सबै न सत्यता छ न हाँसो वास्तविक् छ । आफ्नै दिदी बहिनी बिदेशमा सँगै हुनेहरु ज्यादै कम छन् । सँगै हुनेले खुशिले मनाएका छन् । तर तिनको संझ्या ज्यादै न्युन छ । त्यसैले धेरै दाजुभाई तिहार सम्झी सम्झी तड्पेका छन् । यताको समस्याले गर्दा नेपाल जान नसक्दा धेरैको तालु रित्तो छ । तर मन भरि गह्रुंगो बनेको छ । उता नेपालमा दिदी बहिनीहरुले मन तड्पाएका छन्, टिका लगाउन पाइएन दाजुभाईलाई भनेर । यता प्रवाशका दाजुभाईहरुले टिका लगाउन जानपनि सकिएन भनेर रुँदै दिन काटेका छन् । कतिले त बिभिन्न अप्ठेराले गर्दा जान नसक्दा आफूलाई साह्रै लाचार ठानेकापनि छन् ।

santos-nyaupane-belgium

(बेल्जियममै सन्तोस न्यौपानेको भाईटिका)

त्यसो त, धेरै देशमा थुप्रै दिदी बहिनीहरुपनि एक्लै दिन काटेका छन् । परिवारसितै हुँदा अन्य बेला सहज लाग्ला । तर तिहार आउँदा भने तिनले असाध्यै मन तड्पाउँछन् । तड्पाएका छन् । भाई दाजुको झल्को मेट्न, हात खालीनराख्न र भाई टिकाको तिर्सना मेट्न वरिपरिका, चिनेजानेका वा अलिअलि नाता पर्ने र नातानै नभएपनि निकटमा रहेकालाई आफ्नै दाजुभाई सरह टिका लगाइदिने गरेका छन् । तिहारको टिको लगाउन नपाउँदा तड्पिने पुरुषहरुलेपनि चेलीहरु खोजेर टिको लगाउने गर्छन् ।

santosh-pathak-Paris

(अष्ट्रेलियाबाट भाई बहिनीको हातको टिकाकालागि फ्रान्स आएका सन्तोस पाठकको भाईटिका)

laxman-gurung

(पेरिसमा लक्ष्मण कुमार गुरुङका परिवारको भाईटिका)

सबैभन्दा दिक्क लाग्ने के भने प्रवाशमा अधिकांशले कुनै न पेशा गर्छन् । अध्ययन गर्नेहरुकोपनि स्कूल, विश्व बिध्यालयमा अहिले बिदा छैन । मेरो तिहार भनेर प्रवाशमा बिदा दिने चलन छैन । त्यसैले तिनले कि राती टिका लगाएर सुत्छन् । वा यस्सो एकाध घण्टा समय मिलाएर त लगाउँछन् । तर बाहिर तिहारको ठाडो टिको लगाएर न काममा जान सकिन्छ न त बिदेशका अन्य समुदायले चिन्छन् । बरु तिहारको टिको लगाएर हिँड्दा हाँसोको पात्र भईएला भनेर लगाएको केहि बेरमै टिका पुछापाछ गरेर हिँड्नुपर्दा टिका लगाउनुको मज्जा आउन्न । त्यो कारणलेपनि कतिपयले टिकानै नलगाउने गरेकापनि छन् ।

binod-nyaupane-belgium-2

(बेल्जियममा लक्ष्मी पूजा गर्दै वालिका)

प्रवाशमा टिका लगाउँदापनि मन कता कता दुखि । अर्थात् केहि नपुगेको, केहि गुमेको अनुभूती । नलगाउँदा झन अर्को पिरलोले सताउँछ नेपालीलाई । त्यो हो, कम्तिमा टिका लगाउँदा आफ्नो संस्क्रितिको निकट त भइन्छ । देश, समाज, साथीभाई, इष्टमित्र, छर छिमेकको याद त आउँछ । त्योपनि नहुँदा त सबै बिर्सेको, कोहि नभएको, गुम्ने कुरोसम्मपनि नभएको पिरलोले सताउँछ ।

laxmi-pooja

(स्विजरल्याण्डमा लक्ष्मी पूजा गर्दै दीपक शर्मा)

अझ प्रवाशमा रहेको अर्को ठूलो समस्या त यतै जन्मे हुर्केका सन्ततीको हो । तिहार मनाउँदा कम्तिमा तिनलाई आफ्नो संस्क्रितिको, नेपालीत्व, नेपालीपनको निकट त राख्न पाइन्छ । आफ्ना पर्व, सांस्क्रितिक प्रचलनहरुपनि नसिकाए ति पूर्ण रुपमा बिदेशी बन्लान भन्ने हुटहुटी भैरहन्छ रपनि तिनले सन्ततीकालागि भएपनि दशैं तिहार मनाउने मेसो मिलाउँछन् । तिहार यस्तो हुन्छ भन्ने सिकाउन र देखाउनैकालागिपनि मनाइदिने गर्छन् ।

जेहोस, यि सबै पिडा, हुटहुटी, रहर, बाध्यता र जिम्मेवारीका बिचमा प्रवाशका नेपालीले लक्ष्मी पूजापनि मनाए । रेडियो र टिभीमै भएपनि देउसी भैलो खेले, सुने र रमाए, गुमाए । भाई टिका लगाए, लगाइदिए । तस्विरमा हेर्नुस् केहि देशका नेपालीको तिहार ।

milan-sapkota-london

(बेलायतमा लक्ष्मी पूजा गर्दै मिलन सापकोटा)

puspa-baruwal-netherlands-1

(नेदरल्याण्ड्समा लक्ष्मी पूजा गर्दै पुष्प बरुवालको परिवार)

Rabindra-gorkhali-japan

(जापानमा भाईटिका मनाउँदै रविन्द्र गोर्खालीको परिवार)

(तस्विर स्रोत- फेसबूक)

तपाइँको प्रतिक्रिया