बर्माका नेपाली सात पटक सम्मानित

Untitled-1

नेपालबाट धेरै टाढा एउटा सिंगो नेपाली बस्ति छ । बर्मा । त्यहाँ धेरै नेपाली छन् । ती बर्मेली भएपनि मन, मस्तिस्क, माया र सोचाई नेपालतिरै हुन्छ । सायद तीनले नेपाली र नेपाललाई नेपालका नेपालीले भन्दा बढी माया गर्छन् । हो त्यहि बर्माको नेपाली समूदायका नेपाली नेपालीले रेकर्ड राख्न सफल भएका छन् । रक्तदान मार्फत् जिवन दान गरेर । म्यानमार अर्थात् बर्माको मोगोक बस्ने प्रेम कट्वालले त्यस्तो रेकर्ड राखेका छन् । उनले हालसम्म एक सय १३ पटक रक्तदान गरिसके । त्यसरी रक्तदान गरेकाले उनी बर्मा सरकारबाट सात पटक सम्मान प्राप्त भैसकेका छन् ।

सन् १९४४ सालमा जन्मेका कट्वाल सामाजिक सेवामा स्थापित नाम हो, बर्माका नेपाली र त्यहाँका स्थानियमापनि । उनले सन् १९६९ सालबाट रक्तदान गर्न शुरु गरेका हुन् । उनको यो अभिलेख (रेकर्ड) १५ जनवरी २०१४ सम्मको हो ।

तपाइँको प्रतिक्रिया