बेल्जियममा नेपाली राजदूतको भूमिका : के भन्छन् त्यहाँका नेपाली ?

  • सन्तोष न्यौपाने/ बेल्जियम

nepali-flag-belgium-4

अप्रिल २७ तारिखका दिनमा उदघाटन कार्यक्रम राखिएको इपर स्मारक सरेर १६ जुलाई बनाइएको थियो । भूकम्पको असर दुताबास हुँदै स्मारकमापनि पर्न गयो । तर उदघाटन ५० जना जति नेपालीहरुको उपस्थितिमा गरियो ।  बिस्लेष्ण कर्ताका अनुसार त्यो कार्यक्रम सारै लज्जास्पद बन्यो ।  राजदुतले सबैलाई समेटेर लैजान नसकेकोले त्यो स्थिति आएको भन्ने बुझाई बेल्जियमका अधिकांशको छ ।

बेल्जियममा राजादूत बनेर आएदेखिनै नै बेल्जियम स्थित नेपाली राजदुत राममणि पोखरेल विवादमा आइरहेका छन ।  पछिल्लो समयमा इपर स्मारकले झन विवादको चुलीमा पुर्यायो ।

स्मारक निर्माण पश्चात बेल्जियममा सक्रिय संघ संस्थामा आबद्ध नेपालीहरुलाई यसबारे विचार मागेका थियौं ।  आज उहाँहरुको विचार यहाँ जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ ।

बिमल गिरि अनेसास बेल्जियम, निवर्तमान अध्यक्ष   

bimal-giriराजदूत राममणि पोखरेलले आफ्नो बिचार र प्रवृतिलाई थोरै परिवर्तन गरेर बेल्जियमबासी नेपाली जनतामाझ भिज्नु नसक्नुनै उहाँको दोष देखिन्छ । नेपाली जनताका अभिभावक भएर विभेदको राजनीति नगरि आफ्नो बिचार प्रयोगगरि अगाडि बढेको भए सायद समाजको बिभिन्न कुराहरु सुन्नुपर्ने थिएन । किनकी परदेशको भूमिमा अभिभावक भएर बस्दा सबैको कुरालाई सुन्नुपर्न्नेमा केहि सिमित ब्यक्तीहरुको कुरा सुनेर ठोस परिस्थितिको ठोस विश्लेषण र निराकरण गर्न नसकेर दुताबासको कार्यशैलीबाट नेपाली जनताहरु दिक्क मानु अस्वभाविक होइन । साहित्य, कला–संस्कृतिको रक्षा, संरक्षण र सम्बद्र्धनमा योगदान दिदै नेपाली जनताका कुराहरु सुनेर सम्मानजनक र्सार्वजनिक महत्वको विषयमा कार्यक्रम हुन अगाडी सुचना दिई आफ्ना कुराहरु समाजका अगाडि राखी अगाडी बढेको खन्डमा अबस्य राम्रो होला ।

सोम थनेत थारु  

som-narayan-thanet-somana-tharu-1212बेल्जियमको नेपाली समुदाय माझ यो इपर भन्ने शब्द वा विषय निकै हल्ला खल्लामा आएको हो । वास्तवमा यो इपरमा गोर्खा (मैले गुर्खाज भन्न रुचाउँदिन) स्मारक निर्माण गर्ने अधिकार कुनै जनजाती संस्थालाई दिन सान्दर्भिक हुन्थ्यो । यसको प्रमुख  कारण धेरै जसो इपरमा ज्यान गुमाएकाहरु जनजातिहरु भएकाले हो । त्यसमा पनि तमुहरु धेरै परेकाले तमु समाजको अगुवाइमा स्मारक बन्न उचित थियो । तर यो बिषयले राजनीतिक रङ्ग पायो । जनजातिको हक अधिकार, पहिचानको मुद्दा उठाउदै आएको नेपाली जनप्रगतिशिल मोर्चाले तमु समाजको पक्षमा वकालत गर्यो । जन प्रगतिशिल मोर्चाले उठाएको आवाज सत प्रतिशत तथ्यमा आधारित र सहि थियो । तर एमाले काङ्रेसलाई अपच भयो । अझ पहिचानको कुरा उठाउने एकिक्रित माओवादिसँग नजिक रहेको सङ्गठन नेपाली जनप्रगतिशिल मन्चले पनि तमु समाजलाई अगुवाइ दिन स्विकार गरेन । यसको प्रमुख कारण थियो, राजदूत राममणी पोखरेल । वहाँको भित्री मन जनजाती विरोधी त छदैछ । बाहिरपनि जनजाती विरोधी ध्रुबे पारा बेल्जियमका नेपालीले धेरै देखेका छन । यस कारण राजदूतले यो स्मारक बनाउनुमा जनजाती घ्रिणा बोधले काम गरेको छ । होइन भने एन आर एनले बनाए हुन्थ्यो । एन आर एनको नाम राखे हुन्थ्यो । राजदूतको यो कदम बेल्जियमको नेपाली कुतनितिक क्षेत्रको अहिले सम्मकै बदनाम हो ।

शंकर बजगाई

प्रवासमा राजदुतावास भनेको नेपाल सरकारको प्रतिनिधित्व गर्ने संस्था हो । सरकारले जनतासंग कस्तो ब्यबहार गर्नुपर्छ भन्ने ज्ञानको कमी देखियो  । सीमीत ब्यक्तीहरूको धेराबन्दिमा सीमीत रहनु महामहीमको कम्जोरी हो  । सम्पुर्ण नेपाली समाजको सुझाब संकलन गरेर काम गर्नुपर्ने थियो  । उहॉको राजनितीक आस्थालाई हामीले सम्मान गर्नु पर्छ  । तर उहॉले जनताको करबाट तलब सुबुधा लिने हुदॉ जनताको भाबना अनुरूप आफ्नो अभिबकत्व निभाउन नसक्नु उहॉको कमजोरी हो  । अन्तत् सहीदको स्मारक र मुर्तीमा सीलालेखमा आफ्नो नाम लेखेर सहीद भन्दा अमर बन्ने उहॉको छलाङ चाँहीँ बुझ्न सकिएन  । जे होस ११सेप्टेम्बरमा सम्पुर्ण नेपाली समाज फूल चढाउन जान्छन की । फूल भन्ने कुरो गंम्भिर छ  ।  यो नेपालमा उती बेला हामीलाई पढाउन लादीएको महेन्द्रमाला जस्तै हो । उहॉ २०/ ३० जनाबाट सन्चालीत हुनुहुन्छ की उहॉबाट २०-३० जना संचालित छन ? बेल्जियमको नेपाली समाजबाट पैसा उठाएर स्मारक बनाउनुपर्ने थियो । त्रिपाल नपाएर नेपालमा जनता नाङगो शरिरएन.जि.ओ.को चाउचाउ खाएर सालको पातको ओतमा बसेका छन । राज्यको ढुकुटी यस्तो बिपदको बेला राज्यमै खर्च गरेको भए हुन्थ्यो । पैसा बेल्जियममा नै उठ्ने सम्भावनालाई लत्याएर राज्यकोषको पैसा सिध्याउनु चाँहीँ पुरै गलत हो भन्छ शंकर !

जित लामा 

JIT LAMAअन्ततः ईपरमा गोर्खाजहरुको सम्झनामा स्मारक बन्यो र १६ जुलाईमा बिधिबद अनावरण पनि भयो । यसलाई हेर्दा रुपमा राम्रै भयो । तर सारमा बेल्जियमबासि धेरै नेपालीको मन दुखाएर सम्पन्न भएको छ जुन कुरा अनावरणको कार्याक्रमको उपस्थितिलेपनि देखाउँछ । बनाउनु र अनावरण गर्नु सायद बेल्जियम बस्ने नेपाली कसैको पनि बिमति थिएन होला । तर बनाउने प्रक्रीया र सबैलाई अपनत्व हुने कुराको थियो । अब त्यो रहेन । जे होस् नेपाल सरकारको बजेटले नेपाल कै राजदुताबासको पहलमा हाम्रै नेपालीले तिरेको करले बन्यो । नेपाली र नेपालको गौरव भएको छ यसलाई । सबैले अत्मसाथ गर्दै जानुको बिकल्प छैन । र बनाईसकेपछि पनि केही जिम्मेवार साथीहरुको स्टयाटस हेर्दा राजदुतले बनाएको भनि प्रचार गरेको देखियो । यो भ्रमपुर्ण छ । महामहिम राजदुतको सकृय पहल कदमीमा हाम्रै नेपाली राजदुताबासले बनाएको हो । यो हामी सबै नेपालीको तर्फबाट मृतक बिर गोर्खालीलाई गर्ने सम्मानको स्मारक हुनुपर्छ । भईरहनेछ ।

प्रेम पाठक, अध्यक्ष-नेपाली जनप्रतिशिल मोर्चा, बेल्जियम 

prem-pathak-belgiumप्रथम विश्वयुद्धमा बेलायतीहरुको पक्षमा लड्दा वेल्जियमको इपरमा विरगति प्राप्त गरेका नेपालीहरुको सम्झनामा स्मारक वनाउने सवालमा विगत लामो समयदेखि वेल्जियमवासी नेपाली समुदाय र नेपाली दुतावास वेल्जियमवीच फरक अवधारणा रहँदै आयो । वेल्जियमस्थित नेपाली समुदायले खोजविन गरेर पत्ता लगाएको, तमु समाज वेल्जियमले उक्त स्थानमा हरेक वर्ष श्रद्धान्जली कार्यक्रम आयोजना गर्दै आएको, सम्पुर्ण नेपाली समुदायको सहभागितामा बन्दा सहादत प्राप्त गरेकाहरुसंग जोडिएको विभिन्न समुदायको भावना पनि समेटिने, वेल्जियमबाहेकका ठाउंहरुमा पनि यस्ता स्मारकहरु नेपाल सरकारले निर्माण नगरेको,  भावनात्मक तथा सांगठनिक रुपमा जोडिएका संघसंस्थाहरुको पहलमा निर्माण भएको, स्मारक निर्माणका लागि आवस्यक खर्च नेपाली समुदायकै स्वेच्छिक सहयोगवाट संकलन गरिने हुँदा राष्ट्रको ढुकुटीबाट खर्च गर्न नपर्ने जस्ता विविध सकरात्मक पक्षहरुलाई आधार बनाई दुतावासले वनाउन उचित नभएको कुरामा नेपाली समुदायको बिचमा आम सहमतिनै भएको हो ।

यो आम सहमतिलाई लिएर हामी वेल्जियमस्थित नेपाली संगठनका प्रतिनिधीहरुले दुतावासमा गई महामहिम राजदुत राममणि पोख्रेलसँग पटक पटक भेटी ध्यानाकर्षण गराइएको र उक्त अवसरमा राजदुत पोख्रेलले नेपाली समुदायको भावना र सहमतिमानै स्मारक निर्माण गर्ने मौखिक सहमति गरेका  थिए । यसै विषयलाई लिएर इपरको प्रशासनले पनि दुतावास बिनानै नेपाली समुदायले पनि स्मारक निर्माण गर्न सक्ने व्यहोरा सहितको पत्र दिएको भएता पनि यसलाई अनावस्यक संघर्षको रुपमा लैजान भन्दा सहमतिमानै निर्माण गर्दा उत्तम हुने हुनाले सहमतिको लागि प्रतीक्षा गरिरहेका सम्पुर्ण वेल्जियमस्थित नेपाली समुदायको मर्म र भावना विपरित दुतावासले स्मारक निर्माण गरेको जानकारीमा आएकाले उक्त अलोकतान्त्रिक र फासीवादी कदमको हामी घोर भर्तसना गर्दछौं ।

यामु निरौला, एन आर एन महासचिव उम्मेदवार 

बेल्जियम राजदुतले बेल्जियम नेपाली समुदायमा समन्वयकारी भूमिका खेल्न नसकेको पछिल्लो प्रमाण । यहाँका सामाजिक संस्थाहरु बिचमा आपसी किचलोको उपजपनि ।

दुर्गा प्रसाद सुबेदी, अध्यक्षएभरेस्ट नेपाली समाज

स्मारक उदघाटन कार्य सर्बसम्मत हुनुपर्थ्यो । एन आर ऐनको नेतृत्व र दुताबासको संरक्षकत्वमा सबैलाई समेटेर बनाउनुपर्थ्यो । बनिसकेपछि यसको उपदेयतालाई निरन्तर आगाडी बढाउनको लागि सबै यहाँस्थित नेपालीहरुलाई बोलाएर गर्दा राजदुतको अझ उचाई थपिन्थ्यो । राजदुतले आफै उचाई घटाउने काम गरेका छन । अभिभावकको भूमिका सुन्य जस्तै हुँदैछ । बन्नुपर्थ्यो । बन्यो । अब सबै कुरा नेपालीहरुले जान्न पाउने सूचना राजदुतले कुण्ठित गर्न हुदैन र मिल्दैन पनि । राजदुतले सबै कुरा पारदर्शी तरिकाले दिनुपर्दछ । आउँदा दिनमा अभिभावकत्व भूमिका खेल्न ध्यान जाओस ।

बेल्जियममा आउँदै गरेको एन आर एन निर्वाचनमा उम्मेदवारी दिएका गंगाधर गौतम, सीता सापकोटा र सिपि भट्टलाइ अनुरोध गरेतापनि उनीहरुले आगामी निर्वाचनलाई ध्यानमा राख्दै आफ्ना बिचार दिन चाहेनन् । त्यस्तै, बाग्लुंग समाजका देव पौडेल, लुम्बिनी कपिलवस्तु अभियानका यूरोप सम्योजक दामोदर आचार्य, जनजाती महासंघका पी जी शेर्पा, मगर संघका महासचिव कुल मगर, कल्पना मगर, नेपाली नारि समाजकी रिता पाण्डे सुबेदी, जन सम्पर्क समिती बेल्जियमका अध्यक्ष सन्तोस जोशी, प्रवासी नेपाली मंचका बिनोद न्यौपाने, तमु समाजका सुबास गुरुङ, एन आर एन सचिब बुद्धि बराल, महासचिव माधव सापकोटा, राप्रपा नेपालका दिपेन्द्र के सी, जन प्रगतिशील मंचका चित्र सुबेदी, पासापुचकी रजनी प्रधान, एन आर एन महिला संयोजक यासु थापाले यस बारेमा कुनै प्रतिक्रिया जाहेर गरेनन् ।

तपाइँको प्रतिक्रिया