नेपाललाई आर्थिक सहयोग बटुल्न बेल्जियमका नेपालीलाई भ्याइ नभ्याई
- सन्तोष न्यौपाने/ बेल्जियम
भूकम्पको पीडा नेपालमा मात्र होइन, युरोपियन मुलुकहरुमा बस्ने नेपालीमा पनि छ । यहाँ बस्ने नेपालीका आफन्त र परिवार सकुशल भएपनि भूकम्पले उनीहरुका भौतिक संरचनामा भने क्षती पुगेको छ । आफ्नो देशमा विपत्ति परेका बेला सबैजना पीडामा छन् । तर पनि उनीहरु सहयोगका लागि जुटेका छन् ।
सधै आफनै काममा ब्यस्त रहने यहाँ बस्ने नेपालीहरु अहिले नियमित रुपमा आर्थिक संकलनमा जुटेका छन । भूकम्प पीडितहरुको लागि अहिलेसम्म सबैभन्दा धेरै आर्थिक सकंलन गर्न सफल विश्व मगर समाज बेल्जियमका महासचिव कुल मगर दिनमा २० घन्टा सम्म लागिपर्नु भयो | ‘मगर समाजका साथीहरुको रेस्टुरेन्ट एक दिनलाई लिएर हामीले संचालन गर्यौ । त्यस दिनको सबै कमाई हामीले भूकम्प पिडितहरुको लागि संकलन गर्दा सहयोग रासीमा केहि बढ्यो |’मगरले भन्नुभयो ‘यो कार्यमा हामीले हाम्रा नयाँ पुस्तालाई पनि स्वयंसेवकको रुपमा प्रयोग गरेका छौ । उनीहरुले पनि आफु अध्ययन गर्ने बिद्यालय तथा बिबिध क्रियाकलापवाट सहयोग रकम जम्मा गरिरहेका छन । ‘ उहाँका अनुसार जम्मा भएको रकम नेपालमा कुनै दिर्घकालिन रुपमा सहयोग हुने गरेर बिभिन्न जिल्लाहरुमा प्रयोग गरिनेछ ।
त्यसो त बेल्जियममा मात्रै नभएर अरु देशमा पनि राहत संकलनको काम भैरहेको छ । जर्मनीमा पनि धेरै जना आर्थिक सकंलनमा लागेका छन । म्युनिखमा शहरको विभिन्न ठाउँमा नेपाली झण्डा सहित राहत रकम संकलनमा नेपाली जुटेका छनु । उनीहरु बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म सहयोग संकलन गर्ने काम व्यस्त छन् । हिमालयन परिवार म्युनिखका सचिव सूर्य तिवारीपनि अन्य साथीहरु संग बिहान ८ देखि साँझ ४ सम्म बाटोमा बसेर सहयोग रकम उठाईरहनु भएको छ । ‘नेपाललाई सहयोग गर्नुस हामी अहिले बिपतमा छौ, तपाईहरुको सहयोगको खाँचो रहेको छ भनेर हामीले सहयोग रकम जम्मा गरेका छौ । ४ बजे पछि काम अनि घर र बिहान ८ देखि देशकै लागि म लगायत हिमालयन परिवारका साथीहरु र नेपाली बिद्यार्थी हरु यसरिनै लागिपरेका छौ |’तिवारीले भन्नु भयो ‘अहिले सम्म १० लाख रेडक्रस जर्मनी मार्फत पठाइसकेका छौ । बाकी ५० लाख बेसी पिडितहरुलाइ पछिसम्म सहयोग हुने गरेर बिद्यालय, धारा तथा अन्य कार्यमा सदुपयोग गर्नेछौ ।’
बेल्जियममा रहेका नयाा पुस्ता पनि देशकै लागि भनेर दिनरात खटिरहेका छन । उनीहरु विभिन्न संघ सस्था र व्यक्तिगत रुपमा सहयोग गरिरहेका छन् । आफनो देश बने मात्रै आफुहरु खुशी हुने भएकाले सक्दो सहयोगको लागि क्रियाशिल रहेको उनीहरु बताउाछन । नेपाल बेल्जियम युथ क्लबका कुशल श्रेष्ठ भूकम्प पछिका दिनहरुमा बेल्जियम मा हुने कार्यक्रम भरी पुगेका छन । कहिले आन्तार्प त् कहिले सिन्तत्रुदेंन पुगेर सहयोगको लागि हेल्प फर नेपाल लेखेको टि सर्ट बिक्रि तथा बिभिन्न क्रियाकलापमा लागिरहेका छन |कुशल जस्तै बेल्जियमका अधिकांस नया पुस्त देशकै सहयोगको लागि मरिमेटेर लागि परेका छन ।’ बेल्जियममा आयर यहीको रहनसहनमा घुलमिल भय पनि आफ्नो मन सोच सबै देशकै लागि भयको र भोलि गयर पनि हामि नया पुस्ता देशकै लागि कार्य गर्ने छौ, हामी धेरै टाढा भय पनि मन मुटु प्रेम नेपाल देशकै लागि छ ।’ श्रेष्ठले बताए ।
नेपालको पीडा कम गराउन प्रवाशमा गरिने यस्ता काम प्रशंसनिय छ । त्यसमापनि यसरी लगातार देशकै लागि खट्नुले प्रवाशका नेपालीहरुको देशप्रेम अझै प्रगाढ बनाएको छ ।








