ईटालीको अन्तरराष्ट्रिय मेलामा किन हुँदै छ नेपालको बेईज्जत ?

  • महिन्दो वाईवा / ईटाली

11650748_1161081627250757_87384054_n (1)

इटालीमा अहिले एक्स्पो मिलानो २०१५ भन्ने प्रदर्शनी सन्चालन भईरहेको छ । मिलान शहरमा नेपाल सहित बिभिन्न देशहरुको सहभागीता रहेको छ । यो एउटा कुम्भ मेला भने पनि फरक नपर्ला । दैनिक हजारौको सङ्ख्यामा अवलोकन गर्नेको भिड छ । बिभिन्न देशले आआफ्नो कला सस्क्रीती प्रदर्शन गरीरहेका छन । जहाँ नेपालको तयारी पनि साधारण देखिदैन । बिभिन्न कलात्मक बुट्टा कुदिएका आक्रिती देख्न सकिन्छ ।

11652122_1161082447250675_1880319779_n

11651289_1161083020583951_1640095638_n

11653234_1161081920584061_1621652823_n

मिलान शहरमा कलात्मक मन्दिर बनेका छन । भुकम्पले नेपालमा गरेको क्षती भिडियो एउटा भागमा देखाएर राखेको छ । हरिया वन जङ्गल, हिमाल, नेपाली कला सस्क्रिती र रितिरिवाजका तस्बिरहरु झुण्डाइएका छन । समग्रमा एक्स्पो मिलानो २०१५ मा नेपालको प्रतिनिधित्व प्रिथक र हेर्न लायकको देखिन्छ । अरु सबै देशकाले आआफ्ना कला संस्क्रिती र सांस्कृतिक वैभव देखाउने होड चलेको छ । त्यहाँ अवलोकनकर्तालाई तान्न अरु देशकाले मरिमेटी गरिरहेका छन । तर नेपालको भने बन्द छ । कुनै पनि गतिबिधी त्यहा सन्चालनमा रहेको छैन ।

11653299_1161085703917016_1116857805_n

11650716_1161082220584031_1357656124_n

11655284_1161083147250605_1683226443_n

सबै तयारी गरिसकेर, खर्च गरिसकेरपनि सन्चालनमा नआएको देख्दा घुम्न आउने पर्यटकहरु खल्लो महसुस गरी फर्किरहेका छन । भूकम्प पछि नेपाल पुन खुला छ । नेपालमा अब पर्यटक तान्नुपर्छ भनेर जोड गरिरहेका बेला तयारी भैसकेको प्रदर्शनीमा सहभागि नहुँदा यसले “भूकम्पका कारण नेपाल तहन नहस भएर खोल्नै नसकेको होला” भन्ने गलत सन्देश गएको छ ।

11647327_1161083113917275_1395817275_n

11657547_1161081700584083_754821787_n

11647239_1161081667250753_1944881811_n

जम्मा ६ महिना चल्ने यो मेला करिब २ महिना सकिन लागिसकेको छ । यहाँ करोडौको लगानी परेको जो कसैले अनुमान लगाउन सकिन्छ । एक्स्पो मिलानो २०१५ मा नेपालको मौन सहभागीता जस्तो देखिन्छ । आखिर नेपालको गतिबिधी किन सन्चालमा आउन सकेन ? कसको कमजोरीले यहाँ नेपालको सहभागिता रोकियो ? नेपाल सरकारको ढिलाई हो वा यहाँकै ब्यवस्थापनको ?

तपाइँको प्रतिक्रिया