बेल्जियमबाट भूकम्प पिडितलाई राहतको ओईरो
- सन्तोष न्यौपाने / बेल्जियम
नेपालमा भूकम्प पिडितहरुको लागि बेल्जिक सस्थाहरुले ६ लाख ५० हजार रुपिया प्रदान गरेका छन । बेल्जियमको ब्रुज सहरमा रहेको एभरेस्ट नेपाली समाज मार्फत उक्त रकम सहयोग गरेका हुन् । ब्रुज सहरमा रहेको हेमेल्सदैल स्कूल र स्थानीय राजनैतिक दल एन भी आले उक्त रकम दिएको हो । हेमेल्सदैल बिद्यालयले १ हजार ६ सय २६ यूरो अर्थात् १ लाख ९० हजार रुपिया र एन भी आ ले ४ हजार यूरो अर्थात् ४ लाख ६० हजार रुपिया दिएका हुन् । सबै रकम बिद्यालय पुन निर्माणमा खर्च गरिने समाजले जानकारी दिएको छ ।
एन भी आ र हामी नेपालीहरु मिलेर काठ बाट बनेका नेपाली आकृति बेचेर रकम संकलन गरेका थियौ । त्यो रकम अहिले उक्त राजनैतिक दलले हाम्रो संस्थालाई प्रदान गरेको हो । एभरेस्ट नेपाली समाज ब्रुजका अधक्ष्य दुर्गा प्रसाद सुबेदीले भन्नु भयो ‘हेमेल्सदैल बिद्यालयमा धेरै नेपालीका छोराछोरी अध्ययन गर्ने भएकाले थप सहयोग गरेको हो ।’ एभरेस्ट नेपाली समाजले यो भन्दा अगाडी रामेछापको बिकटमा रहेको गुन्सी गाविसको गुन्साल गाउँमा रहेको सेती माध्यमिक विद्यालय पुननिर्माणको लागि १५ लाख रुपियाँ प्रदान गर्ने जनाईसकेको छ ।

त्यस्तै, बाग्लुंग समाज बेल्जियमले बाग्लुंगमा भुकम्प पिडितहरुको लागि राहत वितवरण गरेको छ । समाजले बाग्लुंगका बिभिन्न क्षेत्रका पिडितहरुलाई राहत सामग्री बितवरण गरेको हो ।| समाजले २ हजार यूरो अर्थात् २ लाख बेसी रुपिया संकलन गरेको थियो भने बाँकी ७५ हजार रुपिया अध्यक्ष देब पौडेलले प्रदान गर्नुभएको थियो । उक्त रकमबाट भौतिक क्षति पुरयाएको बुर्तिबांगबाट बाग्लुंग बजारसम्म त्रिपाल वितवरण गरेको समाजका अध्यक्ष्य देब पौडेलले जानकारी दिनुभयो । ‘मैले आफै व्यक्तिगत ७५ हजार रुपिया र बाकी बेल्जियममा उठेको रकमले प्रतक्ष रुपमा सहयोग गर्यौं’ पौडेलले भन्नुभयो ‘बाग्लुङ जिल्लाका बिशेष गरी क्षेत्र नम्बर ३ र गल्कोट हुँदै ज्यादा प्रभाबित गाउँहरुमा पाल बितरण गर्ने भएको छ ।’
समाजले बाग्लुंगमा क्षेत्रीय प्रसासक, सभासद, रेडक्रस लगायतको मातहतमा पिडितहरुलाई राहत स्वरूप त्रिपाल, खाद्दान्न वितवरण गरेको छ । समाजले बुर्तिबांगमा ८६ थान त्रिपाल.मल्म गाविसमा २६ थान, कार्यवासमा १० थान लगायत अधिकाम्स गाविसका पिडितहरुलाई सहयोग गरेको समाजले जनाएको छ |
बेल्जियममा बाग्लुंग जिल्ला बाट आएर बसोबास गर्ने नेपालीहरुको संख्या धेरै छ । त्यस्तै गरेर विश्व मगर संघ वेल्जियम र हिमालयन प्रोजेक्टको राहत वितरण टोलीले भुकम्पवाट अति प्रभावित जिल्ला सिन्धुपाल्चोकको फुल्पिङ गा.वि.स. ६ चिलाउने गाउँका ६५ घरधुरीलाई एक घरधुरी एक बण्डल जस्ता वितवरण गरिसकेको छ । विश्व मगर संघ वेल्जियमका उपाध्यक्ष विशाल राना मगरको नेतृत्वमा गएको टोलीले जस्तापाता र त्रिपाल वितरण गरेको महासचिव कुल मगरले बताउनुभयो । मगरका अनुसार ओखलढुंगाको जन्तरखानीमा ३ सय ५० थान त्रिपाल वितरण गरेको छ । बिश्व मगर संग बेल्जियमले ४५ लाख बेसी रकम संकलन गरेको थियो ।







