विश्व स्तरिय दौड च्याम्पियन प्रतिस्पर्धामा नेपाली, सरकार बेखबर

11329562_701580116635525_1942247205_n

सरकारलाई थाहा नभएर के भो ? आफ्नै प्रयासमा नेपालका तिन हस्तिहरु विश्व दौड प्रतिस्पर्धामा भाग लिँदै छन । फ्रान्सको आनेसीमा हुन लागेको ८० किमीको दौड प्रतिस्पर्धा यही मे महिनाको ३० (भोली ) मा हुँदै छ । त्यसमा नेपालका तर्फबाट फूदोर्जी लामा शेर्पा, साङ्गे शेर्पा र मनिकला राईले भाग लिँदै छन् । उनीहरुले आफ्नै तर्फबाट प्रयास गरेर यो मौका पाएका हुन् । यसमा सरकारको सहयोग त के सरकारलाई जानकारिसमेत छैन । उनका बिदेशी मित्र, सहयोगी र समर्थकहरुले उनीहरुलाई साथ दिएका छन् । यि हस्तीहरुको प्रशिक्षक भने दाचिरी दावा शेर्पा हुन् ।

11311777_701594469967423_507177722_n (1)

11061281_422774847893549_4354201699570450664_n

यो दौड (रेस) लाई माक्सी रेस नामा दिईएको छ । यो दौडमा दुई खाले प्रतिस्पर्धा छ । सामान्य खालको वा विश्व च्याम्पिएनमा पुग्न नसक्नेहरुकालागि सामान्य खालको प्रतिस्पर्धा र स्थानिय, क्षेत्रिय, युरोपेली स्तरका दौड जितेका, भाग लिईसकेकाहरुकोलागी विश्व दौड प्रतिस्पर्धा (वर्ल्ड रेस च्याम्पिएन) ।

manikala-rai

(मनिकला राई )

नेपालका तर्फबाट तिन जना मध्ये दुई पुरुष र एक महिला छन् । मनिकला राई एक्ली नेपाली महिला हुन् जसले यस्तो प्रतिस्पर्धामा भाग लिँदै आएकी छन् । अर्का प्रतिस्पर्धी साङ्गे शेर्पाले भने युरोपेली फ्रान्सेली स्तरका धेरै प्रतिस्पर्धा जितिसकेका छन् । मनिकला राईलेपनि यस्ता प्रतिस्पर्धा जितेकी हुन् ।

यो दौड प्रतिस्पर्धामा अन्य मुलुकबाट सरकारकै निर्देशन, सहयोग र संलग्नतामा सहभागि हुने गरेका छन् । धावकहरु सरकारकै निकायले छान्छ । तर नेपालका धावक भने आफ्नै तरिकाले मिलाएका हुन् । ‘नेपालमा हामी औंलामा गन्न सकिने ट्रायल रनर मात्रै छौं । सरकारको यसमा कुनै सहयोग, संलग्नता र हात छैन ।” नेपालप्लससित मनिकला राईले भनिन् ।

तपाइँको प्रतिक्रिया