चितवनमा खिचरा पर्वको रमझम (फोटो कथा)

  • फोटोहरू – सुरेन्द्र कर्माचार्य / रत्ननगर, चितवन 

khichara-parwa-1

पूर्वी चितवनमा यतिखेर खिचरा पर्वको रौनक छ । पूर्वी चितवनमा भएपनि यसले चितवनका सबैको ध्यान तानेको छ । चितवनका थारुहरूले खिचरा पर्व धुमधमले मनाइरहेकाले सबैलाई जिज्ञासु बनाएको छ । किनभने खिचरा पर्वका बारेमा थारु समूदायबाहेक अरु समूदायका धेरैले सुनेकापनि थिएनन् । पुष २९ गतेबाट शुरु भएको खिचरा पर्व माघ ८ सम्म चल्दै छ ।

khichara-parwa-17

चितवनबाहेक अन्य जिल्लाबाटपनि मानिसहरू हेर्न गएका छन् । थारु महिलाहरुको महान चाड जितिया, पितृ औंशी, नयाँ  बर्ष माघी, फागुपुर्णिमा जस्ता प्रमुख चाडपर्व र संस्कृति लोप हुदै गइरहेकोले चिन्ता मानेका थिए । त्यसैलाई जोगाउन र नयाँ पिँढीलाई सिकाउन यो खिचरा पर्व गरेका हुन् ।

khichara-parwa-5

khichara-parwa-3

khichara-parwa-6

थारु युवाहरूको सक्रियतामा चितवनको खैरहनी नगरपालिका ७ स्थित सुल्तना चौरमा  आयोजना गरिएको हो । थारु समूदायले मान्दै आएको नयाँ वर्षलाईनै खिचरा भन्ने गरिन्छ । यसलाईमाघीका रुपमा धेरैले बुझ्ने गरेका छन् । थारु समुदायको भाषा संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको यो खिचरा पर्व दोस्रो हो । उनीहरूले गत सालदेखि यो आयोजना गर्दै आएका छन् । यो पर्वका अवशरमा ब्यापारीक स्टलहरु छन् । पर्वभित्र पस्न निःशुल्क छ । उदघाटनमा झाँकी सहीतको र्‍याली निकालियो । विभिन्न राष्ट्रिय तथा स्थानिय कलाकारले सांगितिक र हाँस्यब्यङग्य प्रस्तुत गरे ।

khichara-parwa-2

khichara-parwa-4

थारुजातीहरूले आफ्नो मौलिक भेषभुषा सहितको सांस्कृतिक प्रस्तुति गरे । पर्वमा थारुहरूको खाना घोंगी, भातबाट बनाइएको चिचर, माछाका परिकार, मिचा, घोघा रोटी र अन्य परिकार राखेर प्रचार गरिएको छ ।

तपाइँको प्रतिक्रिया