हेर्नुहोस् अपराधीहरूको राज्य पुनर्संरचना ! बाबु यादव, छोरो अधिकारी !!
भूमण्डलको कुनै देशमा यस्तोनिर्लज्ज देशद्रोहि शासन प्रणालीको कल्पना गर्नुहुन्छ ? यो नमूनाले दिल्लीले कुर्सिमा बसार्इ दिएको ऋण चुक्ता वापत ७ दलले जन्मका आधारको नागरीकता बाँड्ने भनि ०६३ सालमा गरेको निर्णय पनि माथ गरेको छ। परिणामतः अपराधिहरूले देश लुटेर अट्टहास गरिरहेका छन् । तर जनताले नाकाबन्दी झेलिरहेको छ।
कथित मधेश प्रदेश र समान जनसंख्याका आधारमा निर्वाचन क्षेत्रको निर्धारणका पछाडि दिल्लीको सत्ता हात धोएर लाग्नुका पछाडिको चुरो कुरो यहि हो । मधेशवादका नाममा दिल्लीको कुत्साका लागि वितण्डा मचाउने गुटहरूले यस्ता नागरीकताहरू छानबिन गरी खारेज गर्न माग गरून् । हामी उनीहरूको मुद्दामा लाम लाग्नेछौं । हाम्रो सँधैको आवाज यहि हो ।
तर जोगबनी, रक्सौल, गोरखपुर, पटना लगायतका भारतीय शहरहरूमा ब्यानर झुन्ड्याएर बाँडिएका र ३ जना कुनै पनि दलका मानिसहरूले भागबण्डाको सिफारिसका आधारमा बेचेका यस्ता ४० लाख नागरीकताहरूलार्इ स्विकार गरेर देशमाथि दिल्लीको तरबार हान्न सकिंदैन । जो जो यसबारे बोल्दैनन्, ती सबै विसुद्ध नेपाल विरोधी अपराधि जासुसहरू हुन् ।
(स्रोत – भरत दहालको फेसबूक)






