नावालकको नामपनि एन आर एन बेल्जियमको सूचीमा, अन्य मतदाताको सूचीपनि भद्रगोल

  • सन्तोष न्यौपाने / बेल्जियम

nepal plus

एन आर एनको सदस्य बन्न कति उमेरको हुनुपर्ला ? पक्का पनि १८ वर्षको हुनुपर्दछ । एन आर एनको विधानले पनि यहि नै भनेको छ । तर बेल्जियम एन आर एनको भर्खरै निकालेको डाटालाई हेर्ने हो भने शिशु अर्थात नाबालाक पनि सदस्य बन्न पाउने देखाएको छ । लुभेन बस्ने तारा गुरुङको जन्म मिति सन २०१४ सेप्टेम्बर १ तारिख रहेको छ । जस अनुसार उनको उमेर अहिले बल्ल ११ महिनाको छ । त्यस्तै, ओस्टन्डे बस्दै आएका दिर्घ श्रेष्ठले आफुले सहि ठेगाना भरेर दिएको तर आउँदा गलत भएर आयो । श्रेष्ठका अनुसार त्यसपछि सदस्यता सम्बन्धि कार्य गर्दै आएका विण्णु सापकोटा संग सम्पर्क गर्दा बाझबाझको स्थितिनै आयो ।

यो सदस्यता जानकारिसँगै के पनि थाहा हुन्छ भने एन आर एन बेल्ज्यिममा सदस्यता वितरण प्रक्रिया निकै लापरवाहि ढंगले गरिएको छ । सदस्यता वितवरणको जिम्मा लिएको टोलि तथा निर्वाचन आयोगले हतारमा रुजु गरेर अपडेट गरेको देखिन्छ ।

त्यसो त, यो एउटा सानो उदारहण मात्रै हो । एन आर एन बेल्जियमले निकालेको विवरण अनुसार २५ जनाले आफु बसेको सहरको नाम मात्रै राखेर सदस्यता फारम बुझाएका छन् । यो समाचार तयार पार्दासम्म १४० जनाको ठेगाना छुटेको छ । १७९ जनाले सदस्यता फाराममा घर नं नै उल्लेख गरेका छैनन् । त्यस्तै, २३३ जनाले आफ्नो जन्म मिति नै खालि राखेका छन भने ३७० जनाले फोटो नै एन आर एन बेल्जियमलाई उपलब्ध गराएका छैनन । नियम संगत रुपमा जाने हो र नियम कडिकडाउ गर्ने हो भने धेरै सदस्यहरु निर्वाचन मत दिनबाट बंचित हुने देखिन्छ ।

क्षेत्रगत विवरण

निर्वाचन आयुत्त बोधराज पौडेलले दिएको जानकारि अनुसार बेल्जियममा अहिले जम्मा २०८४ जनाले सदस्यता फाराम भरेका छन् ।  सबैभन्दा धेरै लुभेन क्षेत्रको ८५४ सदस्यता गएको छ । दोस्रोमा आन्तर्प ७३२, तेस्रोमा ब्रुज ओस्टन्डे २६१, चैथोमा गेन्ट १२६ र ब्रसेल्स १०१ रहेका छन । यो संगै सदस्यता वितवरणको जिम्मा लिएका संयोजकहरुको कार्यलाई हेर्ने हो भने सबैभन्दा धेरै गलत लुभेन क्षेत्रमा रहेको छ । उनिहरुले भरेको सदस्यता फाराममा ४१ जनाको बस्ने बाटोको नाम नै छैन भने ५१ जनाको घर नं नै गायब छ । फाराममा १२६ जनाले लुभेन क्षेत्रबाट आफ्नो जन्म मिति दिएका छैनन भने १३९ जनाले फोटो नै पेश गरेका छैनन । लुभेन पछि दोस्रो स्थानमा आन्तर्प परेको छ । यो क्षेत्रमा ४४ जनाको बस्ने बाटोको नाम , ६६ जनाको घर नं, ६३ जनाको जन्म मिति र ७७ जनाको फोटो सदस्यता फाराममा  रहेको छैन ।

सबैभन्दा धेरै सदस्य संख्या रहेको तेस्रेो क्षेत्र ब्रुज ओस्टन्डेमा ११५ जनाले आफ्नो सदस्यता फाराममा फोटो नै राखेका छैनन । २३ जनाले घर नं, २१ जनाले बाटोको नाम र १० जनाले जन्म मिति उल्लेख गरेका छैनन् । त्यस्तै, ब्रसेल्सबाट २१ जनाले बाटोको नाम,१८ जनाले घर नं,२९ जनाले जन्म मिति र ३५ जनाले फोटो उपलब्ध गराएको देखिन्छ । सबैभन्दा कम गल्ति  गेन्ट क्षेत्रमा देखिन्छ । एन आर एनको डाटा अनुसार यो क्षेत्रबाट १३ जनाले बाटोको नाम, १५ जनाले घर नं, ५ जनाले जन्म मिति र ४ जनाले फोटो दिएका छैनन ।

यि माथिका डाटा एन आर एन संग छैन । एन आर एन बेल्जियमले निकालेको सलस्यता विवरणबाट सबै छुटटाइएको हो ।

समितिको लापरवाहि

सदस्यता सम्बन्धि जिम्मा लिएको समितिले धेरै यसरि क्षेत्रगत रुपमानै रुजु नगरि केन्द्रमा बुझाउने आफ्नो लापरवाहिलाई उजागर गरेको छ । जुन जुन क्षेत्रमा निर्वाचन तथा बुथ केन्द्र हुने हो त्यस मतदान केन्द्रका मतदाताहरुको ठेगाना त्यहिको राखिदिएको छ । बु्रज क्षेत्रमा बु्रज ओस्टन्डे बल्याक्रंनबर्ग कनोकका सदस्यहरुले मतदान गर्ने पाउने ब्यवस्था रहेको छ । समितिले यो क्षेत्रका सबै मतदाता अर्थात एन आर एन सदस्यहरुको बसोबास शहर बु्रज नै भनेर उल्लेख गरिदिएको छ । यसोगर्दा अधिकासं यो कार्यबाट असन्तुण्ट देखिन्छन् । त्यस्तै, समितिले कतिपयको ठेगानानै गतल उल्लेख गरिदिएका छन जसले गर्दा सामाजिक संजालमा आक्रोस देखिएको छ ।

अर्को तर्फ क्षेत्रिय संयोजकहरु तथा अन्य राजनैतिक दलबाट खटिएका ब्यत्ति विशेषहरुले आफनो तर्फ बहुमत देखाउनपनि आफैंले सदस्यता फाराम भरिदिएको पाइएको छ । जसका कारण माथि उल्लेख गरिए बमोजिम धेरै जनाको ब्यत्तिगत विवरण छुटन पुगेको छ । एन आर एनको विधान अनुसार यो सरासर गलत देखिन्छ ।

नाम मात्रै उपलब्ध

आन्तर्प बस्ने सोनि शर्माको सदस्यता फाराममा नाम मात्रै भरेर आएको छ । यस्तै नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष  केजिन राइको सदस्यता फाराममा नाम, बस्ने शहरको नाम र फोटो मात्रै रहेको फाराम समितिसम्म पुगेको छ । राई र सोनु जस्ता गरेर अन्य थप  ७३ जनाको सदस्यता फाराम अहिले पेन्डिगंमा रहेको छ । थप ३, ४ दिनको लागि निर्वाचन आयोगले सदस्यता वितवरण तथा हेर्ने समितिलाई समय दिएको छ । समयसिमा भित्र नआएमा सबै सदस्य रद्द हुने आयोगले जनाएको छ ।

मतदाता अन्यौल

अहिले सम्म जम्मा आएका सदस्यता २०८४ रहेपनि सबै विवरण नआएको र लचकता नअपनाएको खण्डमा यो संख्या घटेर १९ सयको हाराहारिमा पुग्ने निश्चित छ । २ आइ सिसि पाउने बेल्जियम पुन १ मै सिमित हुनुपर्ने अवस्था नआउला भन्न सकिँदैन । ‘नियम अनुसार सदस्यता वितवरण टिमले सदस्यता वितवरण गनुपर्दछ र मलाई सबै रुजु भएर आएको अन्तिम नामावलि फाइनल मतदाता हुनेछन । ’एन आए एन बेल्जियमका निर्वाचन आयुत्त बोधराज पौडेलले भन्नुभयो’ फाराममा नाम मात्रै भरेका धरै सदस्यता पनि आएका छन । समयसिमा भित्र पुर्ण विवरण नआएमा सदस्यता स्वत रद्द हुनेछ । ‘पौडेलका अनुसार अगस्ट १५ सम्म अन्तिम सदस्यहरुले आफनो एन आर एन कार्ड पाइसक्नेछन । उता सदस्यता वितवरण समितिका जिम्मा लिएका विण्णु सापकोटासँग सम्पर्क गर्न खोज्दा संभव हुन सकेन  ।

तपाइँको प्रतिक्रिया