राजदूतले गरे नेपालको बेईज्जत : उद्घाटन अघिनै गोर्खा स्मारक ढलाईयो बेल्जियममा (अडियो सहित)
- सन्तोष न्यौपाने र शेर बहादुर छन्त्याल / बेल्जियम
प्रथम विश्वयुद्धमा बेलायती सेनाको पक्षमा लड्दा बेल्जियमको इपरमा विरगति प्राप्त गरेका नेपालीहरुको सम्झनामा बेल्जियमबासी नेपाली समुदायले स्मारक निर्माणको लागि स्पष्ट योजना सहित दावी गरेका थिए । तर त्यसलाई लत्याएर जनभावनाको पूर्ण रुपमा वेवास्ता गरी हतारमा बेल्जियमस्थित नेपाली दुतावासले स्मारक बनायो । तर बेल्जियम प्रशासनले त्यो स्मारक भत्काइदियो । जसले गर्दा नेपाली दुतावासको मात्रै नभएर नेपालीहरुको पनि लज्जास्पद स्थिति बनाईदिएको छ ।
(पहिला निर्माण गरियको स्मारक )
उक्त स्मारक बेल्जियमनिवासी नेपालीहरुको दुतावासले योजनालाइ कुल्चेर निर्माण गर्दा भात्काएर पुन निर्माण गर्नुपरेको हो । जसका कारण देशको लगानी दोब्बर खर्छ भएको छ । नेपाली राजदूतले निर्माण गरेको स्मारक कमनवेल्थ वार ग्रेभ कमिशनको निर्देशनले भत्काउनै पर्ने वाध्यात्मक स्थिती बनाएको थियो । कमिशनले पहिला बनाएको स्मारक चर्किएको,कच्चा समान प्रयोग गरिएको तथा स्थान परिवर्तन गरेर बनाएको हुँदा भत्काएर नयाँ निर्माण गर्न लगाएको हो ।
( पुरानो स्मारक भत्कायपछि नया निर्माण गरिदै गर्दा)
मापदण्ड पुरा नगरी कच्चा ठेकेदारी पाराले निर्माण गरिएको स्मारक इपर प्रशासनले भत्काएपछी दुतावासको असक्षमता पुरै उदांगो भएको छ । यसले नेपाली समुदायमा मात्रै नभएर अन्तर्रराष्ट्रिय रुपमानै नेपालीले लज्जावोध गर्नु परेको छ । हुनत राजदुत पोख्रेल बेलाजियममा प्रवेश गरे देखिनै उनको गलत कार्यशैलीको कारणले निरन्तर आलोचनाको पात्र वनेका छन् । उनको अलोकप्रिय कार्यकालको अन्तिम समयमा बेल्जियम प्रशासनले उनलाई दह्रो झड्का दिएको छ ।
(नया स्मारक जुन पुरानो भन्दा केहि अग्लो छ)
नेपाली समुदाय र दुतावासबिच टकराव देखा परेपछि इपर प्रशासनले नेपाली समुदायको प्रस्ताव अनुसार मिलिजुली निर्माण गर्न दुबै तर्फकालाई पत्राचार गरेको थियो । तर दुतावासले एकतर्फी रुपमा स्मारक निर्माण गरेको थियो । दुतावासको उक्त हेपाहा प्रवृत्तिको अहिलेसम्म चर्को बिरोध भाईरहेको छ ।
अनियमितताको आशंका
(२७ तारिख उद्घाटन गर्ने भनेर राखियको सिलोट )
बेल्जियममा रहेका नेपाली समुदायले स्वैच्छिक सहयोगमा रकम संकलन गरेर निर्माण गर्न खोजेका थिए । तर उक्त स्मारकलाई राजनैतिक पुर्वाग्रहको आधारमा नेपालका राजनैतिक नेताहरुलाई प्रभावमा पारी स्मारक निर्माणको लागि भारी रकम हिना मिना गरेको कुरा पनि अहिले चर्चामा छ । अनुमानित १० देखि १५ हजार युरोमा निर्माण हुने उक्त स्मारकका लागि नेपाल सरकारले कुन प्रकुयावाट र कति रकम विनियोजन गरेको छ भन्ने कुरा गुपचुप राखिएको छ ।
(राखेको भोलिपल्टनै यो उप्क्याइएको थियो)
निर्माण कार्य पुरा भई उद्धाटन हुन नपाउँदै उक्त स्मारकको आधार चर्केकाले गुणस्तरहिन सामाग्री प्रयोग गरेको भन्दै कमन वेल्थ वार ग्रेभ कमिसनले इपरको मापदण्ड भित्र नपरेकोले उक्त स्मारक भत्काई नयाँ बनाउन लगाएको हो । साथै उक्त स्मारक निर्माण कार्यमा नेपालीमूलका तर बेल्जियममा कानुनी रुपमा काम गर्न अनुमती नै नभएका व्यक्तिलाई काम लगाएको पाइएको छ । उक्त कुरा बेल्जियम सरकारले जानकारी पाएमा नेपाली दुतावास माथि हदै सम्मको कानुनी कारवाही गर्ने पक्का छ ।
झुटको खेति
स्मारक बनाइएको इपर नगरका प्रमुखले इपर नेपाली समूदायले बनाएको स्मारक निर्माण समितिसित गत वर्ष भेटघाट गरेर जानकारी लिएको लिएको थियो । उक्त स्मारक निर्माणमा इपर प्रशासनको तर्फवाट निर्माणको लागि कुनै भौतिक तथा आर्थिक सहयोग नहुने कुरा स्पष्ट पारेका थिए । तरपनि दुतावासले दोहोरो निर्माण खर्चको आलोचनावाट आफुलाई जोगाउन उक्त स्मारक निर्माण कार्यमा कमनवेल्थ ग्रेभ कमिशन इपरले आर्थिक रुपमा सहयोग गरेको सफेद झुट बोलेका छन् । स्मरण रहोस् कमिशनले उक्त क्षेत्रको संरक्षणको मात्र काम गर्दछ । यसै बिषयमा पटक पटक सम्पर्क गर्न खोज्दा राजदुत राममणि पोख्रेल संग सम्पर्क हुन् सकेन । पोख्रेलको व्यक्तिगत मोबाइलमा सम्पर्क गर्दापनि फोन नउठेपछि उपनियोग प्रमुख कुमार खरेल संग सम्पर्क गर्ने प्रयास गरिएको थियो । तर खरेलसँग पनि सम्पर्क हुन् नसकेपछि प्रथम सचिव लक्ष्मण खनाल सँग यसै बिषयमा जानकारी लिईएको छ । सुन्नुहोस अडियो । तर उनले दुतावासको खर्च केवल मूर्ती ल्याउने काममा मात्र भएको बताएका छन ।
अझ लज्जाको कुरा निर्मित स्मारकको उद्घाटन नहुँदै राजदूतका आसेपासेले सो स्मारकमा थरिथरिका नाम र प्लेट साँझको समयमा टाँसेर फोटो खिच्ने । त्यसलाई समाचार बनाउने र अर्को बिहानै प्लेट उप्काएर गायब बनाउने गरेका छन । दुताबासले आगामी सोमबार स्मारक उद्घाटन कार्यक्रम तय गरेको छ । उक्त कार्यक्रम बेलुका ७ देखि ७ ३० बजे राखिएको दुताबासले जानकारी दिएको छ । स्मारक निर्माण गर्दा कती खर्छ लागेको हो भन्ने बारेमा मेडिया र बेल्जियमका नेपालीहरुले जानकारी माग्दापनि राजदूत पोख्रेलले ‘सबै कुरा उद्घाटनका दिन सार्वजनिक हुन्छ’ भन्दै खर्च बिवरण सुनाउन अस्विकार गर्दै आएका थिए ।
नेपाली दुतावास बेल्जियमको प्रतिकृया











