कँडेलजी कलमसित यति तर्सिने र आर्काका पक्षमा यति वकालत किन ?

  • सन्तोष न्यौपाने / बेल्जियम

635750959313544464‘कोठामा चुक्कुल लगायर ३६५ दिनमा ३६६ दिन एन आर एनलाई गालि गर्नेले अरुको पोस्टरलाई गंरकानुनि रुपमा क्रप गर्न वा तोडमोड गर्न पाइँदैन भन्ने कुराको ज्ञान नभएको होकि के हो । पागलको चर्तिकला ।’

माथिको पंक्ति आउँदै गरेको एन आर एन निर्वाचनका दावेदार मानिएका रमेश कडेलले मलाई गाली गर्दै सार्वजनिक रुपमा सामाजिक संजाल फेसबुकमा राखेर बिरोध गरेका हुन् । लेखेकै भरमा उनले मलाई पागलको थेगो दिएका छन् । मे के भनाई छ भने रमेशजि यसमा मलाई त त्यति धेरै आपत्ति छैन । तर तपाइको सचिव पदको दाबेदारीमा विजय हाशिल गर्नुहोस । तपाइका योजनाहरुले एन आर एनमा सार्थकता मिलोस । मैले यहि देख्न चाहेको । अग्रिम शुभकामना ।

हो, मलाई रमेश कडेल जिकै फोटो साथीहरुबाट आएको थियो । उनलाई आँच नपुग्ने गरि पोस्टर काटिएको हो । तर क्नैपनि ब्यत्तिगत रुपमा उनको मानहानि तथा दुरुपयोग चाहि गरेको छैन । उक्त पोस्टर एन आर एनकै दाबेदार महासचिव यामु निरौलाले मलगायत धेरै जनालाई टयाग गर्नुभएको थियो । त्यो पोस्टर भनौं या फोटो बनाउनेको नाम चाहि उल्लेख छैन । अब रमेश जिले कसरि उहाँले नै बनाएको भनेर भन्नुहुन्छ ? यदि उहाँको भाषामा क्रप गर्नु गैरकानुनि हो भने सबैको फेसबुकमा अनुमति नलिइकन टयाग गरिदिनु पनि गैरकानुनि हो कि ? यो मलाई भन्दा तपाइलाई नै बढि ज्ञान होला भन्ने अपेक्षा राखेको छु ।

635750969203883039अर्कोतर्फ यो स्टाटस पछि तपाइले गर्नुभएको कमेन्टसमा छदमभेसि नामबाट लेख लेख्ने, कमेन्टस गर्ने प्रमाण फेला परेको छ भन्नुभएको छ । जब ति सबै फेला परेको छ भने बाहिर सबैको अगाडि ल्याइदिनुहोस । यदि मेरो त्यस्तो गल्ति रहेछ, भेट्टाउनुभएछ भने मलाई सार्वजनिक रुपमा माफि माग्न कुनै आपत्ति छैन । विगतमा पनि जिवन शर्मा कान्ड हुँदा शर्माको समर्थन गर्दै मेरो सार्वजनिक रुपमा विरोधमा उत्रनुभएको थियो तपाइ ।  त्यसमा म चाहि मौन नै रहें । तपाइले कलम चलाउने ब्यत्तिले कलम चलाउँछ र नचलाउनेले तरवार चलाउँछ भन्ने उखानले सार्थकता नपाओस भने जस्तै कोहि तरवार लिएर भौतिक आक्रमणमा आउँछ भनेपनि मेरो कलम सधै खराब प्रवृत्तिको विरोधमा हुनेछ । रमेश जि तरवारले क्षती त पुरयाउन सक्छ तर बौद्धिक क्षति चाहिँ तरवारले पनि नस्ट गर्न सकदैन कि ।

अब प्रसगं बदलौं । बिहिबार तपाइसंग अकस्मात भेट भएको थियो । भेटमा पनि तपाई केहि आक्रोस र धम्किपुर्ण भाषामा देखिनुभएको थियो । केहि चुनौति दिँदै उभिनुभएको थियो ।  एन आर एन दाबेदार दुर्गा गुरुङ हुन वा युरोपियन संयोजक अर्जुन कुमार श्रेण्ठका बारेमा धेरै समर्थन गरेको देखियो । सार्वजनिक कार्यक्रममा सुतेको फेसबुकमा अर्जुन कुमार श्रेण्ठको फोटो राखेकोमा तपाइको उस्तै आक्रोस थियो । हो, तपाइको विचार तपाइको ठाउँमा ठिक होला । सम्मानजनक नै होला । तर कलम चलाइसकेपछि समाजमा देखिएका विकृतिलाई बाहिर ल्याउन पाउने कि नपाउने ? उक्त भेटमा तपाइले भनेजस्तै खराब प्रवृत्तिको बारेमा लेख्न त अवस्य पाइयो नि । तपाइले भनेजस्तै श्रेण्ठ एन आर एनको उच्च पदमा पुगेका ब्यत्ति हुन । मेडियाले गल्ति नऔल्याइदिने हो भने के उनको सोच र काममा परिवर्तन होला ? रमेश जि यो पनि बुझिराख्नुहोस कि कुनै पनि ब्यत्ति संस्थामा आवद्ध हुन्छ भने उसको खराब प्रवृत्ति बारे प्रमाण सहित लेख्न मज्जाले पाइन्छ । उसका खराब प्रवृत्तिको आलोचना विरोध गर्न पाइन्छ । अथवा राम्रो काम गरेको खण्डमा समर्थन गर्न सकिन्छ । तपाईलाई कसैको लेख, बिचार, समाचारमा आपत्ती भए कानुनी बाटो समात्ने अधिकारपनि खुला छ ।

त्यस्तै, एन आर एनको डाटा बारेमा पनि तपाइले आक्रोस पोख्नुभयो । तर त्यो त एन आर एनले नै निकालेको हो । किन रुजु नगरि निकाल्या ? तपाइले विण्णु सापकोटा रोए भन्नुभएको थियो । हो त्यसैगरि मैले सम्पर्क गर्न निकै प्रयास गरेको थिँ ।  सफल हुन सकेन । त्यो त समाचारमा पनि उल्लेख नै छ ।

अर्जुन श्रेष्ठका बारेमा तपाईले बोलिदिनु पर्ने किन ? तपाई उहाँको स्वकिय सचिव ? उहाँको जागिरे ? कि अर्जुन श्रेष्ठ आफूले प्रतिवाद गर्नै नसक्ने अवस्थामा पुग्नु भएर हो ? कि मन नपरेका ब्यक्तिका बारेमा बेल्जियममा बोल्ने तपाईको जिम्मेवारी, काम हो ? एन आर एन बेल्जियम त तपाईको पेवा पनि होइन । एन आर एन बेल्जियमले किन बिरोध गर्न, आपत्ती जनाउन सकेन आफ्नो डाटाका बारेमा ? रमेश कँडेलको ब्यक्तिगत संस्था त होइन होला । संस्थाको बारेमा त संस्थालेनै बोल्नुपर्ने होइन र ? कि जहाँ जसका बारेमा चित्त नबुझेपनि तपाईलेनै बोल्नुपर्ने, बिरोध गर्नुपर्ने तपाईले न्यायधिशको भूमिका खेल्नुभएको छ ?

तपाई एन आर एन बेल्जियमको आगामि कार्यकालकालागि सचिव पदको उमेदवार । आर्काकालागि बोलिदिनु पर्ने । तपाइसित सरोकार नभएका ब्यक्तिकालागि ओत हालिदिनुपर्ने । सामाजिक सञ्जालमा आर्काकालागि आकोश पोख्ने र गाली गर्ने । आलोचनाको आधिकारिक बाटो पनि समात्न नसक्ने । तपाईले सचिवमा जिते कस्तो काम गर्नुहोला ? कसकालागि कसको पक्षमा बोल्ने र काम गर्ने गर्नुहुन्छ होला ? एन आर एन बेल्जियमको भलाईमा काम गर्न समय खर्चिनुहोला कि आफूलाई मन परेका, आफ्ना निकटका ब्यक्तिलाई कसले भन्छ तिनका पक्षमा वकालत गर्दै हिँड्न खर्चिनुहोला ? खुल्दुली लाग्नु स्वभाविक छ ।

अब चाहि तपाइले नेपालप्लस प्रति लगाएका केहि आरोपका बारेमा भन्न चाहन्छु । यो साइट सम्पादक ददि सापकोटाबाट संचालित छ । कलमको नाताले हामि नजिक भएपनि आधिकारिकरुपमा सर्वाधिकार सबै ददिजिमा सुरक्षित छ । तपाइको प्रश्नले भनेबमोजिम नेपालप्लसले गुगल भिजिटकर्ता ३ लाख र गुगलले दिने रकम कहाँ जान्छ र कसले प्रयोग गर्छ भन्नेबारेमा त्यो तपाइको खोजिको विषय नै होइन । तपाईको अधिकारपनि होइन । रमेश जि याद राख्नुहोला नेपाल पल्स कहिले पनि धेरै भिजिटर बनाउन सबैखाले समाचारलाई स्थान दिदैन । यो मैले बुझेको कुरा हो ।

तपाइँको प्रतिक्रिया