छोप्नुपर्ने देखाएर गर्मीलाई स्वागत

Lake-Festival-Geneva-04-07-2015 041

यतिखेर एशियामा त गर्मीको उर्लपात छ नै । युरोपका थुप्रै देशमापनि गर्मीले मानिसहरु छट्पटिएका छन् । फ्रान्सका कतिपय प्रान्तमा त बिहान र बेलुका काम गर्नु, दिनभरी घरमा बस्नु भनेर दिउँसो छुट्टीनै दिएको छ । स्विजरल्याण्डमा ३७ डिग्री तापक्रम पुगेको छ । मानिसहरु ‘यस्तो गर्मी कहिल्यै भएको थिएन’ भन्दै आत्तिएका देखिन्छन् । ताल, खोला र नुहाउने पोखरीमा टनाटन भिड लागेको छ । तर यही देशको जेनेभा शहरमा गर्मीलाई स्वागत गर्न मानिसहरु सडकमा लुगासुगा फुकालेर उत्रिएका छन् । छोप्नुपर्ने चिज देखाउँदै ।Lake-Festival-Geneva-04-07-2015 042

गर्मी ब्यापक छ । शरिरको छाला घामले उत्रिएको छ मानिसहरुको । तर यो गर्मीको धुपमा आज जेनेभामा मानिसहरु छोप्नुपर्ने शरिरका साधनहरु आँखाले भेउ पाउनेगरि देखाएर सडकमा उत्रिए । कोही कोही महिलाले त साथीको स्तन समातेरपनि अचम्म परेका थिए ।

Lake-Festival-Geneva-04-07-2015 035

Lake-Festival-Geneva-04-07-2015 022

Lake-Festival-Geneva-04-07-2015 040

पुरुषहरुपनी के कम ? तिपनि शरिरका अंगको आकार देखिनेगरि उत्रिए । ‘बडी बिल्डर’ हरुकालागिपनि आज सार्वजनिकरुपमा लुगा मिल्काएर शरीर देखाउने मौका जुर्‍यो । कोही आफ्नै देशको झन्डा बोकेर, झण्डाको कट्टुसमेत लगाएरपनि निस्किए ।

Lake-Festival-Geneva-04-07-2015 045

Lake-Festival-Geneva-04-07-2015 056

नाचगान बेजोडको चल्यो । जेनेभा तालको छेउ भएर मुख्य शहर छिचोल्ने बाटोनै बन्द गरे । यिनै अर्ध नग्न मानिसहरुलाई गर्मीको स्वागत गर्न सडक खुल्ला गरिदिए । यातायात बन्द गरियो प्रहरीहरुले तिनलाई सुरक्षा दिए । जाँड पिउनसम्म पिए । अनेक देशका झाँकीहरु देखाए । संगित बजाए । गीता सुनाए, गाए । नाचे कसैले हेरेपनि नहेरेपनि ।

Lake-Festival-Geneva-04-07-2015 023

Lake-Festival-Geneva-04-07-2015 080

सधैं शिष्ट, भद्र, अनुशासित र साह्रै सांस्कृतिक देखिने यो शहर आज एकै छिनमा अर्धनग्नहरुको टोल जस्तो देखियो । सुन्दर युवायुवतीहरु अनेक पोशाकमा आए । छोटाछोटा पहिरनमा पुरुषहरुलाई आकर्षित गरे । अन्य दिन कसैले फोटो खिच्दा नाक कुचुक्क पार्ने, आँखा तर्ने यिनै युवतीहरुले आज क्यामरा यस्सो सोझ्याउनासाथ मुसुक्क हाँसेर फोटोका अनेक आशन लिन शरीर मिलाइदिए । पुरुषहरुले पनि रहर पुग्नेगरी हेरे । तस्विर लिए ।

Lake-Festival-Geneva-04-07-2015 067

Lake-Festival-Geneva-04-07-2015 064

Lake-Festival-Geneva-04-07-2015 005

स्विसहरुमा यो बदो अचम्मको संस्क्रिती रहेछ । गर्मीयामा शुरु भयो, यही जुलाईको पहिलो दिनबाट । यो देशमा चार महिनाबाहेक अन्य बेला ठण्डी लाग्छ । शरीर कुचुक्क पारेर, बाक्ला लुगाले छोप्दै बस्नुपर्छ । त्यसैले यिनलाई गर्मी कहिले आउला र घुम्न जान पाइएला । छोटा, पातला लुगामा बस्न पाइएला । बाहिर बार्दली, सडक छेउ, नदी र तालका किनरमा बसेर खान, टहलाउन, ताल र हिमालबाट बग्ने नदीको चिसो पानीमा डुबुल्की मार्न पाइएला भन्ने रहर हुन्छ ।

Lake-Festival-Geneva-04-07-2015 021

(यस्तो द्रिष्य देखेपछी तस्विर लिनेहरु, मेडियाहरु त आकर्षित हुनेनै भए)

Lake-Festival-Geneva-04-07-2015 075

त्यसैले गर्मी लाग्नु स्विसहरुकोलागि विशेष पर्व जस्तै हो । जेनेभा ताल वरिपरि यो गर्मीयामभरि मान्छेको भिड लाग्छ । तिन महिनामै एक वर्षलाई पुग्ने दाम कमाउँछन, सडक छेउमा कूर्सी राखेर रेस्टुरा र भट्टी चलाऊने, रोटी बेच्नेहरुले । स्विसहरुले अगस्ट महिनाको शुरुदेखि जेनेभा तालमा पर्व मनाउँछन् । हरेक साँझ नाचगान, संगित र रमाईला कृयाकलाप गर्छन् । त्यही पर्वको पूर्व सन्ध्यामा आज यो जेनेभा लेक सो भन्ने पर्व मनाएका रहेछन् । अब जेनेभा पर्व आउँछ भनेर त्यसलाई अग्रिम स्वागत गरेका ।

Lake-Festival-Geneva-04-07-2015 072

(यो चाहिँ जेनेभा तालको किनरमा रहेको एक आकर्षण)  

तपाइँको प्रतिक्रिया