छ करोडको पटाका पड्काउँदा स्विजरल्याण्डमा दश लाखको भिड
हिजो बेलुका स्विजरल्याण्डको जेनेभा शहरस्थित जेनेभा ताल (लेमेन तालपनि भन्छन्) वरिपरि आकाश गर्जनेगरि पटाका मेला थियो । युरोपकै सबैभन्दा ठूलो पटका पड्काउने यो पर्व हेर्न करिब छ लाख दशर्कहरुको भिड लाग्ने अनुमान आयोजकले गरेका थिए । दश दिनसम्म चल्ने यहाँको मेलाको सबैभन्दा ठूलो भिड लाग्ने र आकर्षक दिननै हिजो थियो । यो पर्व हेर्न विश्वभरिबाट मानिसहरु आउने गर्छन् । ति मध्येपनि अरबी मुलुकहरुबाट आउनेहरुको संख्या झन बढि हुने गर्छ ।
हुन त जेनेभा मेला (फेत ज जनेभ) जुलाई १६ बाट शुरु भएको हो । आज यसको समापन हुँदै छ । यो पटका पड्काउने भनेकै यो पर्वको सम्मान, संझना र उद्घाटन गर्नकालगि हो । जेनेभा मेलाका अवशरमा दुई पटक पटाका पड्काउने गर्छन् । एउटा मेला शुरु भएको सन्देश दिन र अर्को समापनको अवशरमा । शुरुवातको पटाका पड्काउने दिनलाई आँ पती फ्यू दार्तिफिस (the Petit Feu d’Artifice) वा फ्यू दुभेर्चुर दे फेत द जनेभ (Feu d’Ouverture des Fêtes de Genève) पनि भन्ने गर्छन् । अन्त्यको दिनका लागि गँ फ्यू दार्तिफिस (Grand Feu d’Artifice) भन्छन् ।
यो पटाका पड्काउने मुख्य हिजो राती दश बाट शुरु भएर एक घण्टाकालागि थियो । जेनेभा शहरमा कहिँ कतै खुट्टो राख्ने ठाउँ थिएन । फ्रान्स, जर्मनी र इटालीसित स्विजरल्याण्डको सिमा जोडिएकलेपनि त्यताबाट आउने बस, रेल र विमानहरु सबै भरिभराउ थिए । छ किलोमिटर सम्म राजमार्ग जाम भएको थियो । पटाका पड्केको द्रिष्य देखिने होटेल, रेस्टुरेन्टहरु सय युरोसम्म टेबलमा बसेकैमा दस्तुर लिएका थिए ।
यो मेलामा केटाकेटीहरुको लागि विशेष खेल, पौडी र स्केटिङ प्रतिस्पर्धा, दौड लगायतका भिभिन्न प्रतिस्पर्धापनि राखिन्छ । तालको वरिपरि अनेक खालका स्टलहरु राख्ने गरिएकोपनि छ ।
यो पटाका पड्काउन यसको लागि करिब छ लाख स्विस फ्र्क्यांकसम्म (करिब छ करोड रुपियाँ) लाग्ने अनुमान गरिएको छ । तर यो हेर्न आउने दर्शकबाटै यसको दोब्बर भन्दा बढि नाफा स्विस सरकारले आम्दानी गर्ने बताइन्छ । करिब दश लाख पर्यटकले त बस्ने कोठा पहिलेनै बुक गर्छन् । स्विजरल्याण्ड घुम्न चाहने मध्ये धेरै पर्यटकले यहि फेत जनेभ मेलाको अवशर पारेर आउने गरेकापनि छन् ।
पटाका पड्काउने यो मेलालाई स्विसहरुले आफ्नो संस्क्रितिको एक पाटोका रुपमा लिईसकेका छन् । किनभने पड्काउन स्विसहरुले सन् १९४७ बाट शुरु गरेका थिए र हाल सम्म नियमित रुपमा गरेका छन् । यो हरेक वर्षको गार्मी याममा गरिन्छ । हरेक वर्ष विश्वका कुनै कुनै देशको विश्व प्रख्यात ब्यक्तित्वलाई आमन्त्रण गर्ने चलन छ । सन् १९९९ मा दलाई लामालाई आमन्त्रण गरिएको थियो भने सन् २०१३ पोर्चुगललाई दिएका थिए ।
पटाका पड्काएर पर्यटक तान्ने र नाफा कमाउन गरेपनि यसबाट उठेको विशाल धुवाँले प्रक्रितिलाई असर परेको भनेर आलोचना गर्नेहरुपनि छन् ।
(मेला सबै फोटो नेपालप्लसको फेसबूक पेजमा राखिने छ । केहि बेरमा हेर्नुहोला)






















